चौध पन्ध्र वर्ष अगाडिसम्म महादेवको सानो जीर्ण मन्दिर र दाहसंस्कार गर्ने घाट एकजना मान्छेको मेहनतले कायाकल्प हुनसक्छ भन्ने उदाहरण हुन हेटौंडाको कुष्माण्ड सरोबर त्रिवेणीधाम र ईश्वरी न्यौपाने। बिक्रम सम्वत् २०६५ साल अघिसम्म खोलाको बगरको हो यो ठाउँ, यो क्षेत्रका मृतकहरूको दाहसंस्कार गर्ने ठाउँ।
तर ६७ वर्षीय ईश्वरी न्यौपानेको भगिरथ प्रयत्नमा अन्य विभिन्न व्यक्ति संघ संस्था अनि सरकारले दिएको साथले हेटौंडा ९ मा रहेको यो कुष्माण्ड सरोबर त्रिवेणीधाम तीर्थस्थलसँगै धार्मिक पर्यटकको गन्तव्य बनेको छ। अहिले दिनहुँ हजारौँको सङ्ख्यामा धार्मिक पर्यटक तथा ज्येष्ठ नागरिक तीर्थयात्राका क्रममा आउने गरेका छन्। भ्रमणका लागि विभिन्न स्थानमा हिँडेका तीर्थयात्री पनि पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा …
