Home » Archives for April 2022 » Page 8
Monthly Archives

२०७८ चैत्र २९, मंगलवार १३:४०

ठूलै शहर मानिन्छ हेटौंडा। त्यसमाथि अहिले त बागमती प्रदेशको राजधानी शहर नै हो हेटौंडा।तर स्वास्थ्य उपचारका मामिलामा भने साह्रै पिछडिएको छ यो शहर।मान्छे बिरामी भए कि त चितवनको मुख ताक्न पर्छ कि काठमाडौँको।यो तितो यथार्थ मनन् गरेर नै जम्मा ५० शैयाको हेटौंडा अस्पताललाई ३०० बेडको सुविधासम्पन्न अस्पताल बनाउन थालिएको थियो यस अघिको प्रादेशिक सरकारको पालामा तर अहिले राजनीति शुरू भएको छ।अनि अहिले परिस्थितिलाई हेर्दा पहिला सत्तामा रहेका कम्युनिष्टहरूको विभाजनको सिकार हेटौंडा अस्पताललाई बनाउन लागिएको आभास आउन थालेको छ।

अघिल्लो डोरमणी सरकारले हेटौंडा अस्पताललाई आफूहरूले स्थापना गरेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत ल्याएर व्यापक सुधार गर्न थालेको थियो। जम्मा ५० शैयाको …

कम्युनिष्ट विभाजनको सिकार बन्न लागेको हो हेटौंडा अस्पताल?
0 comment
0 FacebookTwitterEmail

भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ।

जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ। इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मुम्बईका अनुसार सामान्य खालका वा मध्यम स्तरको कोरोनाभाइरस संक्रमणले पुरुषको प्रजनन प्रणालीसम्बधी प्रोटीनको स्तर नै फेरिदिन सक्छ र त्यसबाट उसको प्रजनन क्षमता नै प्रभावित हुन सक्छ।

‘एसीएस ओमेगा‘ नामक पत्रिकामा गत सप्ताह प्रकाशित अनुसन्धानमा कोभिड-१९ भएर सन्चो भएका पुरुषको वीर्यमा प्रोटीनको स्तरको विश्लेषण गरिएको …

कोभिड-१९ बाट पुरुषको प्रजनन क्षमता प्रभावितः आईआईटी मुम्बईको अनुसन्धान
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
राजेन्द्र पाण्डे नेतृत्वको प्रदेश सरकारले कानूनविपरीत अधिकार क्षेत्र नाघेर पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा शुक्रवार उजुरी परेको हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालयमा समेत हुलाकमार्फत उजुरी पठाइएको छ।
प्रदेश पुर्वाधार विशेष कार्यक्रममा स्थानीय तहलाई छलेर सिधै उपभोक्ता समितिमार्फत पाँच लाख रुपैयाँका टुक्रे योजना वितरण गरिएको उजुरीमा उल्लेख छ।  बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित कार्यक्रमभन्दा बाहिर गएर साना २ हजार २ सय ९९ योजनामा रकमान्तर गरेको छ।
गत फागुन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट …

बागमती सरकार: ५ लाखका दुई हजारभन्दा बढी टुक्रे योजनाः अख्तियारमा उजुरी
0 comment
0 FacebookTwitterEmail

प्रमुख अतिथि सभामुख अग्नी प्रसाद सापकोटाले सही सूचना प्रवाह हुन सक्यो भने मात्र लोकतन्त्र बलियो हुने, निर्वाचन स्वच्छ र निश्पक्ष हुने, लागु भएको आचार संहिता कार्यान्वयन गर्नुपर्ने लोकतन्त्रको आत्मा नै निर्वाचन रहेको,, देश र जनताको हितमा काम गर्नका लागि सही सूचनाको आवश्यकता पर्ने, जति धेरै पारदर्शी हुन सक्यो त्यती उत्तरदायी बनाउन सकिने, सूचनाको हक कार्यान्वयनमा आयोग गंभिरतापूर्वक लाग्नेमा आफू विश्वस्त भएको बताउनुभयो।

कार्यक्रममा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले मतदाताले सही सूचना प्राप्त गरे मात्र निर्वाचनको निष्पक्षता रहने कुरालाई मध्यनजर गरी कार्यक्रम आयोजना गरिएको। सूचनाको तोडमोड अन्य बेलाभन्दा निर्वाचनको बेला बढी हुने सम्भावना रहन्छ। सामाजिक सञ्जालको सही प्रयोगबाट मात्र सही सूचना …

निर्वाचन प्रक्रियामा सही सूचना प्रवाह हुनु पर्ने जोड
0 comment
0 FacebookTwitterEmail

वर्तमान प्रधानमन्त्री, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले देशको शीर्ष नेतृत्व-पङ्क्तिमा रहेका अन्य कुनै पनि नेताको तुलनामा सबैभन्दा बढी पटक गठबन्धन सरकारको नेतृत्व गरेको कीर्तिमानी रेकर्ड राख्नु भएको छ। यो भव्य रेकर्डले सरकार-प्रमुखका रूपमा उहाँले विताएका कार्यकालहरूको संख्या उल्लेख्य त अवश्य पनि बनाउछ तर उहाँलाई एक दूरदृष्टिसम्पन्न प्रतिभाशाली नेता र सक्षम प्रशासकका रूपमा स्थापित गर्न सक्दैन। उहाँको यो कमजोरी  सामान्य पृष्ठभूमिबाट उठेर समसामयिक राष्ट्रिय राजनीतिको फलकमा सबैभन्दा सफल नक्षत्र बन्न सफल हुनुभएका उहाँ स्वयं र देशकै हकमा पनि दुर्भाग्यको विषय हो। देशको नेतृत्व गर्ने अवसर बारम्बार पाउने भाग्यशाली नेता त्यस्ता अवसरहरूको सही उपयोग गर्न असफल भयो भने त्यो उसको कमजोरी मात्र …

अवसर गुमाउने कमजोर नेताहरू
0 comment
0 FacebookTwitterEmail

इरेजरअर्थात् सीसाकलमले लेखेको अक्षर मेट्न प्रयोग गरिने साधन, जसलाई हामी सबैका घरघरमा साना बालबालिकादेखि हरेक उमेरका पढ्नलेख्ने सबैले प्रयोग गर्ने गर्दछन्बजारमा स्वदेशी विदेशी ब्राण्डका थरिथरिका इरेजर जहाँ सुकै किन्न पाइन्छतर हामीले आम रूपमा प्रयोग गर्ने ती इरेजर विषाक्त हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायन फ्थालेटस् प्रयोग हुने कुराबारे भने हामी धेरै अनभिज्ञ नै छौँ

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड)ले हालैहर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पुर्‍याउने रसायनहरूमाथि बृहत्त अध्ययन गरीएडीसी फ्रि एसिया

बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक रसायन
0 comment
0 FacebookTwitterEmail

आसन्न स्थानीय चुनावको लागि राजनीतिक दलहरूले उम्मेदवार छनोटका लागि आ–आफ्ना दलभित्र मापदण्ड तय गरी सर्कुलरहरू जारी गर्न थालिसकेका छन्। दलहरूले उम्मेदवार सिफारिस गर्दा नै सबै पदमा कम्तिमा एक महिला अनिवार्य गराउने अभ्यासको थालनी गर्नुपर्ने माग महिला उमेदवारको छ।

यसपटकको चुनावमा महिलाहरू ३३ प्रतिशत सहभागिताको लागि नभइ प्रमुख पदमा ५० प्रतिशत महिलालाई ल्याउनुपर्ने वताएका छन्। यसअघिको चुनावमा प्रमुख पदमध्ये एकमा महिला हुनैपर्ने माग गरिएको थियो भने अहिले अध्यक्ष वा प्रमुखमा नै महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने माग उठेको छ।

हाल सम्मको चुनावी गतिविधि हेर्दा  विगतमा जनप्रतिनिधि बनेका अधिकांश महिला नै मुख्य पदको आकांक्षी बनेको देखिन्छ। तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने …

चुनावमा महिला: तगारा नै धेरै, खर्चको जोहो झन गाह्रो
0 comment
0 FacebookTwitterEmail

देशको विकास निर्माणमा राजनीतिक दल र तिनका नेताले  कसरी खेलौना बनाउछन् भन्ने प्रत्यक्ष उदाहरण हो अहिले सम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजना बुढिगण्डकी । नेताहरूले – १२ सय मेगावाट क्षमताको बुढिगण्डकी बहुउद्धेश्यीय जलविद्युत् आयोजना समयमै सुरु गरेर र सम्पन्न हुन दिएका भए यसले मात्रै देशलाई वर्षको ६५ अर्ब आम्दानी दिन्थ्यो । २०६९ मा नै विस्तृत ‘डिजाइन‘ हुँदाको हिसाब हो यो।

तर विस्तृत अध्ययन सम्पन्न भएको दश वर्ष वित्न लाग्दा पनि दशकभरी यो आयोजना आफैले बनाउने कि विदेशीलाई दिने भन्ने नेतृत्त्वको मल्लयुद्ध र त्यसभित्र कमिशनको लोभमा परेर निर्माण थालनीको कुनै आकार समेत देखिन सकेको छैन।

अघिल्लो ओली सरकारले एउटा चिनियाँ कम्पनीलाई जिम्मा …

0 comment
0 FacebookTwitterEmail

विश्वकप फुटबल शुरू हुन आठ महिना पनि बाँकी छैन।यसै वर्षको नोभेम्वर–डिसेम्वरमा कतारमा आयोजना हुने यस प्रतियोगितामा भाग लिने ३२ मध्ये २९ टोलीको टुङ्गो समेत लागिसकेको छ।अन्तरमहादेशीय प्लेअफबाट दुई र युरोपियन प्लेअफबाट एक गरी तीन टोलीको निर्णय हुन बाँकी नै छ।

संसारभर फुटबलको यो महाकुम्भको पारा चढ्न थालिसकेको छ।छनौट हुन सफल राष्ट्रहरू यसको तयारीमा लागिसकेका छन् भने फुटबलका पारखीहरू पनि त्यो दिनको व्यग्र पर्खाइमा छन्।तर यसपटकको विश्वकपमा समर्थकहरूले त्यस्ता केही ठूला खेलाडीहरूलाई देख्न पाउने छैनन् जो अहिले विश्व फुटबलमा तहल्का पिटिरहेका छन्।

बेलायतको दि सन स्पोर्टसले हालै उत्कृष्ठ एघारको टिम सार्वजनिक गरेको छ जसले यो वर्ष कतारमा हुने विश्वकप फुटबल गुमाउने …

उत्कृष्ट एघार खेलाडी : जो विश्वकप २०२२ मा देखिने छैनन्
0 comment
0 FacebookTwitterEmail

रूस-युक्रेन बीचको युद्ध र बेमौसमी घटनाका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहको छ। खाद्य और कृषि संगठन (एफएओ) को नयाँ रिपोर्टका अनुसार फेब्रुअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको छ। यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो वृद्धि बताइएको छ।

एफएओले केही दिन अगाडि जारी गरेको एक प्रेस विज्ञप्तिमा भनिएको छ, “एउटा ठूलै फड्को मारेर विश्वभरिनै खाद्यान्नको मूल्य मार्च महिनामा उच्चतम विन्दुमा पुगेको छ।” रूस-युक्रेन युद्धका कारण यो मूल्यवृद्धिको सम्भावना पहिले देखिनै अनुमान गरिएको थियो।

एफएओले आफ्नो नयाँ खाद्यान्न मूल्य सूचकांक रिपोर्टमा भनेको छ, “ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक बृद्धि …

खाद्यान्नको मूल्य अहिलेसम्मकै उच्चतम् बिन्दुमा: एफएओ
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved