Home » Archives for April 2022 » Page 10
Monthly Archives

२०७८ चैत्र २४, बिहीबार १६:३२

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब साढे १७ खर्ब बजेट सिलिङ दिएको छ। हरेक आर्थिक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नु पर्ने हुन्छ। जसले गर्दा हाल बजेट तयारीमा सरोकारावाला निकायहरू लागेका छन्। सोहि क्रममा आयोगले आगामी आर्थिक वर्षको १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको हो।  जसअनुरुप आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.१ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत रहेको अनुमान गरिएको छ। त्यस्तै, प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार चार सय ४६ अमेरिकी डलर , आर्थिक जोखिम सूचकांक (इभिए) २३.५ र मानव सम्पत्ति सूचकांक (एचएआइ) ७७ रहेन बताइएको छ।

खर्च सीमा तथा स्रोत …

आगामी बजेट करिब साढे १७ खर्बको
0 comment
0 FacebookTwitterEmail

गर्विलो इतिहास बोकेको इंग्लिस फुटबल क्लब एर्भर्टन जारी सिजनमा रेलिगेशनमा पर्न सक्ने सम्भावना झन् बलियो हुँदै गएको छ।लगातार खराब प्रदर्शन गरिरहेको एभर्टन गए रातिको खेलमा आफूभन्दा पुछारको टोली बर्नलीसँग ३–२ ले पराजित भएसँगै क्लब ७१ वर्षपछि दोस्रो डिभिजनमा घटुवा हुनसक्ने सम्भावना प्रबल बनेको हो।

सन् १८७८ मा सेन्ट डोमिन्गोजको नामबाट स्थापना भएको यो क्लब १४० वर्षभन्दा लामो इतिहासमा दुई पटकमात्र दोस्रो डिभिजनमा घटुवा भएको छ।पहिलो पटक १९३०–३१ को सिजनमा रेलिगेशनमा परेर अर्को वर्ष नै पहिलो डिभिजनमा फर्कन सफल एभर्टन अन्तिमपटक १९५०–५१ को सिजनमा रेलिगेशनमा परेको थियो।तर त्योबेला उसलाई पहिलो डिभिजनमा फर्कन पूरा तीन सिजन कुर्नुपरेको थियो।

सन् १९५४–५५ को सिजनपछि …

एभर्टन ७१ वर्षपछि रेलिगेशनको सँघारमा
0 comment
0 FacebookTwitterEmail

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिको बारेमा छानबिन गर्न गठन भएको वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वय गर्न माग गर्दै धरानमा युवाहरूले नयाँ आन्दोलन शुरु गरेका छन्।

प्रतिष्ठानको डेन्टल कलेज मुलगेट अघि सडकमा बुधवार जारी धर्नाका बीच आन्दोलनका अगुवा सुदन गुरुङले घोषणा गर्नुभयो, ‘हामी वार्ता र सम्झौतामा विश्वास गर्दैनौं माग पुरा नभए सम्म आन्दोलन जारी रहन्छ।‘

‘अब सम्झौता गर्ने अनि चुप लागेर बस्ने आन्दोलनले हुँदैन‘ सामाजिक अभियन्ता महेश श्रेष्ठ भन्नुहुन्छ। वीपीमा हुने भ्रष्टाचारमा उपकुलपतिहरूनै संलग्न भएका घट्नाहरू धेरै पुराना भएका छैनन्। उपचारमा लापरवाहीका कारण मृत्यु हुने बेथितिको विरोधमा पटक पटक भएका आन्दोलनले पनि कुनै परिवर्तन ल्याउन सकेको छैन्। पछिल्लो पटक वीपीका …

घोपा बचाउन माग पुरा नभएसम्म आन्दोलन: न वार्ता, न सम्झौता
0 comment
0 FacebookTwitterEmail

छानबिन समिति बन्यो, प्रतिवेदन पनि दियो, चार महिना बित्यो तर कार्वाही भएन। यो हो पशुपति धर्मशाला भाडा प्रकरण। छिमेकी देश भारतले करिव ४० करोड रूपैयाँको अनुदानमा बनाइ दिइएको पशुपतिको आधुनिक धर्मशाला तत्कालीन सरकारका मन्त्री र मातहतका पशुपति क्षेत्र विकास कोषका कर्मचारीले  निजी सम्पत्ति सरह हुनेगरी भाडामा दिने सम्झौता गरे। यस बारेमा गठन गरिएको सरकारी छानबिन समितिले प्रतिवेदन दिएको चार महिना वितेपनि कार्यान्वयनमा आएको छैन।अर्थात कैफियत गर्ने नेता मन्त्री मात्र होइन कर्मचारीलाई जोगाउने काम भएको छ। ‍यसका प्रमुख दोषी कोषका तात्कालीन सदस्य सचिवले उन्मुक्ति नै पाइरहेका छन्। जबकी  सरकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा करार रद्द गर्नुका साथै त्यस्तो करार गर्ने कर्मचारी …

पशुपति धर्मशाला भाडाः जोगिए कैफियत गर्ने कर्मचारी
0 comment
0 FacebookTwitterEmail

झुटा कुरा फैलाउनका लागि ह्वाट्एप जस्तो सजिलो सामाजिक सञ्जाल सायद अर्को छैन। ह्वाट्सएप गोप्य छ र निःशुल्क पनि छ तर यस्ता सुविधाका आफ्नै नकारात्मक पक्ष पनि छन्। ह्वाट्सएपमा भएको ‘एन्ड–टु–एन्ड इन्क्रिप्सन’ सुरक्षाका दृष्टिकोणले राम्रो भए पनि यसै प्रणालीका मार्फत झुट कसरी सम्प्रेषण भइरहेको छ भन्ने थाहा पाउन बाहिरी सरोकारवाला निकायको कुरै छाड्म ह्वाट्सएप आफैँलाई हम्मेहम्मे परेको छ। ह्वाट्सएपको सञ्जाल विशाल छ, निःशुल्क पनि छ, त्यसैले सजिलै उपलब्ध छ र व्यक्तिगत तथा सामूहिक दुवै किसिमको संवाद हुन सक्ने सुविधकाका कारण भ्रामक समाचार फैलाउनेहरूका लागि  आकर्षणको केन्द्र बनेको छ ह्वाट्सएप। आफ्नो संवाद (मेसेजिङ) लाई बाधारहित बनाउन सक्षम भयो ह्वाट्सएप,

ह्वाट्सएपमार्फत् भ्रामक समाचार, नियमन कसरी ?
0 comment
0 FacebookTwitterEmail

सिनेमा १: ग्रेटर नेपाल सेन्सरपास भयो। छिमेकी राष्ट्र भारतले हाम्रो देशको सिमाना मिचेको र इतिहासमा गुमेको भूभाग जो हाल भारतमा छ, त्यो फिर्ता लिन सकिने आधारहरूको तथ्यगत प्रस्तुती भएको वृत्तचित्र हाम्रो सेन्सरबोर्डले एक दृश्य पनि नकाटी सेन्सर पास गर्नु भनेको नेपाली सेन्सरसिपको इतिहासमा अकल्पनिय घटना थियो। नत्र छिमेकी मुलुकसँगैको सम्बन्धलाई असर पार्ने भन्दै कैंची चलाइहाल्थ्यो। उक्त क्रान्तिकारी घटना ६२/६३ को जनआन्दोलन पछिको परिवर्तनलाई अनुभूति गराउने किसिमको थियो।

सिनेमा २: कथानक चलचित्र ‘दासढुङ्गा’लाई सेन्सरले थुप्रै दृश्य र संवाद हटाउन आदेश दियो। मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा भन्ने ठाउँमा गाडी दुर्घटना भइ मृत्यु भएको रहस्यमयी घटनामाथि प्रकाशित रिर्पोट, समाचार, अन्तर्वार्ता र …

सेन्सरसिप होसियार
0 comment
0 FacebookTwitterEmail

नेपाल कम्युनिष्ट पार्टी माओवादी आज नेपालको राजनीतिमा हावी भएको छ। यसका नेता पुष्पकमल दाहाल सबभन्दा धेरै प्रभावशाली व्यक्ति भएका पनि छन्। तर न उनले, न उनको दलले यो व्यवस्था खोजेको हो। यो व्यवस्थालाई उनले खसीको टाउको देखाएर कुक्कुरको मासु बेच्ने थलो भनेका पनि हुन्। उनले अहिले पनि यसै बिचारमा विश्वास गर्छन्। उनले कल्पना र खोजेका धेरै जसो मुद्दाहरू यसमा पाइसकेका पनि छन्। गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक आदि कुराहरू आइसकेका छन्। तैपनि सो दल र दलका नेताहरूले यी कुराहरूमा सन्तोष लिएका छैनन्। कारण उनीहरूले खोजेको जनवाद अझ नेपालमा आएको छैन। त्यो भनेको उनको कम्युनिष्ट पार्टी मात्र नेपालको राजनीतिमा वैधानिक हुने हो। …

निराश र आक्रोशित जनता अनि अराजकताका सङ्केत
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको निर्वाचनका मिति नजिकिदै गएको अवस्थामा सरकारले भने स्थानीय तहमा धमाधम सरुवा गर्न थालेको छ। यसबाट विभिन्न जिल्लाका दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै गएका छन् भने  शहरी क्षेत्रका नगरपालिकामा कर्मचारीको चाप बढ्दो छ।

सरकारले कर्मचारी समायोजनपछि असन्तुष्ट भएका कर्मचारीलाई खुशी पार्न खोज्दा स्थानीय तह कर्मचारी विहिन आस्थामा पुगेका हुन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न चरणमा अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा  २ हजार भन्दा बढि कर्मचारीलाई उनीहरूकै माग बमोजिम सुगम स्थानीय तहमा  ल्याएको छ। पहिले देखिनै कर्मचारी अभाव खेपिरहेका दुर्गम क्षेत्रका स्थानीय तहले चुनावको मुखमा फेरि  कर्मचारीको अभाव झेल्नुपरेको छ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार अहिले कुल …

चुनावको मुखमा धमाधम सरुवा, अस्थिर बन्दै प्रशासन
0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरपालिका सफाईकर्मीलाई मंगलबार बिहान भ्याइ न भ्याई थियो, वीरगञ्जको घन्टाघर आसपास क्षेत्रमा खटाएका सबै जना टुटेफुटेको मुख्य सडकलाई चम्काउन प्रयासरत थिए। सधैजसो लाग्ने तरकारी बजारले दुर्गन्धित बनाएको घन्टाघर नजिकैको विपि उद्यान क्षेत्रलाई पनि गन्धमुक्त गर्नु थियो। धुलोमय सडक तथा पार्कमा पानी हाल्न महानगरपालिकाका सबै बारुणयन्त्र परिचालन थिए।यो सब केपी ओलीका लागि हो। कुनै बेला वीरगञ्जमा एक हिसाबले निषेधित नाम थियो केपी शर्मा ओली तर आज वीरगञ्ज सहरमात्र होइन सहिद स्मारक अगाडि रहेको तराई कांग्रेस र सद्‍भावना पार्टीका संस्थापक नेता रामजनम तिवारीको सालिक समेत ओलीमय भएको छ।

नहोस् पनि कसरी यो सालिकका निर्माणकर्ता युवा नेता शिव पटेल नै दुई हप्ता …

ओलीमय वीरगञ्ज
0 comment
0 FacebookTwitterEmail

सैनिक पूर्व तालिम लिएर कक्षा ८ की छात्रा खुश्वु मादेनले हवल्दारको दर्ज्यानी चिन्ह प्राप्त गर्नु भएको छ। नेपाली सेनाको राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयको ४७ औं जुनियर डिभिजन तालिममा ताप्लेजुङको लिटिल बुद्ध माविकी सिक्कुम इवासाम लिम्बु सर्वोत्कृष्ट घोषित भई क्याडेट सिनियर अण्डर अफिसरको दर्जा पाएसँगै खुश्बु र हेना मादेन हवल्दार हुनु भएको हो।

उहाँहरूलाई मंगलवार आयोजित दीक्षान्त समारोहमा नेपाली सेनाको १ नम्बर बाहिनीपति विष्णुकुमार खड्काले दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ। सैनिक पूर्व तालिमको १०० दिने कोर्षमा छात्रतर्फ जाल्पा मावि खोटाङका विनोद तामाङले कम्पनी जुनियर अण्डर अफिसरको दर्ज्यानी चिन्ह पाउनुभयो। विद्यावर्धन मावि पाँचथरकी नेहा राईले बेष्ट स्पीकर क्याडेटको उपाधी …

कक्षा आठमै हवल्दार !
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved