कर्णाली, यो नाम सुन्दा जति आनन्द आउछ त्यती यो तीन अक्षरले बनेको कर्णाली अक्षरको भुगोलमा बस्ने मानिसका कथा व्यथा ह्रदयविदारक छन्। सुनि नसक्नुका छन्। कैयौ नागरिक अभाव र दबाबमा बाचिरहेका छन्। एक छाक खान लगाउनकै लागि जिन्दगीनै खुकुरीको धारमा राख्नुपर्ने बाध्यता छ। कर्णालीका सबैजसो मान्छे परिवारको भविष्य बनाउन मुग्लान् पुग्छन्।
त्यसमध्ये एक हुनुहुन्छ, दैलेखको भैरवी गाउँपालिकाका द्रोण न्यौपाने। उमेरले ३३ वर्षको हुनुभयो। घरको आर्थिक अवस्था कमजोर। गाउँघरमा जसोतसो गुजारा चलिरहेको थियो। घरको आर्थिक अवस्था कमजोर भएता पनि खोले साग र सिस्नुसँग भए पनि आफ्नो दैनिकी चलिरहेको थियो।
कहिलेकाही छिमेकी मुलुक भारतमा गएर परिवार गुजरा टार्नुभएको थियो। उमेर बढ्दै गयो। जिम्मेवारी थपिदै गयो। २०६७ सालमा बिहे पनि गरे। जिम्मेवारी थपियो। जहान परिवार बढ्दै जादा आवश्यकताहरू बढे भारतमा गरेको मजदुरीले मात्र थेग्न सक्ने अवस्था नभएपछि मुग्लान् पस्नुभयो द्रोण। ‘उमेर बढ्यो, बिहे भयो सानो हुँदा बाआमालाई सताएजजस्तो ठुलो भए नहुने रहेछ,’ द्रोण भन्नुहुन्छ , ‘अन्य देशमा आफ्नै देशमा खरिखान सरकारले पूर्ण व्यवस्था गर्छ। हामीलाई नत नेपालमै बसेर केही वातावरण छ। नत श्रमको उचित मूल्य। परिवारका आवश्यकता बढ्दै गए र जिम्मेवारी थपिदै गएपछि घरपरिवारका आवश्यकता परिपूर्ति गर्न मुग्लान् पसे।’
सोही क्रममा २०६९ सालमा द्रोण पनि मुग्लान् पस्नुभयो। बिरानो देश, बिराना मान्छेहरूको भिडमा साउदी अबर पुग्नुभयो। त्यही द्रोण ढाइ वर्ष वित्यो। विरानो देशका मानिसहरूको हेपाइ चेपाइ सहदै निरन्तर काम गर्दै जसोतसो समय वित्यो। राम्रो तलब र काम नभएकाले ढाइ वर्षमै स्वदशे फर्कनुभयो। पाँच महिना घरमा बिताए। फेरि आर्थिक भारले च्याप्यो। पाँच महिना घरमा बसेर फेरि मुग्लानतिर लाग्नुभयो द्रोण। अहिले कतारमा हुनुहुन्छ उहाँ । ११ वर्ष भयो कतारमा काम गर्न थालेको। आफ्नो ज्यान खुकुरीको धारमा राखेर परिवारको पालन पोषणकै लागि दिनरात पसिना बनाउन बाध्य हुनुहुन्छ।
‘नेपालमा काम गरौँ श्रमको उचित मुल्य हुँदैन,’उहाँले भन्नुभयो, ‘नेपालमा वातावरण नभएकाले मुग्लानी भइयो। यहाँपनि सोचेजस्तो तबल हुँदैन। ज्यानलाई खुकुरीको धारमा राखेर काम गरे ओभरटाइम सहित महिनामा १ लाखसम्म हुन्छ।’
२०६९ सालमा बिरानो मुलुक कतार पुगेका द्रोणले कतारमा पसिना बगाउन थालेको ११ वर्ष भयो। अहिले सम्म पनि सोचेजस्तो तलब नपाएको उहाँ बताउनुहुन्छ । ‘नेपालमा काम गरौँ श्रमको उचित मुल्य हुँदैन,’उहाँले भन्नुभयो, ‘नेपालमा वातावरण नभएकाले मुग्लानी भइयो। यहाँपनि सोचेजस्तो तबल हुँदैन। ज्यानलाई खुकुरीको धारमा राखेर काम गरे ओभरटाइम सहित महिनामा १ लाखसम्म हुन्छ।’ उहाँ अहिलेसम्म स्टेडियम बनाउने काममै ११ वर्ष बिताउनुभएको छ। स्टेडियमको काम गर्दै गर्दा कैयौँ साथी आँखै अगाडी ढले। अहिलेपनि कैयौँ साथी अपाङ्ग छन्। हालसम्म द्रोणले १६ महिनासम्म ६० हजार दर्शक अट्ने कतारको अलबयात स्टेडियममा काम गर्नुभयो। १ वर्ष सम्म ४० हजार ददर्शक क्षमताको खलिपा स्टेडियम, र २ वर्ष कतारको सबैभन्दा धेरै क्षमता ८० हजार क्षमताको लुसल स्टेडियममा काम गरेको उहाँ बताउनुहुन्छ ।
स्टेडियम बनाउने काममा उहाँ बुम ट्रकको चालक हुनुहुन्थ्यो। पछाडी सामान हाल्थे अगाडी गाडी चलाउनुहुन्थ्यो। घरपरिवारलाई बिर्सेर ज्यानको माया मारेर काम गर्नुपथ्यो,’उहाँ भन्नुहुन्छ, ‘माथिबाट केही खस्यो भने ज्यानको आसै हुन्थेन । काम गरेअनुसारको सेलरी छैन। पहिले धेरै समस्या भोगियो।’
स्टेडियम बनाउदै गर्दा कयौँ जनाले ज्यान गुमाएका छन् आफ्नो देशको बेइज्जत हुने डरले नाम अहिलेसम्म सार्वजनिनक नगरेको उहाँ बताउँनुहुन्छ । कम्पनीमा काम गर्दे गर्दा आखै अगाडी साथीको खुट्टा गयो। अहिलेसम्म सार्वजनिक गरेको छैन। स्टुडिममा काम गर्दै गर्दा माथिबाट सामान खस्दा आखैअगाडी ३ जनाको ज्यान गयो। मृत्यु भएकाकाको परिवारले अहिलेसम्म कुनै राहत पाउन सकेका छैन। आफ्नो देशको बद्नाम हुन्छ भनेर मृत्युभएकाको विवरण सार्वजनिक गरेको छैन।’
‘गर्मि त्यस्तै हुन्छ बस्न खान निकै समस्या हुन्छ। समस्या नै समस्या छ। काम गर्नुपर्छ काम नगरे हाजिरी काट्छ।’
नेपालबाट विदेश गएपछि धेरै सपना हुन्छन्। केही समय बिदेशमा बसेर शहरमा घर बनाउला घडेरी जोडौला भने सपना सबैको हुन्छ। १८२ देशमा नेपाली पुगेका छन्। देश छोडेर परदेशी हुन्छन्। कोही घर घडेरी जोड्छन् कोही बिदेशी भुमिमै अस्ताउँछन्। दैलेखबाट परदेशिएका द्रोणले ज्यानलाई हत्केलामा राखेर भएपनि सुर्खेतमा घडेरी जोडेर घर बनाउने सपना पूरा गर्नुभएको छ।
परदेशिएका नेपालीले बिदेशी मुलुकहरू रातारात बिकसित गर्दै आएका छन्। नेपालमा पनि वातावरण भयो भने नेपाललाई रातारात विकसित बनाउन सक्छन्। अहिले बिदेशिएका सबै नेपालीसँग एउटा एउटा सीप छ। त्यो सीप नेपालमै लगानी गरेमा रातारात नेपाल बन्छ। यदि नेपालमै काम गर्ने वातावरण नेपाल सरकारले गरेको खण्डमा सम्पुर्ण नेपाली नेपाल फर्किन तयार रहेको उहाँ बताउनु हुन्छ । ‘हामी नेपालीले अर्कोको मुलुकलाई बिकसित बनाउदै आएका छौँ। हामी सबै नेपालीसँग एक/एक सीप छ। सीप अनुसारको पारिश्रमिक नेपालमै पाउँछौँ भने हाम्रो सीप नेपालमा लगानी गर्न तयार छौँ। नेपालमै फर्किन्छौँ।’
‘नेपालीको सीपले अरबका कयौँ मुलुकले धेरै फड्को मारिसके । नेपालका नेतालाई त लाज लाग्नुपर्ने हो,’उहाँले भन्नुभयो, ‘विदेशी मुलुक आफ्ना देशका नागरिकलाई उच्च शिक्षा दिदै भविष्ययमा शक्तिशाली देश बन्नका लागि लागि परेका छन्। तर, नेपालबाट दिनहुँ देश छोड्ने नागरिकको लर्को लाग्दा पनि टुलुटुलु हेरेर बसेको छ नेपाल सरकार र नेपालका नेतृत्व गर्नेहरू।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
जितेन्द्र थापा/सुर्खेत का अन्य पोस्टहरु:
- कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
- विश्वासले प्राप्त गरेको सफलता
- भूकम्प पीडित -‘ओछ्याउने छ, शरीरमा लगाउने कपडा छैन’
- छोरा खोरमा, परिवार त्रिपालमा
- ‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’
- भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
- पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत
- पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
- विषादी प्रयोग गर्न छोडेपछि कसरी भयो कृषि उत्पादनमा वृद्धि
- प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी