Home » Archives for कृष्ण तिमल्सिना » Page 4
Author

कृष्ण तिमल्सिना

सर्लाही क्षेत्र २ का चोकहरूमा, पान दोकानमा,  घरका आँगनहरूमा डाक्टर वीरवंश बैठालाई शिक्षासम्बन्धी आफ्ना योजना सुनाउँदै गरेको भेटिन्छ। मधेशका हेभिवेट उम्मेदवार महेन्द्र राय र राजेन्द्र महतोका विरुद्ध हाम्रो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका डाक्टर वीरवंश बैठा भन्नुहुन्छ, “कर्णाली प्रदेशलाई देशको दुर्गम प्रदेश मानिन्छ तर नेपाल मानव विकास प्रतिवेदन, २०२० को साक्षरता सम्बन्धी तथ्याङ्कमा सबैभन्दा पछाडि परेको मधेस प्रदेश हो। यस्तो सहज भूगोल भएर पनि पर्याप्त शैक्षिक पूर्वाधारयुक्त मधेसको साक्षरता सम्बन्धी सबै तथ्याङ्क नसुधारेसम्म यो भूगोल समृद्ध बन्दैन।”

परम्परागत तथा पुराना राजनीतिक दलका उम्मेदवारसँगै गाडीको लावा लस्कर लिएर चुनाव प्रचार गरिरहेको भिडमा डाक्टर बैठासँग खासै केही छैन, छ त केवल तीन …

नेतालाई मात्र दोष दिएर मधेस उम्किन पाउला त ?
0 comment
0 FacebookTwitterEmail

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकको सम्पत्तिको हक सुनिश्चित गरेको छ। त्यसैले सम्पत्तिको हक नागरिकको मौलिक हक हो। तर निश्चित राजनीतिक स्वार्थ समुहको दवाव र दम्भले अहिले पनि कैयौँ नागरिकलाई जग्गा जमिन विहीन बनाएको छ। यसका लागि नजिकको उदाहरण हो काभ्रेको भुम्लु।

काभ्रेपलान्चोक जिल्लाको हालको भुम्लु गाउँपालिका भित्र अवस्थित चिलंखु र आसपासका सयौँ परिवार वर्षौँदेखि यस्तै राजनीतिक दम्भ र स्वार्थको घानमा परेका छन्। जसको सूत्रधार थिए पञ्चायत कालमा दरवार निकट मानिने खरेल परिवार र विद्रोही खेमाका गाविन्दराज उप्रेती परिवारको द्वन्द्व।

साविकको फलाँटे गाउँविकास समिति र भुम्लुटारमा २०३२ सालमा फिल्ड नापी हुँदा सुरु भएको सिमा विवाद र द्वन्द्वले निम्त्याएको यो समस्या …

राज्यको अन्यायमा परेका चिलंखुवासीः ५० वर्षदेखि लालपुर्जाविहीन
0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालय भित्रको बेथिति खोजीसक्नु छैन। विश्वविद्यालय भित्रको आर्थिक अपचलन, बौद्धिक विचलन अथवा शैक्षिक अराजकताको फेहरिस्त लामो छ। त्रिभुवन विश्वविद्यालयको जग्गा  कब्जा गरेर गुण्डागर्दी शैलीमा आफ्नो नाममा नामसारी गर्न खोज्ने प्रवृत्ति यति धेरै छ की त्यसले पशुपति शर्माको गीत सम्झाउँछ-

लुट्न सके लुट कान्छा, लुट्न सके लुट 

अरु देशमा पाइँदैन, नेपालमै हो छुट

हे कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट

कसले कति मिचेका छन् ?

हुन् त त्रिभुवन विश्वविद्यालयको चल अचल सम्पत्ति कति छ भन्ने यकिन विवरण नै छैन तर जे जति विश्वविद्यालयको मातहतमा छ त्यो पनि चारैतिरबाट लुटिएको छ। विश्वविद्यालयको नाममा लालपुर्जा रहेको र सम्पत्तिमा अभिलेखीकरण भएको किर्तिपुरस्थित …

लुट्न सके लुट, त्रिविविको सम्पत्ति हो, सबैलाई छ, लुट्न छुट
0 comment
0 FacebookTwitterEmail

सन् २०१७ को मे १२ मा नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएयताका पाँच वर्षमा चीनका विदेशमन्त्री वाङ् यीबाट पाँच पटक नेपाल भ्रमण भइसकेको छ। यही बीचमा चीनका राष्ट्रपति सि चिन फिङ लगायत दर्जनौं चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण भएको छ। नेपालबाट पनि राष्ट्रपतिस्तरीय तथा प्रधानमन्त्री र मन्त्रीस्तरीय दर्जनौं भ्रमण भएका छन्। यी दुबै तर्फबाट हुने हरेक भ्रमणमा उठ्ने महत्वपूर्ण विषय हो, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)। जुन सम्झौताबारे नेपालमा औपचारिक मञ्चहरूमा बुँदागत बहस आजसम्म भएको छैन। जसरी यसअघि अमेरिकी सहायता परियोजना एमसिसिका विषयमा बुँदा बुँदामा बहश भयो र नेपाली समाज नै तल्लो तहसम्म विभाजित देखियो। तर नेपालले विना अध्ययन …

मूल सम्झौता अझै गोप्य छ बीआरआईको
0 comment
0 FacebookTwitterEmail

पुरानो नक्सामा हनुमन्ते खोला भनेर जनाइएको जमिन, अर्थात पहिले खोलो बग्ने जमिन अहिले व्यक्तिको भइसकेको छ, यस काममा स्थानीय भूमाफिया मात्र होइन कागज मिलाइदिने मालपोत र नापीका कर्मचारी, बाटो बनाउन बिजुलीका पोल हाल्न र संरचनाका नक्सा पास गर्न सहयोग गर्ने नगरपालिकाका कर्मचारी र तिनलाई संरक्षण दिने नेताहरूको ठूलो सञ्जालले काम गरिरहेको छ। यो हनुमन्ते खोलाको ४३ रोपनी जग्गा कब्जाको मात्र कुरा होइन यही शैलीमा नजाने कति सय रोपनी कब्जा व्यक्तिका नाममा पुगेको छ काठमाडौँका नदी र खोलाका जमिन। त्यसको अनुसन्धान हुन जरूरी छ।

काठमाडौँ उपत्यकाका अधिकांश खोलाले पछिल्लो ४ दशकमा धेरै ठाउँमा धार परिवर्तन गरेका छन्। यसरी नदि तथा खोलाले …

भूमाफियाको कब्जामा हनुमन्ते खोलाको ४३ रोपनी जमिन
0 comment
0 FacebookTwitterEmail

घरसँगैको खेतमा लह–लह धान पसाएर झुल्न थालेको छ। शहर बजारमा चाडपर्वको चहलपहल सुरू भइसकेको छ। पैसावालाहरू भड्किलो खर्च गर्ने योजना बनाइरहेका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्वर नौ की चमेली मगर भने घरको पिढीमा बसेर छामछाम छुमछुम गर्दै मकैको खोस्टाको चकटी बुनिरहेकी छन्। वरिपरि चमेलीका सात वटी छोरी बसेका छन्। जेठी माइली, साइली, काइँली, ठाइँली, अन्तरी, जन्तरी, लखन्तरी। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी भर्खरै–एक कक्षामा पढ्छिन्। चमेलीको आँखा बन्द छ।

जलविन्दु भएर विस्तारै आखाँको दृष्टि गुमाएकी चमेली र उनका श्रीमान्ले एउटा छोरा कुर्दा कुर्दै आठ छोरी जन्माए। उपचार गर्दा गर्दै आँखा पुरै बन्द …

दृष्टिविहीन आमाको दु:ख: सात वटा टुहुरा सन्तान कसरी पालौं ?
0 comment
0 FacebookTwitterEmail

दोलखाको तामाकोसी गाउँपालिका– १ का लछुमन माझी । लामो समय भयो न राम्रोसँग सुत्न सकेका छन् न नियमित काममा जान सकेका छन्। लछुमन, जतिबेला पनि घर मुन्तिरको मुख्य सडकमा त्रसित भावले हेरिरहेका हुन्छन्। माझीको परिवारलाई एउटै त्रास छ– कति खेर पुलिसले समाउँछ ? किनकी लछुमन माझीको परिवार खाँदै नखाएको विष लागेर छटपटाउन थालेको डेढ वर्ष नाघेको छ।

घटना त्यति पुरानो हैन। २०७२ सालमा गएको विनाशकारी भूकम्पले माझीको मुन्टो लुकाउने पुरानो माटोको घर भत्केको थियो‍। भुकम्पसँगै लामो समय बजार र ग्राहकको अभावले, तामाकोशीको भङ्गालोमा पसेर साँझ बिहान माछा मार्ने पेशा सङ्कटमा पर्‍यो। न खाने टुंगो, न बासको टुंगो। यही पीडाको अचानोमा …

एउटा अनिँदो माझीगाउँ…
0 comment
0 FacebookTwitterEmail

पुरानो नक्सामा हनुमन्ते खोला भनेर जनाइएको जमिन, अर्थात पहिले खोलो बग्ने जमिन अहिले व्यक्तिको भइसकेको छ, यस काममा स्थानीय भूमाफिया मात्र होइन कागज मिलाइदिने मालपोत र नापीका कर्मचारी, बाटो बनाउन बिजुलीका पोल हाल्न र संरचनाका नक्सा पास गर्न सहयोग गर्ने नगरपालिकाका कर्मचारी र तिनलाई संरक्षण दिने नेताहरूको ठूलो सञ्जालले काम गरिरहेको छ। यो हनुमन्ते खोलाको ४३ रोपनी जग्गा कब्जाको मात्र कुरा होइन यही शैलीमा नजाने कति सय रोपनी कब्जा व्यक्तिका नाममा पुगेको छ काठमाडौँका नदी र खोलाका जमिन। त्यसको अनुसन्धान हुन जरूरी छ।

काठमाडौँ उपत्यकाका अधिकांश खोलाले पछिल्लो ४ दशकमा धेरै ठाउँमा धार परिवर्तन गरेका छन्। यसरी नदि तथा खोलाले …

यसरी भूमाफियाको कब्जामा पर्‍यो हनुमन्ते खोलाको ४३ रोपनी जमिन
0 comment
0 FacebookTwitterEmail

गएको फागुन ११ गते, अर्थात फेब्रुअरी २३ का दिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसंख्या भएको शान्त र समृद्ध युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेपछि धेरैले अनुमान गरेका थिए: युक्रेनले एक साता भन्दा बढी रुसी सेनाको सामना गर्नै सक्दैन। किनकी रुसी सैनिकहरू युद्धको तेस्रो दिन नै युक्रेनको रणनीतिक क्षेत्रमा धावा बोल्दै, आणविक तथा उर्जा केन्द्र कब्जा गरेर राजधानी किएभ नजिक पुगिसकेका थिए। तर रुस युक्रेन युद्धले १५५ दिन पार गरेको छ। युक्रेनी सेना अहिले रुसले कब्जा गरेको खेरसोन क्षेत्र पुन: फिर्ता लिन विशेष सैन्य अभियान चलाई रहेको छ। राजधानी किएभ कब्जा गर्ने रुसको हजार …

रुसको युद्ध अपराध: युरोपमा ग्यास युद्ध: अफ्रिकामा आठ करोड मानिस भोक भोकै
0 comment
0 FacebookTwitterEmail

 

नेपाल आयल निगमले गएको वर्ष नेपाल सरकारलाई इन्धन कारोबार बापत विभिन्न शीर्षकमा ९८ अर्ब ५९ करोड रूपैयाँ कर भुक्तानी गर्‍यो । एक वर्षको अवधिमा २ खर्ब ३२ अर्ब ४५ करोड रूपैयाँको पेट्रोलियम पदार्थ र हवाई इन्धन बिक्री गरेको निगमले सोही अवधिमा निक्षेप तथा कर्मचारी सापटीको व्याजबाट एक अर्ब ८२ करोड ८० लाख, आईओसीको खरिद समायोजनबाट ४ करोड २२ लाख, व्यावसायिक तर्फको शीर्षकमा एक करोड १५ लाख, घरभाडा बाट २७ लाख ९७ हजार, विविध आम्दानी, लेखा समायोजन तथा अन्य आम्दानी समेतका हिसाबले सरकारलाई उक्त कर दाखिला गरेको हो । यो वर्ष समग्रमा निगमको ढुवानी खर्च प्रशस्तै बचत भएको छ । …

आयल निगम भित्र बेथितिको चाङ: हचुवाको भरमा १७ पटक मूल्य समायोजन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved