Home » Archives for कृष्ण तिमल्सिना » Page 2
Author

कृष्ण तिमल्सिना

असार २८ गते नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाउने गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परे। थाइल्यान्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली युवती गिरोहले भने जति फिरौती बुझाएर नेपाल फर्किएपछि ४२ वर्षीय चिनियाँ नागरिक लियाङ जुन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनी सन् २०१८ देखि लगातार नेपाल आएको देखिन्छ। कहिले विद्यार्थी त कहिले पर्यटक र बिजनेस भिसामा नेपाल बस्दै आएका ती चिनियाँले नेपाली युवायुवतीलाई आकर्षक प्रलोभन देखाएर म्यानमार लैजाने गरेको पुष्टि भसकेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार चिनियाँहरूले अनलाइनमार्फत गरिरहेकोे ठगी धन्दाको यो अर्को स्वरूप हो। नेपाल फर्किएलगत्तै प्रहरीको सम्पर्कमा पुगेकी …

0 comment
0 FacebookTwitterEmail

करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ विदेशमन्त्री छिन गाङ व्यक्तिगत अनुशासन सम्बन्धी अनुसन्धानका लागि सैन्य हिरासतमा रहेको आशंका कै बीचमा उनलाई बर्खास्त गरेर चीन सरकारले नयाँ विदेशमन्त्री तोकेको छ। गाङलाई बर्खास्त गरी पुनः वाङ यीलाई विदेशमन्त्री बनाइए पनि गाङको अवस्था बारे उठेको प्रश्न निरुपण भएको छैन। किनकी चीनको विदेशमन्त्री बनेको सात महिना यता गाङ दुई वटा सार्वजनिक कार्यक्रममा मात्र देखा परेका थिए। त्यसपछि बेपत्ता भएका उनलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने औपचारिक सूचनाबिना नै विदेशमन्त्रीबाट बर्खास्त गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।

गाङ २५ जुन यता सार्वजनिक स्थलमा देखिन छाडेपछि निरन्तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आशंका

0 comment
0 FacebookTwitterEmail

२०७१ साल मंसिर १९ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अब अख्तियारले ‘ठूला माछा’ समात्ने घोषणा गरेका थिए। यस क्रममा कार्कीले एक हजार ‘ठूला’ व्यक्तिहरुको सम्पत्ति मूल्यांकन गरिरहेको बताएको चार महिनापछि, अख्तियारले २०७१ चैत २० गते नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख सुवास निरौलाविरुद्ध ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गर्यो। तर अख्तियारलाई चुनौती दिँदै अदालतको म्याद गुजारे र निरौलाले तीन करोड धरौटी बुझाएर अदालतबाट छुटकरा पाए।

सोही वर्ष अख्तियारले ‘साना माछा’ मात्रै समायो भन्ने आरोपबाट बच्न २९ जना प्रभावशाली व्यक्तिको बैंक लकर बन्द गरेर अकुत सम्पत्ति आर्जनमा अनुसन्धान थालेको भन्दै नाम नै …

अख्तियारमा निरन्तर दागी नेतृत्व :  मिलेमतोमा उम्किन्छन् ‘ठूला माछा’
0 comment
0 FacebookTwitterEmail

२०४६ सालको राजनीतिक परिवर्तनपछि राजनीतिक आडमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका समेतको मिलेमतोमा भ्रष्टाचार मौलाएको देखिन्छ । सांसद खरिदबिक्री, प्राडो–पजेरो काण्ड, ‘नेपाल बैंक घोटाला’ काण्ड, सुरा–सुन्दरी, सुत्केरी काण्ड, बैंकक उपचार काण्ड, रातो पासपोर्ट काण्ड, २०५० सालको धमिजा काण्ड, २०५५ सालको चेज एयर काण्ड, २०५६ सालको चाइना साउथ वेस्ट जहाज भाडा काण्ड, २०५७ सालको लाउडा एअर काण्ड यसअघि नै सामसुम पारिएका थिए । त्यसपछि २०६३ को राजनीतिक परिवर्तनको आडमा फेरि यस्तै कमाउधन्दा मौलायो ।

२०६६ सालको एअरबस काण्ड, विमानस्थल सुनकाण्ड, नेपाल प्रहरीको सुडान घोटाला काण्ड, सांसद खरिदका लागि चिनियाँसँग ५० करोड मागेको महराको अडियो काण्ड, माओवादी लडाकुका नाममा विनियोजन भएको ४६ करोड …

भ्रष्टाचारमा राजनीतिक संरक्षणः ठूला माछालाई उन्मुक्ति
0 comment
0 FacebookTwitterEmail

असार ६ गते चीन सरकारको ऋण लगानीमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एअरको एयरबस ए–३१९ विमानले चार्टर उडान अवतरण गर्दा पर्यटनमन्त्री सुदन किराँती, नेपालका लागि चीनका राजदूत छन सोङसँगै मञ्चमा उभिएका थिए। सोही चिनियाँ विमानबाट केही चिनियाँ खेलाडी र पर्यटकका साथ चीनबाट सोझै पोखरा उत्रिएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि पोखरा विमानस्थलमा भएको औपचारिक कार्यक्रममा सोही मञ्चमा सँगै बसेका थिए।

चीनको छेन्दु–तियान्फु इन्टरनेसनल एअरपोर्टबाट उडेको सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा मन्त्री किराँतीले नै यात्रुलाई स्वागत गरेका थिए। यो चीनबाट सुरु भएको नियमित व्यावसायिक उडान नभई असार ८ गते पोखरा फेवातालमा सुरु हुने दुई दिने …

हाम्रा नेताहरू चिनियाँ ‘प्रोपोगान्डा’ बुझ्दैनन् कि प्रतिरक्षा गर्छन् ?
0 comment
0 FacebookTwitterEmail

गएको बिहीबार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टमको एउटा मन्दिरबाट प्रहरीले आफूलाई स्वामी पूर्णानन्द बताउने ६३ बर्षका हिन्दू धर्मगुरुलाई गिरफ्तार गर्यो । उनीमाथि एक बालिकालाई बन्धक बनाएर यौन शोषण गरेको आरोप लागेको छ ।

केही वर्षअघि भारत मै शृंखलाबद्ध बलात्कार र यौन शोषणको आरोप लागेर भागेका धर्मगुरु नित्यानन्दले त अहिले पूरै विश्वलाई जिल्याइरहेका छन् । भारतमा शृंखलाबद्ध बलात्कारको आरोप लागेपछि देश छाडेर भागेका बलात्कारी धर्मगुरुलाई पक्राउ गर्न इन्टरपोलले समेत सूचना जारी ग¥यो । भारतीय समाचार संस्थाले निरन्तर ती हिन्दू धर्मगुरुलाई पछ्याइरहे । तर प्रहरीले व्यापक खोजी गरिरहेकै बेला गत वर्ष संयुक्त राष्ट्रसंघको बैठकमा आफ्नो देशको प्रती निधि सामेल भएको भन्दै ती नै …

धर्मको आडमा ठगी धन्दादेखि बलात्कारसम्मका धन्दा, भत्किँदै आस्था
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा, राष्ट्रिय सभा अथवा प्रदेश सभा मुलुकको नीति निमार्ण गर्ने जनप्रतिनिधिमूलक थलो हो। तर यस्तो कानुन निमार्ण गर्ने निकायमा भ्रष्टाचार, व्यक्ति हत्या, गुन्डागर्दीदेखि यौन दुराचारमा संलग्न भएकाहरू हाबी भए भने कस्तो कानुन बन्ला ? यो प्रश्न नेपालको संसदीय राजनीतिमा निकै पेचिलो बन्न थालेको छ। किनकि, यस्ता अपराधमा संलग्नलाई कारबाहीका लागि सहयोग गर्नुपर्ने दलहरूले नै यस्ता अपराधीलाई संरक्षण गरिरहेका छन्।

बाँकेकी निर्मला कुर्मी बेपत्ता र मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान नै नगरेपछि नेपालगन्जकी रुबी खान २०७८ असोजमा नेपालगन्जबाट पैदल नै काठमाडौँ आइपुगिन्। प्रहरीले उनलाई माइतीघरबाट पक्राउ गरेर नेपालगन्ज पुर्यायो। राज्यसँग न्याय माग्दा उनीउपर उल्टै बहुविवाहको मुद्दा लगाइयो। तर, उनी हारिनन्। सर्वोच्चको आदेशबाट …

न्याय हराएको देशः अपराध र विवादको भारीले थिचिएकाहरू नै नीति-निर्माता
0 comment
0 FacebookTwitterEmail

चुनावी वर्षका रुपमा लिइएको विक्रम सम्वत् २०७९ साल, अन्ततः राजनीतिक अस्थिरताको पर्याय बनेर बितेको छ। कोरोना भाइरसको त्रासदीपूर्ण अवस्थामा सुरु भएको यो वर्षले रोग, भोक र शोक भन्दा धेरै राजनीतिक अस्थिरताका आधारहरू छाडेर गएको छ। जबकी आम रुपमा चुनावी वर्ष भएकाले यो वर्षले स्थायित्व र विकासको भरपर्दो आधार खडा गर्छ भन्ने आम अपेक्षा थियो। तर राजनीतिक दलले नागरिकमा जागेको आशा र भरोसामा सामान्य मलजल गर्न सकेनन्। यही वर्ष मुलुकको अर्थतन्त्र अहिलेसम्म कै कमजोर अवस्थामा पुग्यो। विज्ञहरूका अनुसार, अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारले तत्काल नयाँ कार्यक्रम र योजना ल्याएन भने वर्ष २०८० मा मुलुक टाट पल्टिन पनि सक्छ।

गएको मङ्सिरमा सम्पन्न

0 comment
0 FacebookTwitterEmail

‘जहाँ शब्दले काम गर्दैन, त्यहाँ सङ्गीत बोल्छ’ किनकी, सङ्गीत मौनताको आवाज हो। आवाजविहीनहरूको भाषा हो। त्यसैले यो सर्वप्रिय छ– सर्वस्वीकार्य छ। तर यही आवाज विहीनहरूको आवाज….। नेपाली संस्कृतिको महत्व र वीरताको गाथा…। तर त्यही सारङ्गीको धुन अहिले मधुरो बन्दै गएको छ। सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल, आधुनिकीकरण र व्यवसायिकरणको चपेटामा परेको छ। त्यसैले सङ्गीत टोल मौन छ।

भनिन्छ सङ्गीत जीवनको रङ्ग हो, सङ्गीत धेरैको सपना हो, अनि सपना त्यो हो, जसले सुत्न दिँदैन। त्यही सपनाले सँधै जागा राख्छ। अर्थात सङ्गीतले जीवनमा रङ्ग भर्छ। सङ्गीतले रंगिएको जीवन र सङ्गीतले भरिएको सपनामा हुर्किएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल गन्धर्व समुदायको …

0 comment
0 FacebookTwitterEmail

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर ३० मा अध्यादेश ल्याएर आफूखुसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत संवैधानिक निकायमा तीन दर्जनभन्दा बढी पदाधिकारी नियुक्तिको सिफारिस गरे। सिफारिसमा परेका व्यक्तिहरूले संसदीय सुनुवाइ बिनै नियुक्ति पाएर हाल पदमा छन्। सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक नियुक्तिविरुद्ध मुद्दा लिएर सर्वोच्चमा गए तर सभामुखकै रिट सर्वोच्चको प्राथमिकतामा परेन। हालसम्म यो मुद्दा सर्वोच्च मै छ।।

तत्कालीन सरकारले २०७७ माघ २६ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्र शाक्यलाई नियुक्त गर्‍यो। २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले सो पदमा कुलमान घिसिङलाई नियुक्त गरी शाक्यलाई कार्यकारी निर्देशकबाट पदमुक्त गरि जल …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved