प्लास्टिकको सामाग्रीको कारण परालबाट बन्ने चटइ, विठंइका ( गुन्द्री, चकटी ) बुन्ने सीप हराउन थालेको छ। जाडो महिनामा आँगनमा वा ओछ्यानमा ओछ्याउने गुन्द्री, चकटी हराएको छ। पहिलेपहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ। परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो।
न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ। गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ। मात्रै लामो पराल उपयोग गरी मधेसका भित्री गाउँमा भेटिने गुन्द्री हाल कमै पाइन्छ। पछिल्लो समयमा बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एकदुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ। गाउँगाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ। विकल्पमा बजारमा पाइने प्लास्टिक तथा फाइबरका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन्।
परवानीपुर गाउँपालिका ५ बहुवरीकी लालझरी देवीले विगतका वर्षहरूमा फुर्सदको समय गुन्द्री बुन्ने गरे पनि अहिले गुन्द्री बुन्न सम्झना मात्र रहेको छ। समय अनुसार बजारमा प्लास्टिकका सामाग्री पाउन थालेपछि आफूले गुन्द्री मात्र हेन बिठैइ , खरका दउरा समेत बुन्न छाडेको बताउनुभयो। पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ। आफैँले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पका रूपमा प्लाष्टिकको गुन्द्री वा फाइबरको फोम रोजाइमा पर्न थालेको देवी बताउनुहुन्छ।
घरमा बुनेको गुन्द्रीमा सहज भए पनि हाल कृषि क्षेत्रमा आएको परिवर्तनले समेत गुन्द्री बुन्ने चलन घट्दै गएको वीरगन्ज महानगरपालिका १८ की मतिसरी देवीले बताउनुभयो। पहिला पहिले बेलबाट त्यस पछि ट्रयाक्टरले गर्दा सहजै पाउने लामो पराल व्यवस्थापन गरी “जुट किनेर आफ्नो मेहेनत जोड्दा एउटा गुन्द्रीको रु पाँच सय जति पर्न जान्छ। परालको एउटा गुन्द्रीको पैसाले प्लास्टिकका तीन गुन्द्री पाइन्छन्, टिकाउ र सफा पनि हुन्छ”,त्यस पछि आफूले गुन्द्री बुन्न छोडि दिएको उहाँले बताउनुभयो।
गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको परवानीपुर गाउँपालिका ५ का दिपेन्द्र साह बताउनुहुन्छ। समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उहाँको बुझाइ छ। “गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन। यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ। गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ। तुलनात्मकरूपमा प्लाष्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ”, उहाँले भन्नुभयो। उहाँले भने योत केहि हैन अहिले का पुस्ताले घानका बोझ बान्नका लागी प्लाष्टिको उपयोगरी रहेका छन्।
पहिले गाउँघरमा धन दाउने उपयोग हुने बैल त्यस पछि ट्रायक्टरबाट धनको बोझा एक निश्चित स्थानमा राखी दाउने चल्नले लोमो परालका पाइने गथ्यो भने अहिले कृषीको आधुनीकरणले लामो पराल पाउने समस्य भएको छ। जहाँ गाउँघरमा पाइने परलाका बस्तु अहिले प्लास्टिक बस्तुमा परिणत भएको देखन सकिनछ। चिसो बढे सँगै गाउँघरका अग्रज बस्ने स्थानमा परालको विठा हुने परलको बुसबाट आगो बाल्ने (घुर) चलन समेत हराएको तथा गाई भैसीलाइको लागी राखीने परला (लथेर)को उपयोगमा समेत कमी हुनलागेको पत्रकार चद्रकिशोर झाले बताउनुभयो।
पछिल्लो समय कृषिमा बढदै गएको आधुनिकरण तथा समाजमा छोरा र छोरीलाई एक समान साथ पठन पाठनले गर्दा गुन्द्री बुन्न तथा घरका वृद्ध हजरबुवा र आमालाई समय दिन समय नभएको कारण गुन्द्री वा पुराना सिप बारे नयाँपुस्ता पछाडी रहेको झाले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
- खुला सिमानाले बढ्यो गर्भपतनसम्बन्धी अवैध औषधिको बिक्रीवितरण
- बन्द “भरपेट भोजनालय”मा भोकाहरूको निरन्तर आगमनले फेरि खोल्न बाध्य भए सञ्चालक
- रक्तसञ्चार केन्द्र बनाउने कार्यमा अवरोध नगर्न वीरगन्ज महानगरपालिकालाई अदालतको आदेश
- ३.८ किलोमिटर सडकको ठेकेदार फरार, मुआब्जा विवाद, मारमा कलैयाबासी
- वीरगञ्ज महानगरमा फोहोरको विद्रोह
- कहाँ हरायो माइराम पोखरी? खोज्दैछ वीरगञ्ज महानगरपालिका
- बिना दाइजो बिहे गर्ने मधेशका तीन जोडी
- किन सुनसान भए घोन्सार?
- पुस्तान्तरण भइरहेको शिवभक्तहरूको ‘काफिला’
- मूल्य निर्धारण नहुँदा उखु किसान पीडित