Home » Archives for जितेन्द्र थापा/सुर्खेत » Page 4
Author

जितेन्द्र थापा/सुर्खेत

बिहानको शिरशिरे बतास र यताउतीका हरिया डाडापाखाले मनमा अनेकन शब्दहरूको वर्षा भइरहेको थियो। बसन्त ऋतुको आगमनले हुँनै आटेर होला रुख विरुवाले पनि नयाँ पहिरन पहिरिने तरखरमा थिए।

खोली किनारै किनार यात्रा नाभिस्थान पुग्यो। जहाँ केही समय अघि मात्र राउटेले आफ्नो बासस्थान बनाएका थिए। बस्तिमा पुग्दा निकै रमाईलो थियो। कर्णाली र सुदुर पश्चिम प्रदेश आसपासमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय पछिल्लो समय आफ्नै पेशालाई निरन्तरता दिन थालेका थिए।

समुदायका केही महिलाहरू घर आँगन सफा गर्दै थिए। कोही अस्थाई घर निर्माण गर्नमा व्यस्त देखिन्थे। अन्य राउटे पुरुषहरू काठका विभिन्न सामाग्री बनाउन तल्लिन देखिन्थे समुदायका राउटे युवा जंगल पुगेर काठ दाउरा बोकेर …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । खुला आकासमुनी चोयाको डोको । वरिपरि हरियाली वातावरण । नजिकै एरियल नभएको रेडियोमा बजेका राष्ट्रिय अन्तर्राष्ट्रिय खबरहरू सुन्दै बाँसको चोया निकाल्दै डोको बुन्न व्यस्त थिए दैलेखका बलबहादुर थापा । दैलेखको ठाटीकाँध गाउँपालिका– २ का थापा उमेरले ६२ वर्ष पुगे । उनको सारथी हो रेडियो । उनको नेपालसहित विश्वभरको सूचना प्राप्त गर्ने मोह यो उमेरमा पनि घटेको छैन, झनै बढेको छ । गोठालो जादा हातमा लौरो र काधमा रेडियो उनको अनिवार्य नै बनको छ । कसैको रत्यौलीमा पुग्दा समेत उनको काधमा झुण्डाइएको रेडियो घन्किरहेको हुन्छ ।

रेडियो नसुन्दा के बिर्सिए जस्तो लाग्ने गरेको उनी बताउँछन् । ‘बिहान उठेदेखि साँझ …

कर्णालीमा छैन सूचनामा सहज पहुँच
0 comment
0 FacebookTwitterEmail

बिहानको शिरशिरे बतास। भेरी किनारै किनार यात्रा इखेनीतर्फ मोडियो। आफ्नै गतिमा शान्तसँग बगेको भेरी नदि र भेरी नदिको छेउमै इखेनी बस्ती। यात्रा बराहताल गाउँपालिका –६ इख्यानीमा पुगेर एक अनौठो दृश्यमा आँखा ठोक्किए। चिसो छल्नलाई टाउकोमा रुमाल। हातमा बैशाखि चिसो छल्न शरिरमा पर्याप्त लुगाकपडा थिएन। उनको ध्यान भने नजिकैको रेडियोमा थियो।

ठुला ठुला महल होइन…….. सिप सिकाउने झुपडी देउ …….. दैव हिंसा माग्ने मैदान होइन…….. धान उमार्ने खेत देउ……..  झुपडीमा हात तिखार्छु …….. खेतैभरि पसिना चुहाउँछु …….. अब आउने साल हेर……..  हो …मेरो चन्द्र सुर्य फर्फराउँछु

कलाकार कर्ण दासले गाएको गित रेडियोमा बजिरहेको थियो। गितमा भनेजस्तै उनीसँग नत राम्रै झुपडी नै …

जनयुद्ध दिवसमा सबैले भुलेका एक अपाङ्ग योद्धाको शुभकामना  
0 comment
0 FacebookTwitterEmail

पुस १९ गते राती राउटे समुदायका नारायण शाही सहित उनको परिवार गहिरो निन्द्रामा थिए। राती सुतेको अवस्थामा नारायण सुतेको ओछ्यानमा आगो लागेको पत्तै पाउनुभएन। जस्का कारण उहाँ ओछ्यानमै सख्त घाइते हुनुभयो । उहाँ जलेको अवस्थामा भेटिएपछि तत्काल उपचारको लागि सुर्खेत प्रदेश अस्पताल ल्याइयो। दुई दिन प्रदेश अस्पतालमा उपचार भएपछि थप उपचारको लागि उनलाई पुस २१ गते थप उपचारको लागि काठमाडौँ लगियो।  पुस २१ गते नारायणलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। मध्यरातमा सुतेको ओछ्यानमै अचानक आगलागी हुँदा नारायण जलेर सख्त घाइते भएका उहाँको बुधवार निधन भएको छ।

राउटे समुदायमा आगोमा जलेर ज्यान गुमाउने नारायण प्रतिनिधि पात्र मात्र हुनुहुन्छ …

संकटमा राउटेः  झुपडीमै जलेर मरे अर्का एक राउटे
0 comment
0 FacebookTwitterEmail

कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रर्वाहिकरण कार्यक्रम (राहत तथा पुर्नस्थापना क्षतिपूर्ति शिर्षकमा पत्येक वर्ष लाखौ रकम छुट्याउछ। सरकारले छुट्याएको रकम बालुवामा पानी भएजस्तै भएको लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकि अध्यक्ष राउटेहरूकी भान्जीका रुपमा परिचित सत्यदेवि खड्का बताउनुभयो ।

पहिले वनजङ्गलमा रमाउने, खोलाकिनारमा नाङ्गै बस्ने, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको शिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नून छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे,’ उहाँले भन्नुभयो, ‘अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, शहरिया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो।’

कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुल प्रवाहिकरण कार्यक्रम शिर्षकमा प्रत्येक वर्ष बजेट छुट्याएपनि …

राउटेः सरकारको लगानी बालुवामा पानी      
0 comment
0 FacebookTwitterEmail

जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने राउटे समुदायको छुट्टै संसार थियो। बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे । जंगलमै भएता पनि उनीहरू खुशी र बलिया थिए। लोभलालच गर्दैन थिए। अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदाय परिचित थियो।

जंगलमा काठका भाडाकुडा उत्पादन गरेर नजिकका गाउँहरूमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर थिए। आफ्नै चालचलन रितिथितीमा अडिक थिए। उनीहरूको एक बोली थिए। अरुले भनेको पनि र आफुले भनेको पनि पु¥र्याउथे। आफुले भनेको कुरामा विश्वास घात नगर्ने उनीहरू अरुले केही दिन्छु भनेर विश्वासघात गरेको कुरामा अडिक र आफु बलियो भएर पनि लैजान्थे। त्यसैले पनि गाउँमा …

पैसा र मदिराले सकिदै गएका राउटे
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–२ कि सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको यो छैटौँ पटक हो । अहिले पनि महिनावारी भएका बेला छाउगोठमै बस्छिन् । विक भन्छिन् – ‘महिनावारीको समय नजिक आउँदा शरिरमा काडा उम्रेर आउँछ । छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन’ ।

बिहान पाँच बजेकै हुँदैन कठ्याङ्ग्रीदो जाडोमा घाँस काट्न वनतिर हिड्ने उनको दिनचर्या नै बनेको छ । घाँसको ठुलो डोको बोकेर घर फर्किदै उनको दैनिकी बित्छ । अरु समय भन्दा महिनावारी भएका बेला निकै पीडा कष्ट हुने गरेको विक …

छाउगोठ भत्कियाे तर मनको डर भत्किएन
0 comment
0 FacebookTwitterEmail

कर्णाली, यो नाम सुन्दा जति आनन्द आउछ त्यती यो तीन अक्षरले बनेको कर्णाली अक्षरको भुगोलमा बस्ने मानिसका कथा व्यथा ह्रदयविदारक छन्। सुनि नसक्नुका छन्। कैयौ नागरिक अभाव र दबाबमा बाचिरहेका छन्। एक छाक खान लगाउनकै लागि जिन्दगीनै खुकुरीको धारमा राख्नुपर्ने बाध्यता छ। कर्णालीका सबैजसो मान्छे परिवारको भविष्य बनाउन मुग्लान् पुग्छन्।

त्यसमध्ये एक हुनुहुन्छ, दैलेखको भैरवी गाउँपालिकाका द्रोण न्यौपाने। उमेरले ३३ वर्षको हुनुभयो। घरको आर्थिक अवस्था कमजोर। गाउँघरमा जसोतसो गुजारा चलिरहेको थियो। घरको आर्थिक अवस्था कमजोर भएता पनि खोले साग र सिस्नुसँग भए पनि आफ्नो दैनिकी चलिरहेको थियो।

कहिलेकाही छिमेकी मुलुक भारतमा गएर परिवार गुजरा टार्नुभएको थियो। उमेर बढ्दै गयो। जिम्मेवारी …

0 comment
0 FacebookTwitterEmail

सरल बोलीचाली, सरल लवाइखुवाई। आफ्नो गृहजिल्लाबासीको तनमनमा हुनुहुन्छ हुम्लाको अदानचुलि गाउँपालिका गाउँपालिका –१ कल्खेका रणसिंह परियार।  २०३३ सालमा जन्मिनु भएका रणसिंह परियार ४६ वर्षको हुनुभयो। क्रान्तिकारी स्वभाव रणसिंह समाजमा गरिने जातिय विभेद र थिचोमिचो सहनुहुँदैन।

हुम्लाको विकट भूमिको एउटा सामान्य परिवारमा जन्मिनुभयो। हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बन्नुभएको छ। तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध हुनुभएका रणसिंहले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रूपमा इतिहास रचेका छन।

१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि …

विद्रोहका प्रतीकः सांसद रणसिंह परियार
0 comment
0 FacebookTwitterEmail

बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन्। चारैतिरको दृश्य हेर्दा मनमष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन। जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ।  चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन। जीवजन्तुको आवाज गुञ्जिने बित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरू।  त्यही जंगलहरूका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरूमा पुग्नुहुन्छ जाजरकोटको बारेकोटका गोविन्द सिंह। उहाँ जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन्।

कम्मरको एकातिर पटुकी …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved