Home » Archives for जितेन्द्र थापा/सुर्खेत
Author

जितेन्द्र थापा/सुर्खेत

नेपालको एक मात्र घुमन्ते फिरन्ते समुदाय हो राउटे समुदाय । जङ्गलमा फिरन्ते जीवन बिताउँदै काठका कोशी मदुस बनाएर गाउँमा गएर अन्न पातसँग साटेर जीविका धान्ने राउटे समुदाय पछिल्लो समय परिवर्तन हुन् थालेका छन् ।

पहिले खेतीपाती नै गर्नुहुन्न भन्ने यो समुदाय अहिले सागपात उमार्ने, च्याउ उमार्ने लगायत कृषि क्षेत्रमा थोरै रुचि देखाउन थालेका छन् । च्याउ उत्पादन सम्बन्धी दुई दिने तालिम पाएका यो समुदायले अहिले च्याउ उत्पादनमा लागेका छन् ।

एइआईएन लक्जेम्बर्ग र डीसीय नेपालको साझेदारी गुराँस गाउँपालिकाको समन्वय सोसेक नेपालको सहजीकरणमा लोपोन्मुख राउटे समुदायको पोषणका लागि च्याउ उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । दुई दिने तालिम लिएका उनीहरूले

कृषिलाई शत्रु ठान्ने राउटे समुदाय कृषिमै रमाउँदै
0 comment
0 FacebookTwitterEmail

दैलेख ठाटीकाँध गाउँपालिका वडा नं ६ का लवराज थापा सोच थियो नेपालमा भविष्य छैन। जिन्दगी बदल्न र पैसा कमाउन विदेश जानुपर्छ भन्ने उहाँको सोच थियो। त्यही सिलसिलामा काठमाडौँमा बसेर कोरिया जाने तयारी गरिरहनुभएको थियो। करिब एक वर्ष तयारी गर्नुभयो। पढाइमा त्यति धेरै अब्बल नभएका थापाले कोरिया भाषा परीक्षामा सोचेजस्तो नतिजा आएन।

त्यसपछि उहाँलाई युरोपको माल्टा जाने रहर जाग्यो। लामो समय सम्म पनि माल्टाको भिसा आएन। विदेशको भिसा नआएपछि झनै मन आत्तिन थाल्यो। घरको एक्लो सन्तान भएकाले पनि जिम्मेवारी धेरै थियो। दिनरात गन्दै विदेशको भिसा नआएपछि उहाँले बाटो मोड्नुभयो। बाटो मोडेर विदेश लगानी गर्ने पैसा स्वदेशमै लगानी गर्ने उहाँमा नयाँ सोच …

0 comment
0 FacebookTwitterEmail

गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन्। अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ। बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबालिकामा  बढी समस्या देखिन थालेको छ । चिसो बढ्दै जाँदा दीर्घ रोगीहरू थप पीडामा छन्। अहिले पनि दुर्गम गाउँका भूकम्प प्रभावितहरूले राहत पाउन सकेको अवस्था छैन। राहतहरू खानको लागि गइरहेको छ। ओढ्ने ओछ्याउनको लागि पनि अलिकति बल्याङकेट छ। तर शरीरमा लगाउने लुगाहरू छैन। यसै सन्दर्भमा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा स्थलगत रूपमा राहत सामाग्री लिएर पुग्नुभएको नेपाली काँग्रेस  केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा …

0 comment
0 FacebookTwitterEmail

हिमाली गाउँको बस्ती। भूकम्पले चिरा चिरा परेको घर। त्यही घरको आँगन नजिकैको त्रिपालमुनि छ बारेकोट गाउँपालिका–४ रावतगिरी गाउँका काली बहादुरको परिवार। झन्डै बिचमा भूकम्पले चिरा चिरा परेको घर। त्यही चिरा परेको घरछेउ र चिसो त्रिपाल भन्दा अलि पर जस्तापाताको खोर। खोर गाई बाख्रा र अन्य जनावर राख्नलाई निर्माण गरिएको भने होइन। न त त्यहाँ चराचुरुङ्गी वा कुखुरा पाल्नलाई निर्माण गरिएको हो। यो खोरभित्र हुनुहुन्छ १८ वर्षीय किशोर हेमराज रावत।

रावतगिरी गाउँका कालीबहादुर रावतका जेठो छोरा हेमराज मानसिक रोगी भएका कारण भूकम्पले भत्काएको घरबाट छुट्टै टहरामा उनलाई थुनिएको हो। कालीबहादुरको परिवार वडाले दिएको त्रिपाल नै आश्रय स्थल हो भने छोरा हेमराजको …

0 comment
0 FacebookTwitterEmail

भूकम्पले चिरा चिरा परेको घर । नत बस्न लायक छ नत पुरा भत्किएको नै छ ।  त्यही भत्केको आधा घरलाई पुर्पुरोमा हात थमाउँदै टोलाउँदै जाजरकोटको बारेकोटकी (परिवर्तित नाम) डोल्माको मनमा भूकम्पको धक्का गइरहन्छ  ।

गएको कात्तिक  १७ को भूकम्पले बारेकोट गाउँपालिका (परिवर्तित) नाम डोल्माको घर भूकम्पले चिरा चिरा बनाएर भत्कायो । भूकम्पले घर मात्र भत्काएन डोल्माको जिन्दगी नै भत्काइदियो । देशमा रोजगारी नहुँदा लामो समय काला पहाड गएर टाउको र पैताला खियाएर बनाएको घर ढलेपछि अहिले उहाँलाई बाच्न मन छैन । वर्षाै मेहनत गरेर बनाएको घर ढलेर चिसो बारीको शीत लहर मा बास हुँदा उहाँ  मानसिक पीडामा हुनुहुन्छ । भूकम्पले …

‘ हामीलाई बचाउ सरकार! चिसोले मर्ने भयौँ ।’ 
0 comment
0 FacebookTwitterEmail

कस्तो हुन्छ होला जब आफ्ना प्यारा दाइभाउजू र भतिजाभतिजी घरमूनि पुरिएका छन् र गूहारगूहार भन्दै चिच्याइरहेका छन्, हातले खोस्रिदाखोस्रिदै उनीहरूको आवाज मुधुरो हुन्छ र अन्त्यमा लाश मात्र भेटिन्छ। त्यही भोग्नुभएका नलगाड चिउरीका भद्रबहादुर विश्वकर्माको आँखा अझै ओभाएका छैनन्।   

“मध्यरातमा भूकम्पले घर भत्कायो। घरसँगै आफन्तको वियोगले मुटु चिरा चर्कियो। दाइभाउजू रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउँदै बरबराउनु हुन्छ, भद्रबहादुर।

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो। कार्तिक १७ गते गएको भूकम्पमा परेर दाइभाउजू र छोरा गुमाए। भूकम्पमा परेका दाइभाउजूले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ। भूकम्पमा परेर …

भूकम्पमा बाँचेकाहरूको पुकार ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’
0 comment
0 FacebookTwitterEmail

जाजरकोट।  गाडीको लावालस्कर सहित पीडितका दैलोमा पुगेर सरकारका प्रतिनिधिहरूले भूकम्पपीडितलाई अत्यावश्यक राहत समयमै उपलब्ध गराउँछौँ भन्ने बाचा गरिरहेका छन्। तर जाजरकोट भूकम्पको चार दिन बितिसक्दा पनि एक छाक खानाका लागि घण्टौँ स्थानीय तहका कार्यालयहरूमा कुर्दा पनि प्रभावितहरू निराश हुँदै भोको पेट र नाङ्गो शरीर रित्तै हात फर्किन बाध्य छन्।
भूकम्पपीडितले आफू र आफ्नो परिवार भोकै रहेको याचना गर्दा पनि वडा कार्यालयका प्रतिनिधिले राहत नआएको भन्दै रित्तै फर्काए। भूकम्पका कारण घरबारविहीन बनेका पीडितलाई राहत लिन अर्को दिन आउनू भन्दै फर्काइयो।
जाजरकोटको भेरी नगरपालिका ३ माथिल्लो थाप्लेमा भाडाको घरमा बस्दै आएकी सुर्खेत सिम्ता गाउँपालिका–४ बजेडीचौरकी विष्णु थापाले वडा कार्यालयमा पुगेर घण्टौँ कुर्दा …

पीडामा पनि राजनीति, पहुँचका आधारमा राहत 
0 comment
0 FacebookTwitterEmail

घरभन्दा केही पर जस्तापाताको खोर छ। खोर भन्नासाथ बाख्रा र अन्य जनावर राख्न बनेको भन्ने लाग्न सक्छ। तर, यो खोर कुनै जनावरलाई राख्न निर्माण गरिएको होइन। बरु यहाँ मान्छे बस्छन्। हो, यो खोरभित्र जाजरकोटको बारेकोट गाउँपालिका ४ रावतगिरी गाउँका हेमराज रावत बस्नुहुन्छ।

रावत उमेरले १८ वर्ष पुग्नुभयो। सानैबाट मानसिक रोगी भएकाले उहाँलाई खोरमा बस्नुपर्ने अवस्था आएको हो। सानैबाट मानसिक अवस्था बिग्रिएपछि छुट्टै खोर बनाएर राख्नुपरेको हेमराजका बुवा कालीबहादुर रावत बताउनुहुन्छ।

‘पहिले अवस्था राम्रै थियो,’ कालीबहादुरले भन्नुभयो, ‘पाँच वर्षको उमेरमा ज्वरो आयो। हस्पिटल लगियो। पहिले बोल्ने तीन दिनपछि नबोल्ने भयो। बिस्तारै मानसिक अवस्था बिग्रँदै गयो। अनि उसको बास खोरमा हुन थाल्यो।’…

पशु बस्ने खोरमा १३ वर्षदेखि बन्धक हेमराज, तर किन?
0 comment
0 FacebookTwitterEmail

एक हातमा दाँते। टाउकोमा हरियो रुमाल। अनि अर्को हातमा कैँची लिएर बारीमा तरकारी काँटछाँटमा व्यस्त हुनुहुन्छ वडापोखराकी हिरा रावत। उमेरले ३५ वर्ष पुग्नुभएकी रावत उज्यालो नहुँदै घर नजिकैको बारीमा पुग्नुहुन्छ। दैलेखको दुल्लु नगरपालिका —२ वडापोखराकी हिरा रावतको यो दैनिकी जस्तै भएको छ। उहाँको अधिकांश समय तरकारी गोडमेल गर्ने देखि सुम्सुम्याउने मै बित्छ। बिहान उठेदेखि बेलुकी अबेरसम्म तरकारी गोड्ने, फलेका तरकारी टिप्ने, पानी लगाउने र बेर्ना छर्ने काममा व्यस्त देखिनुहुन्छ। चार वर्ष अघि आफूलाई खानका लागि अलिकति जग्गामा तरकारी खेती लगाउनुभएकी उहाँले  २०७८ सालदेखि व्यावसायिक रुपमा व्यवसायिक रूपमै तरकारी खेती थाल्नुभएको छ ।

ग्रामीण समुदायका समस्या पहिल्याउँदै दैलो दैलोमा पुग्दै पछाडि

0 comment
0 FacebookTwitterEmail

कुनै समय थियो– गाउँमा सबैका गोठमा दुहुना गाईभैँसी पालिएका हुन्थे। दूध काठका भाँडामा जमाइन्थ्यो। काठकै भाँडामा मोही पारिन्थ्यो। तर, पछिल्लो समय काठका भाँडाकुँडा विशेषगरी ठेकी प्रयोग लोेप हुँदै गएको छ। प्लास्टिकका भाँडाको प्रयोेग बढ्दै गएपछि काठद्वारा निर्मित ठेकीमदानी लोप हुने अवस्थामा पुगेका छन्। अर्थात् प्लास्टिकका भाँडासँग परम्परागत ठेकी हानुपर्ने अवस्था आएको छ।

यसरी काठका ठेकी लोप हुँदै जानुमा काठको अभाव र खर्च बढी भएको जानकारहरू बताउँछन्। साथै सरकारले यस्ता घरेलु सामानलाई प्रोत्साहन गर्न नसक्दा पनि लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

समय फेरिँदै गएको छ। समय फेरिएको पनि के भन्नु ? मान्छेका आवश्यकताहरू बढ्दै गए। सुख खोज्न कोही परदेसिए …

प्लास्टिकका भाँडासँग हार्दै गाउँघरका काठका ठेकी
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved