Home » Archives for April 2022 » Page 6
Monthly Archives

२०७९ वैशाख ४, आईतवार १५:५७

नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

जनक माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले एक्लै कोठामा लगेर अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

शिक्षक घिमिरेले गरेको दुर्व्यवहारबारे विद्यालयका प्रधानाध्यापक सहित समितिमा नै कुरा राख्दा पनि शिक्षकले गलत नगरेको भनेर कारबाहीको सट्टा जोगाउन खोजेको आरोप विद्यार्थीहरूको छ । कक्षा १२ मा पढ्ने छात्राले आफूलाई शिक्षकले दुर्व्यवहार गर्दा पनि प्रशासनले शिक्षककै पक्षमा बोलेको बताइन्।यससम्बन्धमा विद्यालय प्रशासन तथा आरोपित शिक्षकको प्रतिक्रिया उपलब्ध हुन सकेको छैन।

विद्यालय आडैमा …

शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि
0 comment
0 FacebookTwitterEmail

नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आगामी वर्षको जुन–जुलाईमा चीनमा आयोजना हुने एसियन कप फुटबलमा नेपाल छनौट हुन नसक्ने बताएका छन्।एसियन कप छनौटको तयारीका बारेमा जानकारी दिन एन्फाद्वारा गत शुक्रवार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टिमका प्रशिक्षकले नै यस्तो धारणा राखेपछि अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा समेत अल्मुताइरी छाएका छन्।आफ्नै टोलीको बारेमा नकारात्मक कुरा गर्ने भन्दै धेरैले उनको आलोचना गरेका छन् भने कतिले ‘वास्तविकताको धरातलमा उभिएर व्यक्त विचार’ भन्दै समर्थन पनि गरेका छन्।

तर अल्मुताइरीले हचुवाको भरमा यस्तो कुरा गरेका भने पक्कै होइनन्।आफ्नो भनाइलाई पुष्टी गर्नका लागि केही तर्कहरू समेत प्रस्तुत गरेका छन् उनले। पत्रकार सम्मेलनमा उनले ५० वर्षभन्दा लामो …

एसियन कप २०२३ : किन छनौट हुन सक्दैन नेपाल ?
0 comment
0 FacebookTwitterEmail

सामाजिक सञ्जालले आममानिसलाई शक्तिशाली बनाउँदैछ । तपाईँलाई लागेको कुरा तपाईँले यसमा राख्न पाउनुहुन्छ । तर, साँच्चै आफूलाई लागेको सबै राख्न पाउनुहुन्छ र ? सामाजिक सञ्जालमा के राख्न दिने के नदिने भन्ने कुरा कसले निर्धारण गर्छ ?
सन् २०२२ को फेब्रुअरीमा मोदी सरकारले सामाजिक सञ्जाललाई नियमन गर्नका लागि सूचना प्रविधिसम्बन्धी नियमलाई आमूल परिवर्तन ल्यायो ।
सरकारले गैरकानुनी, भ्रामक वा हिंसात्मक सामग्री हटाउन आग्रह गरेमा ट्वीटर र मेटा (फेसबुक) जस्ता कम्पनीले २४ घण्टाभित्र प्रतिक्रिया जनाउनुपर्ने व्यवस्था भएको छ । उनीहरूले १५ दिनभित्र पूर्ण समाधान खोज्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
केही विचारका विरुद्ध र अन्य केही विचारको पक्षमा फेसबुक र ट्वीटरको झुकाव …

सामाजिक सञ्जालः शुरुवात, हल्लाखल्ला र अब विद्रोह
0 comment
0 FacebookTwitterEmail

अहिलेको विश्वमा चलचित्रको अलग्ग स्थान छ। यो केवल समय बिताउने र मनोरञ्जनको विषय मात्र नभएर यसले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थामा समेत असर पार्ने दृष्टान्तहरू विश्वको इतिहासमा धेरै पाइन्छन्। यसै बिच अहिले भारतमा बनेको हिन्दी फिल्म दि काश्मीर फाइल्सले भारतमा र विशेष गरी हिन्दुहरूमा तलहका मचाइरहेको देखिन्छ। होला, काश्मीरका मुस्लिमहरूले ३२ वर्ष अगाडि हिन्दु पण्डितहरूलाई काश्मिर छोड्न बाध्य पार्यो होला। तर सत्यको अर्को पाटो यो पनि हो कि दुई हजार वर्ष पहिलेदेखि काश्मीर बौद्धहरूको केन्द्र थियो र हिन्दुहरू त्यहाँ १३ सय वर्ष जति अगाडि मात्र पुगेको पाइन्छ। अनि लगभग ५०० वर्षमा नै त्यस्तो अन्तर्राष्ट्रिय बौद्ध केन्द्रको रुपमा विकास भैसकेको …

दि काश्मीर फाइल्स : कहाँ गए काश्मीरका बौद्धहरू ?
0 comment
0 FacebookTwitterEmail

यसै वर्षको नोभेम्वरमा कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता एक्काइसौँ शताब्दीका केही महान फुटबल खेलाडीहरूको अन्तिम विश्वकप हुने निश्चित छ । सन् २००६ विश्वकपमा ‘डेब्यु’ गर्दै त्यसपछिका चारै विश्वकप फुटबलमा सहभागी हुँदै आएका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सीका लागि पनि सम्भवतः विश्वकप २०२२ पाँचौँ तथा अन्तिम विश्वकप हुनेछ ।

आफ्नो अन्तिम विश्वकप खेल्न गइरहेका शीर्ष १० खेलाडीहरूको बारेमा हामी यहाँ चर्चा गर्दैछौँ ।

१) क्रिस्टियानो रोनाल्डो, पोर्चुगल : यसपटक पोर्चुगलले विश्वकपमा छनौट हुन धेरै संघर्ष गर्नुपरेको थियो । विश्वकप छनौटको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ मेसेडोनियालाई हराएपछि मात्र ३७ वर्षीय यी खेलाडीको पाँचौपटकको विश्वकप यात्रा पक्का भएको थियो …

अन्तिम विश्वकप खेल्न गइरहेका शीर्ष १० खेलाडी
0 comment
0 FacebookTwitterEmail

सरकारी सेवामा गएर त पुरुषले मात्र काम गर्न सक्छन् भन्ने भ्रम कुनै समय हाम्रो समाजमा व्याप्त सोच थियो। महिला सरकारको कर्मचारी भएर उच्च तहमा पुगे भने समाजका वुद्धिजिवि भनिनहरू नै दंग पर्थे। न त सरकारले महिलाको क्षमता स्वीकार  गर्थ्यो  न त  सेवाग्राहीले उनीहरूले गरेका कामको विश्वास। तर समय सधैं एकनास कहाँ रहन्छ र ? हिजो पुरुषहरूको हालीमुहाली भएको ठाउँमा आज महिलाहरू आफ्नो अस्तित्वका लागि भिडिरहेका छन्। र प्रयास गर्दैछन् समाजमा नारी पुरुषबीचको  विभेदलाई हटाउन।

निजामती सेवामा संलग्न महिलाहरूले निर्वाह गरेका जिम्मेवारी र चुनौतीहरू नवप्रवेशी महिलाको लागि समेत प्रेरणा बनेको छ। उच्च तहमा पुगी निजामती प्रशासन हाँकेको महिला कर्मचारीले उपलब्ध स्रोत …

निजामतीकी शोभा: प्रेरणा बन्दै, अघि बढ्दै
0 comment
0 FacebookTwitterEmail

भक्तपूर ठिमीबाट देखिएको २०७९ सालको पहिलो सूर्यास्त ।

तस्बिर: प्रमोद भट्टराई

२०७९ सालको पहिलो सूर्यास्त ।२०७९ सालको पहिलो सूर्यास्त ।
0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन न्युनीकरणको नारा बोकेर नयाँ वर्ष २०७९ को दिन इलेक्ट्रिक साइकलबाट विश्वभ्रमणमा निस्किएका यात्री शुभप्रसाद शर्मालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय युवा मोर्चाले सम्मानसहित विदाई गरेको छ ।
राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजङ्ग गुरुङले टिका र खादा ओढाएर यात्री शर्मालाई शुभकामना दिनुभयो । उपाध्यक्ष गुरुङले साइकलयात्री शर्माको अभियानको सफलताको कामना गर्दै स–सम्मान विदाई गर्नुभयो ।
विश्व साइकलयात्री शर्मालाई राष्ट्रिय युवा मोर्चाका संयोजक सूरज कुमार पाण्डेले पार्टीका तर्फबाट १५ हजार नगद र मायाको चिनो समेत हस्तान्तरण गर्नुभयो ।
आगामी पाँच वर्षभित्र विद्युतीय साइकलबाटै संसारका १ सय ५० देशको भ्रमण …

साइकल यात्रीलाई राष्ट्रिय युवा मोर्चाको स–सम्मान विदाई
0 comment
0 FacebookTwitterEmail

नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी विश्व क्रिकेट परिषद्ले हिजो सार्वजनिक गरेको टी–२० अलराउण्डरहरूको वरियताक्रमको शीर्ष १० भित्र पर्न सफल भएका छन्।गत महिना काठमाडौंमा सम्पन्न त्रिदेशीय टी–२० श्रृंखलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेर ‘म्यान अफ दि सिरिज’ को उपाधि जित्न सफल भएका ऐरी १५२ रेटिङ प्वाइन्ट सहित विश्व वरियताको १०औँ स्थानमा पर्न सफल भएका हुन्।

गत महिना सम्पन्न टी–२० सिरिजका पाँच खेलमा दुई अर्धशतक र एक शतकसहित ५० भन्दा माथिको औसतमा २५५ रन बनाएका ऐरीले बलिङतर्फ सात विकेटसमेत लिएका थिए।यही प्रदर्शनका आधारमा उनी ३८ औँ स्थानबाट २८ स्थान फड्को मार्दै शीर्ष १० भित्र अटाएका हुन्।पूरा प्रतियोगिताभरि उत्कृष्ट खेल प्रस्तुत गरेका …

दिपेन्द्रसिंह ऐरीको छलाङ
0 comment
0 FacebookTwitterEmail

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पछिल्लो समय आफ्नो दुइतिहाइको सरकारको प्रचारमा हुनुहुन्छ। त्यो प्रचारको एउटा प्रमुख विषय हुनेगरेको छ – भ्रष्टाचार। पछिल्लो समय ओलीका यी चुनावी भाषणहरूमा सर्वाधिक प्रयोगमा आइरहेको एउटा सस्था ‘गिनिज बूक’ हो जो पटकपटक नै दोहोरिरहने गरेको छ। त्यसमा पहिले आफुले गरेको विकास निर्माणको कुरा हुन्थ्यो। ओलीले आफ्नो कालमा भएका विकास निर्माणका काम ‘गिनिज बूक’ मा लेख्न रिपोर्ट गरियो भने त्यो नेपालको यो कामले मात्रै भरिनेछ भनेर पनि वताउनु भयो। त्यसमा पछिल्लो समय भ्रष्टाचार विरुद्धको ‘अभियान’ पनि जोडिन थालेको छ। चैत्रको तेस्रो हप्ता सुदूरको जिल्ला वाजुराको सदरमुकाम र यसको अघिल्लो हप्ता सुदूर पूर्वक इलामको सदरमुकाममा आयोजित आमसभामा …

ओलीका गिनिजबुके गफ र भ्रष्ट्राचार
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved