Home » Archives for April 2022 » Page 9
Monthly Archives

२०७८ चैत्र २७, आईतवार ०८:०५

हेटौंडा-मकवानपुरको पुर्वी बागमती गाउपालिकाको एक विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी परेको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरको जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध  विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहार गरेको भन्दै  किटानी जाहेरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन्। बालिकाका अभिभावकहरूले  विद्यालयका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा किटानी जाहेरी दिएका हुन्।जाहेरी पछि विद्यालयका शिक्षक हेमबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने …

मकवानपुरको एकै विद्यालयका ३ शिक्षक विरुद्ध यौन दुर्व्यवहारको जाहेरी, एक पक्राउ
0 comment
0 FacebookTwitterEmail

भारतको कोरोमान्डल तटमा अहिले जे भइरहेको छ त्यसले विगतको झझल्को दिन्छ। श्रीलंकाली तामिलहरूले भरिएका डुंगा आउने क्रम जारी छ। चीनको ऋण जालसँगै अर्गानिक खेतीबारे अपरिपक्व नीति र महामारीका कारण श्रीलंकाको पर्यटन क्षेत्र धाराशायी भएपछि गाँस, बास र इन्धनका लागि मानिसहरू श्रीलंका छाड्दैछन्। कुनै समय उच्च स्तरको मानव विकासका लागि चिनिएको श्रीलंका अहिले अत्यावश्यक वस्तु खरिद गर्न बाह्य सयोगमा भर पर्न बाध्य भएको छ।  श्रीलंकाली सरकारको नेतृत्वमा रहेको परिवारले आर्थिक सहयोगका लागि भारत लगायत देशहरूलाई गुहारेको छ।

संकटको सामना गर्न भारतले श्रीलंकालाई पेट्रोलियम खरिदका लागि ५० करोड अमेरिकी डलर बराबरको ऋण सहित ‘लाइन अफ क्रेडिट (एलओसी) ‘ उपलब्ध गराइसकेको छ। …

संकटमा श्रीलंकालाई सहयोग गर्दा एक्जिम बैंकको मनोमानी?
0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय निजामती  सेवामा महिलाको प्रतिनिधित्व बढ्न थालेको छ। विगत एक दशकदेखि यस क्षेत्रमा महिलाको उपस्थिति बाक्लिदै गएको हो। आर्थिक वर्ष ०६७/ ६८ मा निजामती सेवमा  १३.८४ प्रतिशत महिला थिए भने अहिले २६.५९ प्रतिशत पुगेको छ। निजामती सेवाको विशिष्ट श्रेणीमा (सचिव)मा हालसम्म सात जना महिला पुगिसकेका छन् भने सहसचिवमा पनि पुग्ने महिलाको संख्या ४५ छ। त्यस्तै उपसचिव तहमा ९.५३ प्रतिशत महिला पुगेका छन्।

यी तहहरू निजामती सेवाको नीतिगत वा निर्णयक तह हुन्,जहाँ रहेर महिलाले उदाहरणीय र अब्बल दर्जाको कार्य सम्पादन गर्दै आएका छन्। तीमध्येमा एक हुनुहुन्छ उपसचिव मैया कडेल। धादिङबाट काठमाडौँ आएर २०५४ सालमा निजामती सेवामा प्रवेश गर्नुभएकी मैयाले अर्थशास्त्र …

बिहेपछि निजामती यात्रामा मैया कडेल: क्षमता प्रमाणित गर्न पुरुषले भन्दा २० प्रतिशत बढि काम
0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये चार जना  शिक्षक छन्।

बिहीबार मात्रै दुई जना शिक्षक विद्यालय भित्रै बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेपछि प्रहरी हिरासतमा पुग्ने शिक्षकको चार जना पुगेका हुन्।

यी चार घटना यहि चैत महिनाको २० दिन यताको हो। जहाँ विद्यार्थीहरूले शिक्षक अभिभावक सहित विद्यालय पोशाकमै प्रहरी कार्यालय पुगेर आफूमाथि भएको दुर्व्यवहार सुनाए।

कहिले पास गरिदिने बाहनामा, कहिले माया गरेको तरिकाले उनीहरूका सवेदनशिल अंगमा छुने, सुम्सुम्याउने अनि सामाजिक सञ्जाल मार्फत अश्लिल भिडियो, सन्देश पठाएको आरोप ती शिक्षकहरूमाथि छ।

सबै घटना शिक्षकहरूले गरेका दुर्व्यवहार विद्यालयमा नै पटक पटक …

चितवनमा यौन दुर्व्यवहार: २० दिनमा चार शिक्षक पक्राउ
0 comment
0 FacebookTwitterEmail

रगतपछि पहिलो पटक जिउँदो मान्छेको फोक्सोमा पनि प्लाष्टिक भेटिएको छ।  शरीरमा प्लास्टिकका अंश भएको प्रमाण भेटिनुको अर्थ वातावरणमा फैलिएको यो विषालु तत्व हाम्रो नशा र अन्य अंगमा पुगेर हामीलाई भीत्रभीत्रै असर गर्न थालेको छ।

रगतपछि मानव फोक्सोको भित्री भागमा माइक्रोप्लास्टिक्सका कण भएको पत्ता लाग्नुले हामी मानवको अस्तित्वमा नै खतराको शंकेत गरिरहेको छ। आज धरतीमा प्लास्टिकमुक्त स्थान पाउन गाह्रो भइसकेको छ। माइक्रोप्लास्टिक्सका कणहरू हाम्रा हिमालयदेखि समुद्रका गहिराइसम्म र मानव उपस्थीति नै नभएको आर्कटिक और अन्टार्कटिकजस्ता स्थानमा भेटिइसकेको छ।

जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित अनुसन्धानका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू फोक्सोका हरेक हिस्सामा भेटिएको छ। वैज्ञानिकहरूले शल्यचिकित्सा भएका १३ मध्ये ११ …

जिउँदो मान्छेको फोक्सोमा पनि भेटियो प्लाष्टिक
0 comment
0 FacebookTwitterEmail

मानव अधिकार तथा शान्ति समाज (केकास) रूसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।समाजले विश्व शान्तिका कामना चैत २४ गते साँझ लुम्बिनीमा दिप प्रज्वलन गरेको हो।कार्यक्रममा युद्धलाई निषेध र शान्ति प्रवर्धन गर्न सबैलाई आग्रह गर्नुका साथै हिमालय बचाउँन र नदी जोगाउन समेत आह्वान गरिएको समाजका सभापति गोविन्द खनालले बताउनुभयो।समाजले चैत्र २१ गते पाल्पाको तानसेनमा पनि यस्तै कार्यक्रम सम्पन्न गरेको थियो।

समाजले एक विज्ञप्ती जारी गर्दै चैत १७ गते गोरखाबाट शुरू गरिएको ‘हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध : शान्ति विशेष र लागू औषध÷मदिरा दुर्व्यसन विरुद्धको अभियानको पहिलो चरण …

युद्ध रोक्न आग्रह गर्दै लुम्बिनीमा द्वीप प्रज्ज्वलन
0 comment
0 FacebookTwitterEmail

रसिया–युक्रेन बिच चलिरहेको युद्धले विश्व उर्जा बजारलाई गम्भीर धक्का लागिसकेको छ।त्यसले गर्दा विश्वभर तेल र ग्यासको मूल्यमा भारी मात्रामा बृद्धि भएको छ।यो युद्धका कारण विश्व अर्थतन्त्र नै ठूलो संकटमा फस्न पुगेको अवस्थामा अबका दिनमा विश्वले चर्को खाद्य संकटको सामना गर्नुपर्ने विभिन्न अध्ययनहरूले बताएको छ।

रसिया–युक्रेन युद्धका कारण विश्वभरको गहुँ, मकै र जौको एउटा ठूलो भाग रूस र युक्रेनमा फसेको बताइएको छ।त्यो भन्दा पनि महत्वपूर्ण विश्वभर आपूर्ति गरिर्नुपर्ने मलको ठूलो हिस्सा रूस र बेलारूसमा अड्किएको छ।फलस्वरूप विश्वमा खाद्यान्न र मलको मूल्य बढिरहेको छ।गत महिना युक्रेन आक्रमणपछि गहुँको मूल्य २१ प्रतिशत, जौ ३३ प्रतिशत र केहीथरि मलको मूल्य ४० प्रतिशतसम्म बढेको छ …

गम्भीर खाद्य संकटको खतरामा विश्व
0 comment
0 FacebookTwitterEmail

चितवनको भरतपुरमा रहेको केन्द्रीय अस्पताल भरतपुर अस्पतालले आफ्नै लापरबाहीको कारण तीन करोड ७७ लाख भन्दा बढी रकम बेरुजु बोकेर बसेको छ।

भरतपुर अस्पतालले मेडिकल कलेज चितवन भनेर चिनिएको इन्टरनेशनल सोसाइटी फर मेडिकल एजुकेशन प्रा.लि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताललाई आफ्नो हाताभित्रको जमिन भाडामा दिए बापत पाउने रकम भरतपुर अस्पताल स्वयंको लापरबाहीले बेरुजु बोक्नु परेको हो।

अस्पतालले २०५३ सालमा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालसँग गरेको करार सम्झौता नयाँ कानून अनुसार संशोधन नगर्दा अस्पताललाई भाडा बापतको रकम आफ्नै बेरुजुमा महालेखाले देखाएको हो।

४९ वर्षको लागि अस्पताल मातहतको ९ बिगाहा जग्गा वर्षको प्रतिबिगाहा १ लाख रुपैयाँ भाडामा दिने सहमति अहिलेसम्म आइपुग्दा …

मेडिकल कलेजको अटेरीले पौने चार करोड बेरुजुमा भरतपुर अस्पताल
0 comment
0 FacebookTwitterEmail

कयौं दिदीबहिनीले जसरी नै वैदेशिक रोजगारमा पाएको पीडा भोजपुरकी २७ वर्षीय उमाले पनि लुकाउनु भएको छ। आफुले बैदेशिक रोजगारमा गएको वेला पटक-पटक पाएका दु:खका दिन सम्झिदै देशको राम्रो रोजगार नीति भएको भए आफू विदेशिन पर्थेन कि भन्ने लाग्छ उमालाई। विदेशमा कैयौं महिलाहरू त्यहाँको दु:ख पीडा नभनी समाजिक आवश्यकता पुरा गर्न पैसाको लागि संघर्षरत जिवन जिउन बाध्य छन्। समाजमा वैदेशिक रोजगारका पीडाको सुनुवाई कहाँ नै हुन्छ र। त्यसै चुप बस्न बाध्यता छ भन्नुहुन्छ उमा।

नेपालको सामाजिक सोच महिलाहरूप्रति फरक छ। त्यसैले आफ्नो पीडा लुकाई हासेर विदेशबाट कमाएको पैसाले जेनतेन आफ्नो रोजीरोटी चलाउनु पर्नेछ।यतिबेला रोजीरोटीका लागि विदेश जानु गलत रहेको लाग्छ उमालाई, …

पेचिलो काँडा बनेको  महिला वैदेशिक रोजगारी
0 comment
0 FacebookTwitterEmail

त्यो रातो किताब फगत किताब मात्रै होइन मालिक भएको प्रमाण पनि हो। जमिनको मालिक, राज्यले पहिचान गरेको भूमिपति।

उता सभा चलिरहँदा उनीहरू त्यहि रातो किताब पाउने भएकोले उज्यालिएका थिए। आजै (बुधबार) देखि उनीहरुको पनि स्तरोन्नती हुँदै थियो सुकुम्बासीबाट भूमिपतिमा।

हातमा रातो किताब नपर्दै मीठू कामी मञ्चको देब्रेतिरको ‘सुकुम्बासी‘ टहरोको पिँढीमा बसेर भन्दै हुनुहुन्थ्यो, ‘सकुम्बासी र जग्गावाला हुनुमा कति हो कति फरक रैछ।‘

मीठूका दम्पत्ती जग्गाधनी हुनुको अनुभुति आज लिन अगाडि २० वर्षयता ‍सुकुम्बासी पीडा भोग्नु भएको थियो।

पूर्वी चितवन पदमपुर माइती भएकी मीठू जमिनवालाकी छोरी। बुबासँग आफ्नो जमिनको रातो कागज भएकोले बाल्यकालमा कहिल्यै अपहेलना महसुस गर्नु परेन।

बिहे चाहिँ सुकुम्बासीसँग …

रातो किताब पाएर दङ्ग मिठूः प्याउली र पूर्णमायाका अधूरा सपना
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved