Home » Archives for प्रणय साह/वीरगञ्ज
Author

प्रणय साह/वीरगञ्ज

भारतको बिहारसँग खुला सिमाना जोडिँदा पर्सा जिल्लामा अनधिकृत रूपमा गर्भपतनको औषधि बिक्रीवितरण हुँदै आएको छ।

नेपाल सरकारले देशमै सुरक्षित गर्भपतनका लागि विभिन्न १० प्रकारका औषधिलाई मान्यता दिएको छ। तर पर्साका थुप्रै निजी स्वास्थ्य संस्थामा भारतबाट अवैध रूपमा ल्याइएका औषधि बिक्री हुने गरेका छन्। यस्ता औषधि तस्करले उपलब्ध गराउँदै आएका छन्।

सरकारबाट इजाजत निलई खुलेका स्वास्थ्य क्लिनिकमा भारबाट ल्याइएका गर्भपतनसम्बन्धी औषधि पाइन्छ। उनीहरूले लुकीछिपी बिक्री गर्दै आएका छन्। यो कार्य नियमविपरीत रहेको डाक्टरहरू बताउँछन्।

खुला सिमानाको फाइदा उठाई लुकीछिपी भारतबाट औषधि ल्याएर बिक्रीवितरण भएको सुनिएको र यसबारे अनुगमन गर्ने औषधि व्यवस्था विभाग कार्यालय वीरगन्जका प्रमुख किरण बज्राचार्यले बताउनुभयो। ‘तस्करले अन्य औषधिको …

खुला सिमानाले बढ्यो गर्भपतनसम्बन्धी अवैध औषधिको बिक्रीवितरण
0 comment
0 FacebookTwitterEmail

गरिब विपन्न तथा मजदुरहरूलाई ५० रुपैयाँमै खाना खुवाउँदै आएको भरपेट भोजनालय फेरि सञ्चालनमा आउने भएको छ। सानो पाइला नामक सामाजिक संस्थाले गरिब विपन्न मजदुर र विद्यार्थीका लक्षित गरि सञ्चालन गरेको भरपेट भोजनालय खर्च थेग्न नसकेको भन्दै चार महिना अघि बन्द भएको थियो। बढ्दो महङ्गीका कारण खर्च थेग्न नसकेर चार महिना पहिले बन्द गरिएको भरपेट भोजनालय जेठ महिनाको पहिलोसाता देखि फेरि सञ्चालनमा ल्याउने तयारी भइरहेको सानो पाइलाका संस्थापक दीपक बहादुर श्रेष्ठले बताउनुभयो।

भरपेट भोजनालयले शुक्रबार आयोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा भरपेट भोजनालय फेरि सञ्चालनमा आउने श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो,‘ चार महिनादेखि भोजनालय बन्द छ , तर अहिले पनि गरिब, विपन्न र …

0 comment
0 FacebookTwitterEmail

उच्च अदालत जनकपुरले रक्तसञ्चार केन्द्र भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्न वीरगन्ज महानगरपालिकाको नाममा पत्राचार गरेको छ ।

वीरगन्ज महानगरपालिकाले कार्यपालिका बैठकबाट तथा नगरसभाबाट निर्णय गराई रक्तसञ्चार केन्द्रको भवन निर्माण गर्न वीरगञ्जमा मेनरोडस्थित उद्योग वाणिज्य संघको पश्चिम तर्फ खाली रहेका जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई बेवास्ता गरेपछि उच्च अदालतले वैशाख ६ गते बुधबार महानगरपालिकाको नाममा सो आदेश जारी गरेको हो ।

महानगरले उक्त जग्गा रक्तसञ्चार केन्द्रका लागि नदिने भन्दै पार्किङका लागि ठेक्का लगाएर ब्लड बैंक भवन निर्माणमा अवरोध खडा गरेको थियो ।

महानगर आफैले आफ्नो निर्णयको कार्यान्वयन नगरेपछि निर्णय कार्यान्वयनको लागि पर्सास्थित रेडक्रसको …

0 comment
0 FacebookTwitterEmail

बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिकामा पर्ने सडकको अवस्था दयनीय रहेको छ।  कलैया स्थिता भरत चौकबाट उत्तर दक्षिणमा पर्ने पिलुवा–मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पौने ४ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको सडक अवस्थामा दयनीय रहेको  छ।

२५ किलोमिटर पिलुवा–मटिअर्वा हुलाकी सडक निर्माण कार्य २०७३/०७४ सालमा ठेक्का साकार भई २०७७ सालमा सम्पन्न भइसकेको अवस्थामा मुआब्जा विवादको कारण कलैया उपमहानगरपालिका भित्र पर्ने शितलपुरदेखि कलैया बजारसम्म ३.८ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको हो। सडक निर्माणको क्रममा कलैया उपमहानगरपालिकाका स्थानीयहरूले मुआब्जाको विषयलाई लिएर उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा दिए पश्चात पौने ४ किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको थियो।

सरकारले निर्धारण गरेको …

३.८ किलोमिटर सडकको ठेकेदार फरार, मुआब्जा विवाद, मारमा कलैयाबासी
0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज ।  नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध गरेको छ । 

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरूप फोहोर थुपारेको हो ।

महानगरपालिकाले वीरगञ्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले सात ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र फालेको हो । 

टेलिकमले अप्टिकल फाइबर बिच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर

वीरगञ्ज महानगरमा फोहोरको विद्रोह
0 comment
0 FacebookTwitterEmail

कुनै बेलामा माइराम पोखरीमा पानी थियो, चार बिघाभन्दा ठूलो थियो। कमलका फुल नफुले पनि जलकुम्भी फुल्थे। तर अचानक बीच सहरबाट त्यत्रो ठूलो पोखरी हरायो? कहाँ गयो माइराम पोखरी? त्यही खोज्दैछ वीरगञ्ज महानगरपालिका।

वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको छ। वीरगञ्जको यो काम पहिलोपटक थिएन, यसलाई निरन्तरता मात्र दिएको हो। १५ कात्तिकमा पहिलोपटक वीरगञ्ज महानगरले माइराम पोखरीको जग्गा मिचेर बनाइएका संरचनाका मालिकहरूलाई खाली गर्न सुझाव दियो। साथै, संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिलाई पत्र काट्यो।

२०२२ सालको नापीमा पोखरी चार बिघा १८ कठ्ठा क्षेत्रफलमा फैलिएको देखिएको छ। उक्त क्षेत्रको जग्गा अतिक्रमण गरेर अवैध संरचना बनाउन थालेपछि ‘माइराम …

0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशमा दाइजो विरोध गदैं तीन जोडीले आदर्श विवाह गरेका छन्। मधेश प्रदेशमा फैलिएको दाइजोको बिरोध गर्दै तिनै  जोडीले आदर्श बिहे गरेका हुन ।

फागुन ५ गते बाराको फेटा गा.पा १ भलुही निवासी सिकेन्द्र साह र पचरौता ना.पा ८ बाजोपटीका सिमा साह हुनुहुन्छ। सिकेन्द्र साह अहिले रौतहटको चपुर स्थित  सिद्धार्थ बैंकमा सहायक ऋण प्रमुख हुनुहुन्छ। उहाँले गाउँले तथा आफन्तले दाइजोका कारण छोरीहरूको बालविवाह गरिदिएको र बढी पढेमा बढी दाइजो दिन पर्ने भएकाले पढाउन नै नपठाउने देखेर नै बिना दाइजो बिहे  गर्नु भएको हो। उहाँकी बेहुली सिमा साह अहिले वीरगंज स्थित ठाकुरराम बहुमुखी क्यापसमा स्नातक पढ्दै हुनुहुन्छ।

सिकेन्द्र साहले भन्नुभयो, “स्कुलको …

0 comment
0 FacebookTwitterEmail

कुनै बेला माघे संक्रान्तिको समयमा निकै भिडभाड हुने घोन्सारमा अहिले सुनसान देखिएको छ। माघे संक्रान्तिको लागि भुजाको लडु (बनुई, लाई, तिलको लडु, मकैको लडु) बनाउन राती १२ बजे सम्म घोन्सार झौसिने चलन भएपनि हाल कमी आएको देखिएको छ। विशेष गरि बारा पर्साको गोढ समुदायले झौसिने घोन्सार प्रतिको आर्कषण घटदै गरेको छ। गोढ समुदायको आर्थिक स्तर वृद्धि, प्रयाप्त मात्रामा पराल, भुस, सुकेको पात, दाउरा लगायत साधनको कमीको कारण पनि घोन्सार झौसिनेको संख्यामा कमि देखिएको छ।

मेसिनले भुजा भुज्ने प्रविधिको विकास नहुन्जेल घोन्सारको महत्व धेरै हुने गरेको थियो। पहिला पहिला माघे संक्रान्तिको लागि भुजाको लडु बनाउन घोन्सारमा धेरै भिड लाग्ने गरेको थियो। …

किन सुनसान भए घोन्सार?
0 comment
0 FacebookTwitterEmail

नयाँ र पुराना पुस्ताका सहभागीसहित हिन्दु शिवभक्त तीर्थालुको परम्परागत यात्रुहरूको समुह निस्केको छ। भारतीय उपमहाद्वीपमा करिब ३ हजार वर्षदेखि चलिआएको संस्कृति परम्परा अनुसार पर्सा र बारा जिल्लाका विभिन्न ठाउँका शिवभक्त यात्रुहरू प्रत्येक वर्ष जाडोयाममा निस्किने गर्छ।

जीवनकै सर्वाधिक पवित्र धार्मिक हिन्दु कर्म मानिने यो एकमहिने तीर्थाटनको महत्व अहिले पनि घटेको छैन।शिवभक्तका यात्रुहरूको  समह जसलाई स्थानीय लोकबोलीमा ‘काफिला’ भनिने तथा तीर्थयात्रामा सहभागी हुने सो समुहका  तीर्थालुलाई काँवरिया वा बाबा भनिन्छ। यसमा सामेल हरेक सदस्यलाई यात्रा अवधिभर सन्तको दर्जा प्राप्त हुनेगर्छ। मानिसले सन्त दर्जाकै कारण तीर्थयात्रुलाई ढोग्ने गर्छन्। यात्राका सहभागीले एकअर्कालाई  ‘बम’ सम्बोधन गर्दछन्। हिन्दु समाजमा शिवका गणलाई बम भनेर सम्बोधन गर्ने …

0 comment
0 FacebookTwitterEmail

सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् । किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकारले मूल्य तोक्न अलमल गरेको छ । उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान मूल्य बिना उखु क्रसिङ गर्न बाध्य भएका छन् ।

नगदे बालीको रुपमा चिनिएको उखु खेतीको उत्पादनमा विगतको तुलनामा यस पटक भने कमी आएको छ । बारा, पर्सा, लगायतका मधेश प्रदेशमा किसानहरुले धेरै मात्रामा उखु खेती गरे पनि उखुमा किरा तथा विभिन्न रोग लागेको कारण उत्पादनमा कमी आएको हो ।

त्यसमाथि सरकारले समयमै उखुको समर्थन मूल्य नतोक्दा बारा र पर्साका उखु किसान समस्यामा परेका छन् । बारामा रहेको रिलायन्स …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved