Home » Archives for कृष्ण तिमल्सिना
Author

कृष्ण तिमल्सिना

हुन त विश्वमा नागरिकलाई पूर्ण सन्तुष्ट पार्ने कुनै प्रणाली विकास भएको छैन। हरेक लोकतान्त्रिक वा तानासाही प्रणाली भित्र असन्तुष्ट अथवा फरक मत राख्ने नागरिक हुन्छन् नै। यसलाई लोकतन्त्रको सुन्दरता अथवा मानवीय स्वभावका रूपमा लिइन्छ। तर यसको सिमाना र मात्राका आधारमा प्रणालीको लोकप्रियतामा  नागरिकको असन्तुष्टि जोख्नुपर्छ। जुन धेरै हिसाबले नेतृत्वका सन्दर्भमा अनि केही हदसम्म प्रणालीको गुण र दोषमा आधारित रहन्छ।

सन्दर्भ: नेपालको लोकतान्त्रिक पद्धति भित्र राज्य सत्ता सञ्चालन गरिरहेको नेतृत्व माथि बढ्दो असन्तुष्टिको हो। जसको पछिल्लो उदाहरण रवि लामिछाने भएका छन्। अहिलेको प्रतिनिधि सभामा चौथो ठुलो दल भएर पनि प्रभावकारी भूमिका देखाउन नसकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने माथि पोखराको एउटा …

0 comment
0 FacebookTwitterEmail

तेस्रो पटक प्रधानमन्त्री बन्नैका लागि राजनीतिक निष्ठा र इमानदारिता लाई दाउमा राखेर प्रतिनिधि सभाको दोस्रो ठुलो दल नेकपा एमालेको समर्थन जुटाएका पुष्पकमल दाहालले गठबन्धन सरकारको नेतृत्व गरेको वर्ष दिन पुगेको छ।

दाहाल गएको पुस १० गते २७५ सांसद रहेको प्रतिनिधि सभाबाट प्रधानमन्त्री निर्वाचित हुँदा ७ दल र स्वतन्त्र सहित १७९ सांसदले समर्थन गरेका थिए। तर अहिले दाहालले नेकपा एमाले, रास्वपा, राप्रपा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र किरणकुमार साहको समर्थन गुमाई सकेका छन्। सत्ता गठबन्धनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर तेस्रो पटक प्रधानमन्त्री बन्दा दाहालसँग क्रुद्ध नेपाली काँग्रेस र नेकपा …

0 comment
0 FacebookTwitterEmail

तत्कालीन १० बर्से सशस्त्र युद्धको नेतृत्वकर्ता सुप्रिम कमान्डर प्रचण्डले नेपालको संसदीय राजनीतिमा पुष्पकमल दाहालको परिचय बसालेको १८ वर्ष भयो। संसदीय राजनीतिलाई दुत्कारेर १० वर्षसम्म संसदीय व्यवस्था र राज्य संरचना विरुद्ध बम र बारुद खेलाउँदा खेलाउँदै १७ हजार नागरिकले अनाहक मै ज्यान गुमाए। जुन माओवादी कै शब्दमा राज्यको अग्रगामी रूपान्तरणका लागि अपरिहार्य आवश्यकता थियो।

प्रजातान्त्रिक संसदवादी राजनीतिक दलको जनधारसँगै विश्वाससमेतको मर्ममा पटक पटक प्रहार गरेका प्रचण्डहरू २०६२ साल मङ्सिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौताको आड र संसदीय राजनीतिक दलका नेताहरूको भरोसामा २०६३ सालमा उही संसदीय राजनीतिमा फर्किए। 

प्रचण्डबाट पुष्पकमल दाहाल बनेपछि ३ पटक त्यहीँ संसदीय प्रणालीको अङ्कगणितबाट प्रधानमन्त्री बनेका

0 comment
0 FacebookTwitterEmail

गएको साउन दोस्रो साता इटलीका रक्षा मन्त्री गुइडो क्रोसेटोको एउटा अन्तर्वार्ता सार्वजनिक भएको थियो । जसमा क्रोसेटोले भनेको थिइन्, ‘चार वर्षअघि चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा सामेल हुनु ‘हतारमा लिइएको एउटा विनाशकारी’ निर्णय थियो । त्यसैले हामी पछि हट्नै पर्छ ।’

जुलाई ३० मा छापिएको गुइडो क्रोसेटोको उक्त अन्तर्वार्ता ‘कोरिएरे डेला सेरा’ अखबारमा छापिएको थियो । जसमा उनले, नयाँ सिल्क रोडमा सामेल हुने निर्णय हतारमा लिइएको र इटालीका लागि दीर्घकालीन हिसाबले विनाशकारी कदम भएको दाबी गरेको थिइन् । त्यस बेला इटलीमा चीनको निर्यात कैयौँ गुणाले बढी रहेको थियो तर चीनमा इटलीतर्फबाट हुने निर्यात निरन्तर घटी रहेको थियो ।…

0 comment
0 FacebookTwitterEmail

नेपालमा अमेरिकी सहायता परियोजना एमसीसी कार्यान्वयनमा निरन्तर उल्झन देखिई रहेको बेला अमेरिकी प्रशासनले दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरलाई उच्चस्तरीय भेटवार्ताको तालिका सहित बुधवार नेपाल पठाएको छ ।

बुधवार काठमाडौँ आइपुगेकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले दुई दिने नेपाल भ्रमणका क्रममा नेपालका उच्च अधिकारीका साथै सुरक्षा अधिकारीलाई भेट्नेछिन् । गएको महिना लाउबाचरले वासिंटन डीसीस्थित नेपाली राजदूतावासमै पुगेर अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री एसपी साउदसँग भेटवार्ता गरेकी थिइन् ।

ठेक्काको चक्करमा एमसीसी परियोजना

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारण लाइन निर्माणका लागि आह्वान भएको सबै ठेक्का रद्द

0 comment
0 FacebookTwitterEmail

कम्युनिस्ट मुलुक चीनका संस्थापक माओ त्सेतुङले भन्नुभएको थियो– राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ। त्यसैले सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओले पिपल्स लिबरेसन आर्मी (पिएलए) को नियन्त्रण राज्यले होइन, पार्टीले गर्ने सुनिश्चित गरे। त्यसयता, चिनियाँ कम्युनिष्ट पार्टी सिसिपीका नेता केन्द्रीय सैन्य आयोग (सिएमसी) को अध्यक्ष रहने व्यवस्था कायम छ। तिनै माओका पछिल्ला उत्तराधिकारी सी जिनपिङ अहिले चीनमा तेस्रो कार्यकालमा राष्ट्रपतिको भूमिकामा हुनुहुन्छ। जसले राष्ट्रपति बनेलगत्तै सिएमसिको अध्यक्षको हैसियले चिनियाँ सेनाभित्रको विपक्षी खेमालाई निस्तेज बनाइरहनुभएको छ।

हङकङको मिङ पाओ समाचार पत्रका अनुसार, अहिले चीनका रक्षामन्त्री हराउनुभयो। केही दिनपहिले नवगठित रकेट फोर्सका प्रभावशाली जनरल हराउनुभयो। ३ महिनाअघि हराउनुभएका विदेशमन्त्रीको अत्तोपत्तो छैन। …

0 comment
0 FacebookTwitterEmail

अहिले नेपालको उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित नक्सा निकै चर्चामा छ। चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भनेको छ र बेइजिङले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साइ चीनको विवादित ३० हजार वर्गकिलो मिटरभन्दा बढी क्षेत्रलाई चीनको हिस्सा बनाएपछि यसले थप विवाद सिर्जना भएको हो। किनकि चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा देखाइएको छ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ले लेखेको छ, ‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमबार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र …

सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै
0 comment
0 FacebookTwitterEmail

प्रजातान्त्रिक योद्धा नाथन लसहित ८ जनाविरुद्ध गिरफ्तारीबापत नगद पुरस्कार नै घोषणा गरेको हङकङ प्रहरीले मानव अधिकारवादी योद्धा तथा उनका परिवारका सदस्यलाई धमाधम गिरफ्तार गर्न थालेको छ। हङकङ नेसनल सेक्योरिटी प्रहरीले दुई दिनअघि नाथन लका केही सदस्यसहितलाईसमेतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

तीन वर्षअघि नाथन लले इटालीको रोममा चिनियाँ विदेशमन्त्री वाङ यी र उनका इटालियन समकक्षी लुइगी डी मिलोबीच भेटवार्ता भइरहेको समयमा प्रजातान्त्रिक अधिकारको पक्षमा प्रदर्शन गरेका थिए। त्यसपछि उनलाई बेइजिङको दबाबमा हङकङ प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको छ।

हालै उनको गिरफ्तारीको मूल्य १० लाख हङकङ डलर तोकेको त्यहाँको प्रहरीले लान्ताउ आइल्यान्डमा रहेका उनको दाजुभाउजूको परिवार बस्ने …

0 comment
0 FacebookTwitterEmail

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ गते चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणमा थुप्रै कम्युनिस्ट नेताको नाम जोडिएर आएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, कृष्णबहादुर महरा, दिपेश पुन हुँदै यो लहरो पछिल्लोपटक एमाले नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा बादलसम्मै जोडिएको छ। जसको पछिल्तिर, अहिलेसम्म उनै चिनियाँ तस्कर दावा मात्रै देखिएका छन्।

सुरुमा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती मगरसँगै बसेर खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसमेत देखियो। त्यसपछि अहिले दावा गिरोहको …

छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू
0 comment
0 FacebookTwitterEmail

नेपाल टेलिकमको कार्यविधि नै परिवर्तन गरेर तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सञ्चारसचिव वैकुण्ठ अर्यालको जोडबलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बनेका सुनील पौडेलले जिम्मेवारी सम्हालेपछि नेपाल टेलिकमको प्रविधि र प्रणालीमा चिनियाँ कम्पनी हुवावे थप हावी भएको छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमै रहेको बेला सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पौडेलले निरन्तर चोर बाटोबाट टेलिकममा चिनियाँ कम्पनी र प्रविधि भित्र्याइरहेका छन्। टेलिकममा सूचना तथा प्रविधिसँग जोडिएका अर्बौंको ठेक्काको चलखेलमा हुवावेबाहेकका कम्पनीहरू प्राविधिक मूल्यांकनमै अयोग्य सूचीमा राख्ने गरेकाले अहिले टेलिकमका ग्राहकको फोनमा आउने तथा जाने सम्पूर्ण अन्तर्राष्ट्रिय कल तथा एसएमएसको रेकर्ड राख्ने प्रविधि प्वाइन्ट अफ इन्टरकनेक्ट सिस्टमसमेत चिनियाँको कब्जामा गएको छ।

चीनको विशाल प्रविधि …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved