Home » Archives for प्रणय साह/वीरगञ्ज » Page 2
Author

प्रणय साह/वीरगञ्ज

प्लास्टिकको सामाग्रीको कारण परालबाट बन्ने ‍चटइ, विठंइका ( गुन्द्री, चकटी )  बुन्ने सीप हराउन थालेको छ। जाडो महिनामा आँगनमा वा ओछ्यानमा ओछ्‌याउने गुन्द्री, चकटी हराएको छ। पहिलेपहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ। परालको गुन्द्री वर्षभरि ओछ्‌याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो।

न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री  प्रयोग भने हिजोआज घट्दै गएको छ। गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। मात्रै लामो

0 comment
0 FacebookTwitterEmail

राजमार्गकै कारण पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि असुरक्षित हुन थालेको छ। हरेक वर्षे ठूलो सङ्ख्यामा वन्यजन्तु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्।

निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तु परेका छन्। पछिल्लो ६ वर्षको तथ्यांक सार्वजनिक गरेकामा आर्थिक वर्ष २०७३/०७४ मा २४, २०७४/०७५ मा ३५, ०७५/०७६ मा ४२, ०७६/०७७ मा २२, २०७७/०७८ मा ८ र आर्थिक वर्ष २०७८/०७९ मा १३ वन्यजन्तु मरेका छन्। उक्त क्षेत्र भएर २ वटा राष्ट्रिय राजमार्ग जाने भएकाले विशेषगरी त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज सडक खण्ड, महेन्द्र राजमार्गको पथलैयादेखि निजगढ सडक खण्ड र महेन्द्र राजमार्गकै हेटौंडा–लोथर सडक खण्डमा बाटो काट्ने क्रममा वन्यजन्तु …

राजमार्गले असुरक्षित पर्सा निकुञ्ज
0 comment
0 FacebookTwitterEmail

रगत अभावले बिरामीको मृत्यु हुने वा उपचारमा समस्या नहोस् भनेर  बारा र पर्साका केही पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूका लागि आवश्यक रगत सञ्चार केन्द्र (ब्लड बैँक) वीरगञ्जबाट निःशुल्क रूपमा उपलब्ध गराउन थालेका छन्। ती पालिकाले बिरामीलाई रगत शुल्कको भार खेप्न नपरोस् भन्ने चाहना पालिकाहरूको छ।

अहिले वीरगञ्जको रक्त सञ्चार केन्द्र ( ब्लड बैँक)बाट दैनिक ४० देखी ७० पोका रगत खपत हुने गरेको केन्द्रका सौरभराज पाण्डेले जानकारी दिनु भयो।पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैँकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बारा र पर्साका आठ वटा पालिकाले सम्झौता गरेको छन्।

पर्सामा रगत निःशुल्क दिने पहिलो सम्झौता  बहुदरमाई नगरपालिकाले

0 comment
0 FacebookTwitterEmail

सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन नगरेको भन्दै वीरगञ्जमा नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघ लगायत किसानहरूले संयुक्त रूपमा आन्दोलन गर्दै विरोध र्‍यालि निकालेका छन्। सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै किसानहरूले सरकारबिरुद्व आन्दोलन गरेका हुन्।
धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य भए पनि मङ्सिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएको पनि उनीहरूको गुनासो छ। किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष शमरुम राउत गद्दीले नेपाललाई किसानको देश भनिएपनि त्यो भनाइमा मात्र सीमित रहेको गुनासो गर्नुभयो। उहाँले आज मात्रै २५ सय रुपैयाँ क्विन्टलमा आफू …

धानको समर्थन मूल्यको कार्यान्वयन नभएपछि किसान सडकमा
0 comment
0 FacebookTwitterEmail

फूल, माला, गम्छा, अबिर र खादाआदिले सम्मान गर्ने हाम्रो चलन नै हो। सम्मानका नाममा नेताका चाकरीका लागि १५/२० किलोका माला लगाइदिने पनि बेलाबेलामा देखिएकै हो। तर अब बारा र पर्सातिर चाहिँ चाँदीको ताज वा मुकुट लगाउने चलन बढ्न थालेको छ।  

बारा र पर्सामा नवनिर्वाचित जनप्रतिनिधिहरू अहिले घर दैलो तथा विजय जुलुसमा व्यस्त रहेका छन् । तीमध्ये केही नवनिर्वाचित जनप्रतिनिधिलाई समर्थकले चाँदीको मुकुट लगाएर स्वागत तथा  बधाई दिने क्रम बढेको छ । पर्सामा भने यो चलन २०७४ को निर्वाचनमा सुरु भएको थियो । पहिलो पटक २०७४ को निर्वाचनमा पर्सा  क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रदीप यादवलाई विजय जुलुसका क्रममा

0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउन थालेको छ। महानगरले सम्बन्धित व्यक्तिहरूलाई पत्र नै काटेर माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न माग गरेको थियो। तर दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आइतबार सम्बन्धित व्यक्तिकै घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ।

टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउन नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न आग्रह गरेको थियो।

महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरूलाई नगर प्रहरी र नक्सा शाखाका

0 comment
0 FacebookTwitterEmail

सरकारसँग कृषि औजार कारखाना सञ्चालनको सम्झौता गरेपछि राष्ट्रिय आविष्कार केन्द्रबाट आएको टोलीले सरसफाइको काम थालिसकेको छ।

उक्त टोलीले वीरगञ्ज स्थित कृषि औजार कारखानामा भित्र रहेको सामाग्रीको लगत सङ्कलनको काम पनि थालेको छ। कारखाना सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रको टोलीले कारखानाको अवस्थाबारे अध्ययन शुरु गरेको हो। केन्द्रका प्राविधिक सहितको टोली कारखाना भित्र प्रवेश गरेर औजार,  उपकरणको अवस्था हेरिरहेका छन्। कात्तिक ६ गते बसेको कारखाना सञ्चालक समितिको निर्णय अनुसार आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन सहित प्राविधिक टोली कारखानाको अवस्थाबारे बुझ्न आएका हो।

कारखाना सञ्चालक समितिको पहिलो बैठकले कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक

साठी वर्ष बूढो कृषि औजार कारखानाका दिन फर्काउने प्रयास
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved