Home » Archives for April 2022 » Page 7
Monthly Archives

२०७९ वैशाख १, बिहीबार १०:४७

  • खाद्यान्नको मूल्यमा भएको वृद्धिले विश्वका करिब ६ करोड ५० लाख मानिसलाई गरिबीको दलदलमा धकेल्ने अनुमान गरिएको छ।
  • यो वर्ष अर्थात २०२२ को अन्त्यसम्ममा विश्वभरका करिब ८ करोड ६० लाख मानिस दैनिक २३० रुपैयाँ (‍१.९ अमेरिकी डलर) भन्दा कममा बाँच्न बाध्य हुनेछन्। अर्थात् ती मानिसहरू घोर गरिबीको सिकार हुनेछन्। अक्सफामले सार्वजनिक गरेको ‘पहिलो संकट, त्यसपछि प्रकोप’ (“फर्स्ट क्राइसिस, देन कैटास्ट्रोफे”)प्रतिवेदनमा यो जानकारी दिइएको हो । अर्कोतर्फ, यदि हामीले दैनिक ६६६ रुपैयाँ (५.५ डलर) को आम्दानीको हिसाबले हेर्यौ भने २०२२ को अन्त्यसम्ममा विश्वभर करिब ३३ करोड मानिस गरिबीको मार झेल्न बाध्य हुनेछन्।

उक्त प्रतिवेदनका अनुसार, महामारीका कारण आएको संकट, बढ्दो …

गरिबीको दलदलमा धकलियो  ६ करोड ५० लाख मानिसलाई
0 comment
0 FacebookTwitterEmail

युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२ को सेमिफाइनलमा इंग्लिश क्लब म्यानचेष्टर सिटीले स्पेनी महारथी रियल म्याड्रिडको सामना गर्नुपर्ने भएको छ।त्यस्तै अर्को अंग्रेज टोली लिभरपुलले स्पेनकै भिल्लारियलसँग प्रतिश्पर्धा गर्नेछ।गएराति सम्पन्न क्वार्टरफाइनलका अन्तिम दुई खेलपछि निकालिएको ड्र अनुसार यो समीकरण तयार भएको हो।

गत रात सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग तनावपूर्ण रूपमा गोलरहित बराबरीमा समाप्त भएपछि म्यानचेष्टर सिटी पहिलो लेगमा एट्लेटिको म्याड्रिडविरुद्ध हात पारेको १–० जितको आधारमा सेमिफाइनल प्रवेश गरेको हो।

त्यस्तै लिभरपुल र पोर्चुगलको बेनफिकाबिचको दोस्रो लेगको खेल ३–३ को बराबरीमा समाप्त भयो।पहिलो लेगमा हात पारेको ३–१ को जीतका आधारमा बेनफिकालाई ६–४ ले पछि पार्दै लिभरपुल पछिल्ला पाँच वर्षमा  तेस्रोपटक प्रतियोगिताको अन्तिम चारमा …

च्याम्पियन्स लिग २०२२ : सेमिफाइनल समीकरण पूरा
0 comment
0 FacebookTwitterEmail

एक जना नेपाली अर्थशास्त्रीले विजयकुमार पाण्डेसँगको अन्तर्वार्ताका क्रममा ‘नाफा, पूँजी र दलाली’ लाई नेपालमा नराम्रो दृष्टिले हेरिन्छन् तर ती नराम्रा होइनन् भने।उनले एमसीसी सम्झौता अमेरिकाको दलाली गर्ने सम्झौता हो, तर त्यो नराम्रोचाहिँ होइन पनि भने।

एमसीसी सम्झौताको केहीबाट चर्को विरोध भयो। तर संसदले यसलाई सहज पारित गर्‍यो। प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई जसरी पनि पास गर्ने भनेर लागे। उनको एकोहोरेपना हेर्दा उनको पनि यसमा केही स्वार्थ लुकेको जस्तो लाग्छ। अरु दलका नेताहरूले यसमा व्याखात्मक टिप्पणी राखेकोमा ठुलो उपलब्धि ठाने।

यो प्रकरणले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको सरकारले माहाकाली सन्धिको सम्झना दिलायो। त्यसबेला पनि संसदले एउटा संकल्प पारित गरेको थियो। तर त्यसको कुनै …

सत्ता चलाउन जङ्गबहादुरबाट सिक, नेताहरू !
0 comment
0 FacebookTwitterEmail

वर्षको प्रथम दिन, अर्थात् नयाँ वर्ष। विक्रम संवत् २०७९ को नयाँ बिहानी  भएको छ । हरेक देशले प्रचलित परम्परा अनुसार नयाँ वर्षको दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छन्।यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने, शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ।विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।

विश्वका हरेक देशले आफ्नो पात्रो अनुसार भिन्न–भिन्न तिथिमा फरक–फरक तरिकाले नयाँ वर्ष मनाउँदै आएका छन्।विभिन्न देशहरूले नयाँ वर्ष मनाउने फरक–फरक शैली …

नयाँ वर्ष मनाउने अनेक चलन
0 comment
0 FacebookTwitterEmail

नयाँ वर्ष २०७९ को दिन पारेर एक साहसी नेपाली इलेक्ट्रिक साइकलबाट विश्व भ्रमणमा निस्कँदै छन्।काठमाडौं सिफलका ५२ वर्षीय शुभप्रसाद शर्मा जलवायु परिवर्तनको नारा बोकेर वैशाख १ गते शुक्रवार काठमाडौंबाट आफ्नो यात्राको थालनी गर्दै हुनुहुन्छ।’शुभयात्रा विश्व साइकल यात्रा अभियान’ नाम दिइएको यो अभियानका क्रममा साइकलयात्री शर्माले आगामी पाँच वर्षभित्र संसारका १ सय ५० राष्ट्रको यात्रा गर्ने लक्ष्य राख्नु भएको छ।

यात्राका क्रममा शुभप्रसाद शर्माले जलवायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रमका बारेमा संसारभर चेतनामूलक सन्देश प्रवाह गर्ने बताउनु भएको छ।यात्राका क्रममा वहाँले १ सय ५० देशमा पाँच सयवटा रूख रोप्ने कार्यक्रम बनाउनु भएको छ।जहाँ पुगे पनि त्यहाँ एक–दुईवटा रूख रोप्ने र त्यहीँका …

इलेक्ट्रिक साइकलबाट विश्वभ्रमण गर्दै एक नेपाली
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा भरतपुर महानगरमा सत्तारुढ दलको चुनावी गठबन्धनको विषय पेचिलो बन्दै गएको छ। गठबन्धनका केन्द्रीय नेतृत्वले सबै स्थानीय तहमा गठबन्धन गर्ने र महानगरको प्रमुख उपप्रमुख केन्द्रले टुङ्ग्याउने निर्णय गरेकै दिन मंगलबार महानगर भित्रका सबै वडाका नेपाली काँग्रेस वडा सभापतिले भरतपुर महानगरमा गठबन्धन नमान्ने लिखित निर्णय गरेपछि महानगरको चुनावी गठबन्धन अझ पेचिलो बन्दै गएको हो।

चितवनको भरतपुर महानगरमा नेकपा माओवादी जसरी पनि गठबन्धन चाहन्छ। उसले चुनावी गठबन्धन गरेर प्रचण्डपुत्री रेणु दाहाललाई नै मेयर उठाउने तयारी गरेको छ। तर, नेपाली काँग्रेसले भने कुनै पनि हालतमा भरतपुर महानगरपालिका यसपटक नेकपा माओवादीलाई दिन चाहँदैन।

त्यसैले यसअघि नै चितवनबाट नेपाली काँग्रेसका केन्द्रीय …

गठबन्धनको लफडाले गिजलिएको भरतपुर महानगर
0 comment
0 FacebookTwitterEmail

विद्यालय, स्वास्थ्य संस्था, विद्युत्, सडक जस्ता पूर्वाधारका कारण बझाङ जिल्लामै नमूना थियो, खप्तडछान्ना। ऐन–नियम लत्याउँदा र विज्ञको चेतावनी समेत बेवास्ता गर्दा यो मनोरम गाउँपालिका उजाड भएको छ। तुरुन्तै ‘विकास’ को हुटहुटीमा प्रकृतिमाथि अनियन्त्रित दोहन हुँदा सम्पदा, समुदाय र वातावरण तहसनहस भएको कथा।

बझाङको खप्तडछान्ना प्राकृतिक सम्पदाले भरपूर र उर्वर गाउँपालिका। सिरानको खप्तड र बेंसीका फाँट प्राकृतिक सौन्दर्यका मानक मात्रै नभएर स्थानीयवासीको जीविकाका आधार पनि हुन्। लामो खडेरीमा पनि खप्तडबाट झरिरहने पानीले यो क्षेत्रलाई रसिलो बनाइराख्छ। २०७८ असोजसम्म खप्तडछान्नाको एउटै खोलामा ११ वटा विद्युत्‌गृह सञ्चालनमा थिए।  विद्युत्बाट चल्ने साना उद्योगले सयौंलाई स्वरोगार दिएको थियो। घरघरै खाने पानीका धारा थिए। सिंचाइ कुलोको

0 comment
0 FacebookTwitterEmail

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री  शहबाज शरीफका अगाडि चुनौतीहरूका पहाड छन्।  पाकिस्तानी मुस्लिम लीग-नवाजका अध्यक्ष शहबाज शरीफ तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरीफका भाई हुनुहुन्छ।

त्यसो त शहबाज शरीफ  निर्विरोध पाकिस्तानका प्रधानमन्त्री चुनिनु भयो किनकी इमरान खानको पार्टीले चुनाव मात्र हैन संसद नै बहिस्कार गरेर हिडिसकेको छ। यसभन्दा अगाडि विपक्षका नेता र पाकिस्तान मुस्लिम लीग-नवाजका अध्यक्ष शहबाज शरीफ प्रधानमन्त्री भएपछि अमेरिका र पश्चिमका अन्य मुलुकसँग सम्बन्ध सुधार गर्ने चुनौती त छदैछ त्यस बाहेक शरीफका अगाडि देखिएका पाँच मुख्य चुनौतीहरू यस्ता छन्:

भ्रष्टाचारको आरोप: शहबाज शरीफका बारेमा पूर्व प्रधानमन्त्री इमरान खानले भनिसक्नु भएको छ, “एक त्यस्तो  व्यक्ति जसमाथि १६ अर्ब पाकिस्तानी रुपैयाँको भ्रष्टाचारको …

शहबाज शरीफका पाँच ठुला चुनौती
0 comment
0 FacebookTwitterEmail

हामीले मसलाका रूपमा तरकारी, अचार, सेलरोटी अनि चिया र अन्य धेरै थरीका परिकारहरूमा समेत नियमित प्रयोग गर्दै आएको मरिच औषधीय गुणले भरिपूर्ण हुन्छ।हजारौँ वर्ष अघिदेखि मरिच परम्परागत आयुर्वेदिक औषधीको एउटा महत्वपूर्ण हिस्सा रहँदै आएको छ।आयुर्वेदले मात्र होइन, यसको औषधीय गुण र यसबाट स्वास्थ्यलाई हुने लाभलाई आधुनिक विज्ञानले समेत पुष्टि गरिसकेको छ।

मरिच एक सुगन्धित, उत्तेजक र स्फूर्तिदायक पदार्थ हो जसमा ५ देखि ९ प्रतिशत सम्म पिपेरीन, पिपेरिडीन र चैविसीन नामक ऐल्केलायडहरू पाइन्छन्।त्यस्तै एक गेडा मारिचमा सुगन्धित तेलको मात्रा १ देखि २.६ प्रतिशत सम्म, हरिया रङ्गका सुगंधित गंधाशेष र ३० प्रतिशतसम्म स्टार्च लगायतका पाइन्छ।

अस्वस्थ आहारविहार, मद्यपान र धुम्रपानका कारण शरीरमा …

बहुउपयोगी मरिचका फाइदाहरू
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved