Home » Archives for सन्तोष पाण्डे/बारा
Author

सन्तोष पाण्डे/बारा

प्रस्तुत तस्बिरमा देखिएको लामबद्ध लाइन र भिड कुनै मन्दिर वा मेलाको होइन । यो भिड जिल्ला प्रशासन कार्यालय बारा कलैयाको हो । यस्तो भिड जिल्ला प्रशासन कार्यालयमा दिनहुँ हुने गर्दछ । यदि तपाई कुनै काम लिएर जिल्ला प्रशासन कार्यालय बारामा जानुभयो भने तपाईँले सहजै सेवा पाउने स्थिति भने छैन । घण्टौँसम्म लाइन बस्तु पर्ने वा काम नभएर रित्तै हात फर्कनु पर्ने पनि हुन सक्दछ ।

जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू दिने गरेको छ । अरू सेवा भन्दा पनि नयाँ नागरिकता र प्रतिलिपि नागरिकता वितरणमा सबैभन्दा बढी समस्या देखिएको छ ।

कार्यालयमा सेवा लिन …

बारा जिल्ला प्रशासन कार्यालयमा बेथितिको चाँङ्ग
0 comment
0 FacebookTwitterEmail

बाराको सदरमुकाम कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश सराफ (स्वर्णकार) हत्याको ९५ प्रतिशत अनुसन्धान सकिएको बारा प्रहरीले जनाएको छ। हत्या रुपेशकै प्रेमिका राधा गुप्ता र राधाका अर्का प्रेमी मनोज गुप्ताको संलग्नता भएको अनुसन्धानबाट खुलेको छ।

सोमबार दिउँसो करिब साढे १२ बजे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय स्कुल मदरसाको बिच रोडमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले दिनदहाडै सराफमाथि गोली प्रहार गरी हत्या गरेका थिए। हत्याको प्रकरणमा प्रेमिका राधा गुप्ता सहित दस जनालाई बारा प्रहरीले पक्राउ गरी बुधवार पत्रकार सम्मेलनमा सार्वजनिक गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका …

0 comment
0 FacebookTwitterEmail

यो बाराको एउटा पुल हराएको कथा हो। अहिलेका उपराष्ट्रपति रामसहाय यादवले गतवर्ष असोज ९ गते शिलान्यास गर्नुभएको पुल सरकारी फाइलहरूमा कतै हराएको छ। मङ्सिरको चुनावमा जनताको आँखामा छारो हालेर भोट बटुल्नका लागि उपराष्ट्रपतिबाट शिलान्यास गराइएको थियो।  

अहिले वर्षाको समय देशका धेरै स्थानहरू अहिले नागरिकहरूले खोला नदीहरूमा पुल नहुदाँ निकै सास्ती भोगिरहेका छन्। कतिपय स्थानहरूमा पुल बगाएका छन्, कतिपय स्थानमा वर्षौँदेखि निर्माण अधुरै छन् भने कतिपय स्थानमा पुल निर्माण नै हुन सकेको छैन।

यस्तै समस्या बारा जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर, रघुनाथपुरमा पनि छ। वर्षौँदेखि यसै गाउँ जोड्ने पसाह नदीमा पुल निर्माण नहुदाँ यहाँका नागरिकहरूले सास्ती भोग्दै आएका छन्। वडा

0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएपछि अहिले बारा, पर्सासहित तराईका जिल्लाहरूमा नागरिकता लिनेको भीड बढेको छ।

नयाँ नागरिकतासम्बन्धी ऐन लागू भ एपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण कार्य सुरु गरेका छन्। बाराको कलैयामा रहेको जिल्ला प्रशासन कार्यालयमा पनि नागरिकता लिनेको भीड लागेको छ।

जन्मसिद्धका आधारमा नागरिकता लिनेको भीड बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले जन्मसिद्धका सन्तानलाई अनलाइन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको छ। आइतबार ५० जनाले टोकन दर्ता गराए पनि ५ जना मात्र नागरिकता लिन आएको जिल्ला प्रसशान कार्यालय बाराले जनाएको छ। सोमबार भने बाराबाट ३१ जना जन्मसिद्धका छोराछोरीले नागरिकता लिएका छन्।

नागरिकता ऐन …

बारामा जन्मसिद्धका आधारमा नागरिकता लिनेको भीड बढ्यो
0 comment
0 FacebookTwitterEmail

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुरमा काम विशेषले जानु भो भने काम नभई फर्कनु पर्ने हुन्छ। उपमहानगरपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरू नियमित कार्यालय नै नआउने भएकाले सेवाग्राहीहरू रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको छ।

कार्यालय समयमा उपमहानगर अधिकांश शाखाहरूका कर्मचारीहरू र शाखा प्रमुखहरू नै नभेटिदैन। उपमहागनरपालिकाको विभिन्न विषयगत शाखाहरूमा २४ वटा वडाहरूबाट सेवा लिन आउने सेवाग्रहीहरूको चाप अत्याधिक हुने गरेको छ। तर सेवा लिन कार्यालय पुगेका सेवाग्रहीहरूले कर्मचारीलाई नै फेला पार्न नसक्दा  रित्तो हात फर्कनु पर्ने उपमहानगरवासीहरूको नियति जस्तै भईसकेको छ।

काम विशेषले उपमहानगरपालिकाको कार्यालयमा वडाबाट सिफारीस लिएर जादा कर्मचारी नभेटर पटक पटक धाउनुपरेको वडा नम्बर १७ का एक सेवाग्रहीले गुनासो …

0 comment
0 FacebookTwitterEmail

वैशाख १० गते उपनिर्वाचन हुँदै गरेको प्रतिनिधिसभाका खाली भएका तीन क्षेत्रमा क्षेत्र मध्ये बारा क्षेत्र नम्बर २ एक हो। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि गत चैत्र २० गते सोमवार विभिन्न राजनीति दल र स्वतन्त्र समेतले मनोनयन दर्ता गराईसकेका छन्। उम्मेदवारी दर्ता पछि दलहरू र स्वतन्त्र उम्मेदवारहरूले मतदातालाई रिझाउन विभिन्न तरवरबाट मत माग्न थालेका छन्। निर्वाचनलाई उपयोग गर्दै आफ्नो दलको सिट संख्या थप्ने आ आफ्नै दाउमा लागेका दलहरूले उम्मेदवारलाई जिताउन केन्द्रस्तरका ठूला नेताहरू बारा २ मा झर्न …

बारा २: गिजोलिएको राजनीतिमा उपेन्द्रलाई रोक्ने प्रयास
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved