Home » Archives for जितेन्द्र थापा/सुर्खेत » Page 3
Author

जितेन्द्र थापा/सुर्खेत

दैलेखकी २७ वर्षीया गमता (परिर्वतित नाम) १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी गमताले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । श्रीमान्ले गर्भपतनका लागि केही औषधि ल्याइदिए । ती औषधि तोकिएको विधिअनुरूप सेवन गरिन् ।

औषधि सेवन गरेको केही घण्टापछि औषधि पसलेले भनेझैँ रक्तस्राव हुन थाल्यो । गर्भपतन भयोे भनेर ढुक्क थिइन् उनी । तर, लामो समयसम्म रक्तस्राव रोकिएन । कमजोरी महसुस भयो, रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित …

कर्णालीमा गर्भपतनको भयावह स्थिति, जथाभावी औषधिको प्रयोगले जोखिममा महिला
0 comment
0 FacebookTwitterEmail

दुल्लु राम्रा पञ्चदेवल मेरी लै लै दैलेख राम्रा गढी साली सम्झिन्छौँ कि कहिलै ?

कर्णालीको पहिचान झल्काउने ठाडी भाका। यही भाकामा आफ्नो बालापनको बह पोख्दै हुनहुन्छ गायक शेरबहादुर खड्का। विसं २०२० कार्तिक १९ गते दैलेखको दुल्लु नगरपालिकामा जन्मिनुभएका शेरबहादुर उमेरले ६० वर्ष लाग्नुभयो। सुर्खेतको वीरेन्द्रनगर–४ स्थित भैरवस्थानको एउटा सुनसान कोठाभित्र तानमा कपडा बुन्न व्यस्त शेरबहादुर दैलेखी लोक देउडा गुनगुनाउदै हुनुहुन्थ्यो।

झट्ट सुन्दा यी शब्द बुझिँदैन। शब्दले के भन्न खोजेको होला भन्ने लाग्छ। तर सुनिरहँदा भने मन्त्रमुग्ध बनाउँछ। गीतमा दैलेखको दुल्लुस्थित पञ्चदेवल र दैलेखकै गढीलाई जोडिएको छ। गायक खड्काले दुल्लु राम्रा पञ्चदेवल, दैलेख गढी र सालीलाई सम्झन्छौ कि कहिलेकाहीँ भन्ने दैलेखको …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो । तर, उहाँ नेपाल फर्किदा एक्लै हुनुहुन्थ्यो ।
स्वदेश एक्लै फर्कनुमा उहाँको उद्देश्य थियो पेटमा भएको सन्तानको लिङ्ग पहिचान गर्ने । उहाँको सोच थियो छोरा भए सन्तानको जन्मदिने र छोरी भए गर्भपतन गर्ने ।

भारतबाट नेपालगन्ज पुग्नुभएकी बुढाले छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ जानुभयो । डाक्टरले जाँच्नका लागि श्रीमान् सँगै हुनुपर्ने बताएपछि उहाँले श्रीमान साथमा नभएको बताउनुभयो । श्रीमानसँगै नभए केही गर्न नमिल्ने भन्दै डाक्टरले उहाँलाई फर्काइदियो । त्यसपछि पेटमा …

0 comment
0 FacebookTwitterEmail

दैलेखको गुराँस गाउँपालिका ३ दम्मारका ६३ वर्षिय अगुवा कृषक शिवध्वज शाहीलाई प्राङ्गारिक मलको बारेमा थाहै थिएन। त्यसमाथि व्यवसायिक कृषि गर्दै आएको १२ वर्ष पुगिसक्यो। सुरुवात देखि १२ वर्ष पुग्दा समेत उहाँले रासायनिक मलको प्रयोग गर्दै आउनुभयो। व्यवसायिक कृषि खेतिमा जमेका उहाँलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने भ्रम मनमा पालेर बस्नु भएको थियो। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात् भने उहाँको त्यो भ्रम हटेको उहाँ बताउनुहुन्छ। ‘व्यवसायिक कृषि खेती गर्दै आएको यतिका वर्ष भयो,’उहाँले भन्नुभयो, ‘मलाई त लाग्थ्यो रासायनिक मल नभए बालीनाली सप्रिदैन भन्ने लाग्थ्यो। तर, त्यो मेरो हाम्रो गलत सोच रहेछ। आफ्ने वनजङ्गलका झारपात कुहाएर, …

0 comment
0 FacebookTwitterEmail

सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न भन्दै विद्रोही (नेकपा माओवादी)ले २०५२ फागुन १ गते जनयुद्ध घोषणा गर्‍यो। जनयुद्ध घोषणा पश्चात् जनयुद्धमा होमिनेको लहर चल्यो। जनयुद्धका चर्का चर्का नारा लागेपश्चात् चुलोचौको सिमित नारीहरू पनि होमिए।

चुलोचौकोमा सिमित रहेका नारीहरू युद्धकै क्रममा जनयुद्धताका बेला उकाली ओराली हुँदै तराईका समथर भुभाग हुँदै पहाडका खोँचसम्म पुगे। त्यही तराईको समथर भुभाग हुँदै पहाडको खोँचसम्म यात्रा गर्ने चेली हुनुहुन्छ दैलेखको ठाटीकाँध गाउँपालिका – २ टोम्टाल्लाकी उर्मिला थापा (रुपा)।

चुलोचौकोमा सीमित उर्मिला पनि जनयुद्धका चर्का नारापश्चात् चुलोचौको छाडेर युद्धमा होमिएको बताउनुहुन्छ। दश वर्षे सशत्र जनयुद्धमा होमिएकी उर्मिला अहिले फेरि चुलोचौकोमै सिमित हुनुभएको छ। तत्कालिन माओवादीले सुरु गरेको माओवादी …

0 comment
0 FacebookTwitterEmail

 दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको बिचमा पर्ने नाभिस्थान पुग्नेबित्तिकै एउटा फरक दृश्यमा आँखा ठोक्किए। त्यहाँ बालबालिका अस्वभाविक रुपमा रोइकराइ गरिरहेका थिए। उनीहरूलाई फकाइ फुल्याइ गर्ने कोही पनि थिएन।

उनीहरू राउटे समुदायका बालबालिका थिए। बूढापाका र तन्नेरीहरू जङ्गलतिर सिकार खेल्न निस्किएका कारण उनीहरू घरमा एक्लै भएर रोएर बसिरहेका थिए। छिमेकमा केही अधबैँसे राउटे युवा र केही महिला आफू बस्ने झुप्रो बनाउन माटो खन्दै, किला ठोक्दै थिए।

कतिपय राउटे परिवारहरू शिकार खेल्न जाने बेलामा दुधे बालकलाई काखमा च्यापेर निस्कन्छन्। १७ माघ २०७९ मा यस्तो एउटा परिवार छोराछोरीलाई काखमा च्यापेर शिकार गर्न निस्कँदै थियो। ती दुधे बालकहरूदुब्ला र ख्याउटे देखिन्थे।

राउटे समुदायका छोराछोरी

खानपानमा लापरवाही सङ्कटमा राउटे समुदाय
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । दिउँसो परेको पानीले खुलेको खुल्ला आकाश । वरिपरि हरियाली वातावरणको बीचमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको वातावरणमा प्रकृतिका मनमोहक दृश्य देख्न पाइन्छ । बसन्त ऋतुमा मनलाई चङ्गा झै उडाएर सुन्दर रमणीय ठाउँसम्म पुर्याउँछ । यहाँको पाटनले जो कोहीको मन पनि लोभ्याउँछ ।

गुन्यु चोलीमा सजिएकी युवती साँझ विहान घाँस दाउरा काट्न जाँदा र फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । त्यही पाटनकाबीचमा एउटा आर्कषक, सुन्दर भकुण्डो आकारको बिजारे ताल छ । यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई दैनिकजसो पुग्छन् । कोही वर्षौदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयका गुम्सिएका कुरा …

बिजारे पाटनको मनोहारी प्रकृतिले पर्यटक बोलाउँदैछ
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । बसन्त ऋतुको आगमनले रूखहरूमा पालुवा पलाएका थिए । वनभर पलाएका पालुवाले डाँडापाखा हेर्नेका मन चंगा जस्तै हुन्थे । न्याउलीको न्याउँ न्याउँ र कोइलीको कुहुकुहुले वनजंगल डाँडापाखा गुन्जायमान थिए । जोकोहीलाई त्यो न्याउली चरी र कोइली चरीको आवाजको धुनले एकान्तमा एक्लै बहकिने गराउँछ । डाँडापाखा उकाली चहार्दै कोइली र न्याउलीको धुनसँगै यात्रा ओरालो तर्फ लाग्यो । अग्ला डाँडाकाँडा निहारिँदै साल र सल्लाले सुसेल्दै गरेको स्वच्छ चिसो हावालाई फोक्सोसम्म  पुर्याउँदै आनन्दित महसुस गर्दै यात्रा भैरवी गाउँपालिका– १ र दुल्लुको बिचमा पर्ने नाभिस्थान खोली किनारमै पुग्यो । आँखा अनौठो दृश्यमा ठोकियो र हिँड्दै गरेको पाइला टक्क रोकियो । 

त्यो अनौठो दृश्य

राउटेको फेरिदो जीवनशैली : कृषि गर्ने देखि पढ्ने लेख्नेसम्म
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्र बहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको  जन्मदर्ता छ, नत नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।

कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्र बहादुर हर्कदै

पचपन्न वर्ष देखि नागरिकता विहीन परिवार
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । दैलेखको गुराँस गाउँपालिका –५ कि पूर्ण कुमारी रावल वली दैनिक विद्यालय पुग्छिन् । नजिकैको सिद्ध मालिका प्राथमिक विद्यालयमा पुग्नु उनको दैनिकी हो । दुई छोरा र एक छोरी सोही विद्यालयमा अध्ययनरत छन् । आफ्ना छोरा छोरीको अध्ययनरत विद्यालयमा पुगेर छोराछोरीको अध्ययन र शिक्षकले पढाए नपढाएको रेखदेख गर्नु अहिले उनको दैनिकी जस्तै भएको छ ।

उमेरले २५ वर्ष पुगेकी पूर्ण कुमारी छोरा छोरीको अध्ययनबारे जानकारी लिन दैनिकजसो विद्यालय पुग्ने गरेको बताउँछन् ।  पहिला छोराछोरीलाई विद्यालय पठाएपछि घरधन्दाकै काममा व्यस्त हुन्थे,’उनले भनिन्, ‘तर विद्यालयमा जब देखि सेभ द चिल्ड्रेनको सहयोगमा विद्यालय नेतृत्व तथा व्यवस्थापन परियोजना (सलम) को सुरुवात भयो तब …

बालबालिकाको शैक्षिक अवस्था बुझ्न विद्यालय नै पुग्छन् अभिभावक
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved