Home » Archives for June 2022 » Page 9
Monthly Archives

२०७९ जेष्ठ २९, आईतवार ०६:३९

कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण विश्वको अर्थतन्त्रमा विस्तारै नकारात्मक असर पारेको छ। कोभिड १९ महामारी र रसिया युक्रेन युद्धको कारण कमजोर वृद्धि र उच्च मुद्रास्फिति लामो समयसम्म रही रहने विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनले जनाएको छ।

यसले मध्यम र न्यून आय भएका मुलुकहरूको मुद्रास्फितिको जोखिम बढाउने प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्टस’ प्रतिवेदनको सन्दर्भमा आईएनएससँग कुरा गर्दै अर्थविद् केशव आचार्यले हाल विश्व अर्थतन्त्र आर्थिक मन्दीतर्फ अघि बढेको  बताउनुभएको छ। महामारी र युद्धको कारण विश्वले अर्थतन्त्र चलायमान बनाई आर्थिक वृद्धिदरमा गति लिन सक्ने अवस्था रहेको बताउँदै अर्थविद् केशव आचार्यले भन्नुभयो, “हाल देखिएको समस्या भनेको उत्पादनको …

विश्व अर्थतन्त्र आर्थिक मन्दीतिरः नेपालीको कमाई घट्छ, महँगी अझै बढ्छ
0 comment
0 FacebookTwitterEmail

नेपालका लागि बङ्गलादेशका राजदूत सल्लाहुद्धीन नोमान चौधरीले बङ्गलादेश र नेपालको सामाजिक, आर्थिक विकासको गति समान रहेको र दुवै मुलुकले समान समस्याहरू सामना गर्नु परिरहेको बताउनु भएको छ। धरानमा नेपाल बङ्गलादेश फ्रेन्डसिप सोसाइटी इन इस्टर्न नेपालद्वारा शुक्रवार साँझ आयोजित कार्यक्रममा राजदूत चौधरीको दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने सम्भावनाहरू बारे चर्चा गरे।

बङ्गलादेश –नेपाल बिच अघि बढेको विद्युत खरिद प्रकृयाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक विकासका क्षेत्रमा परिणाममुखी बनाउन सकिने चर्चा गर्दै राजदूत चौधरीले भन्नुभयो ‘‘विद्युत खरिद सम्बन्धी वार्ता अघि बढाउन आउँदो महिना बङ्गलादेशबाट डेलिगेसन नेपाल आउँदै छ।’ पूर्वका व्यवसायी, बुद्धिजीवीहरूसँग भएको भेटघाटमा दुई देश बीच आर्थिक, …

विद्युत खरिद वार्ताका लागि बङ्गलादेश टोली नेपाल आउँदै
0 comment
0 FacebookTwitterEmail

धेरै वर्ष अगाडिदेखि बाँचेको एउटा सतिसालले अरु रुखहरूलाई खिज्याएर भन्ने गर्थ्यो ‘ए अस्ति भर्खर जन्मेका पिलन्धरेहरू ! तिमीहरूलाई त मान्छेहरूले ढालेर लान्छन्, ए ! हाँडीबाट उछिट्टिएका ठेट्नाहरू ! तिमीहरूको न रूप छ न मुख छ, तिमीहरू धेरै दिन बाँच्दैनौ पनि। मलाई हेर ए झिक्राहरू! म कति पाको छु सय वर्षसम्मको हावा हुरी आँधी, चट्याङ, भुइँचालो सबै सहेर खली खाएको छु खली! म जत्तिको कोही छैन। तिमीहरू त सिट्ठो हौ सिट्ठो । तिमीहरूलाई झुक्किएर मान्छेले ढालेर लग्यो भने पनि तिमीहरूबाट बन्ने भनेको त्यै झ्याल ढोकाका चौकस, दलान र मुसलका छेस्का, खाटका खुट्टा त हौ। छ्या अभागीहरूको जन्म हत्तेरिका! …’सधैं झै बुढो …

कथाः कुर्सीको घुर्की, नेताको फुर्ती !
0 comment
0 FacebookTwitterEmail

राजा वीरेन्द्रका कलागुरु हुनुहुन्छ– कलाकार विजय थापा। वीरेन्द्र शाहका नाममा राजा वीरेन्द्रले केही चित्ररचना गरेको सार्वजनिक भएकै हो। यसरी राजा वीरेन्द्र युवराज हुँदै उहाँले कला सिकाउने अवसर पाउनुभएको थियो। उहाँ भन्नुहुन्छ– ‘वि.सं. २०१९÷०२० सालमा श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहलाई नारायणहिटी राजदरबारको बङ्गला नं. १ मा केही महिना चित्रकला सिकाउने जस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा मैले त्यो भूमिका अत्यन्त सहजताका साथ पूरा गरेको थिएँ।’

कलाकार विजय थापाको जन्म वि.सं. २००० सालमा नवलपरासीको रामनगरमा भएको हो। उहाँका बुबाआमा बलबहादुर थापा क्षेत्री र सन्तकुमारी थापा हुनुहुन्छ। उहाँको पुर्खौली थलो लम्जुङ हो।

उहाँ भन्नुहुन्छ— ‘त्यो बेला तराईमा पहाडेहरू कमै ओर्लिन्थे। थारुहरूको घना बस्तीमा हाम्रो घर …

राजा वीरेन्द्रका कलागुरु कलाकार विजय थापा
0 comment
0 FacebookTwitterEmail

जिल्लाको प्रशासन हाँक्ने प्रमुख जिल्ला अधिकारी (प्रजिअ- सीडीयो) ले २४ सै घण्टा सचेत र संवेदनशील काम गर्न पर्छ। सीडीयोको पारिवारिक र व्यक्तिगत जीवन हुँदैन भन्दा पनि हुन्छ। त्यस्तोमा पनि भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उपलब्ध भएको सीमित समयलाई कत्ति पनि खेर नफाली  वृत्तिविकास, पारिवारिक जिम्मेवारी र पेशाप्रतिको उत्तरदायित्व सँगसँगै लैजानुभएको छ।

बाग्लुङ जन्मेर गाउँकै स्कूलबाट  एसएलसी पास गरी डाक्टर बन्ने सपनामा पोखरा आएर आइएससी पढ्दै गर्दा शर्मालाई समयले निजामती प्रशासनतिर डोर्‍यायो। सेवामा छिर्नुअघि १० वर्षसम्म  विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएकी शर्माले शिक्षाशास्त्र र कानूनमा स्नातक तथा ग्रामीण विकासमा स्नातकोत्तरको अध्ययन पनि पूरा गर्नुभएको छ। पढाइको सिलसिलामा काठमाडौँतिर मोडिनु …

निजामती सेवा मेरो लागि वरदान: रुद्रादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी, भक्तपुर
0 comment
0 FacebookTwitterEmail

कास्की रुपा गाउँपालिकाकी निर्मला पौडेललाई आफ्नी २१ वर्षकी छोरी अरु जस्तै बुझ्ने र काम गर्ने भइदिए हुन्थ्यो भन्ने लाग्छ । पौडेललाई राम्ररी थाहा छ कि उहाँको यो चाहना पूरा हुन सक्दैन तर पनि आश गर्न भने छाड्नुहुन्न । उहाँकी छोरी एक बौद्धिक अपाङ्ग हुनुहुन्छ । दैनिक जीवनमा आइपर्ने काम गर्नका लागि उहाँको छोरी स्वस्तिकालाई सहज छैन । छोरीलाई रेखदेख गर्नुपर्ने भएकाले आमा निर्मला घर छाड्नुहुन्न । कहिँकतै जानुपरे छोरीलाई साथैमा लिएर हिँड्नु हुन्छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका बौद्धिक अपाङ्गता भएका व्यक्तिका परिवारका लागि आयोजना गरिएको स्याहार सम्बन्धी तालिममा सहभागी हुन पौडेलले छोरीलाई सँगै लिएर पोखरा आउनुभयो ।
स्वस्तिका …

बौद्धिक अपाङ्गता: मान्छे सग्लै, के को अपाङ्ग ?
0 comment
0 FacebookTwitterEmail

नेपालका कतिपय मन्दिर, विहारलगायत ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको सम्पूर्ण क्षेत्रमा वा ठाउँविशेषको फोटोग्राफी नगर्न सूचना टाँसिएको पाइन्छ। यसको अर्थ हो, फोटो खिच्नु हुँदैन। किन हुँदैन भनेर सोध्दा जवाफमा अनेक प्रकारका रहस्यमय कारण बताइन्छन्। ती जवाफ बुझिने खालका पनि हुँदैनन् किनभने बताउनेले नै पनि वास्तविकता थाहा पाएको हुँदैन।

सम्बन्धित संस्था वा समूहले पनि बुझेर फोटो खिच्न निषेध गरेको जस्तो लाग्दैन। त्यही तस्बिर पुस्तक, पत्रपत्रिकालगायतका माध्यममा प्रकाशित भइरहेका हुन्छन्। अरु त अरु मन्दिर परिसरमै पनि ती तस्बिरहरू बिक्रीमा राखिएका हुन्छन्। यो अत्यन्तै विरोधाभासपूर्ण कुरा हो।
फोटोग्राफी गर्नु हुँदैन भनिएका धेरै सम्पदा क्षेत्रमा केही रूपैयाँ दिएपछि निर्वाध रूपमा तस्बिर खिच्न पाइन्छ। सम्पदा …

सम्पदाक्षेत्रको फोटो खिच्न मनाही छ तर किन ?
0 comment
0 FacebookTwitterEmail

आइसीसी वर्ल्डकप लिग २ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पराजयसँगै प्रतियोगिताको शुरूवात गरेको छ । अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमै नेपाल ओमानसँग १३ रनले पराजित हुन पुग्यो । ५० ओभरको खेलमा प्रतिओभर ४.२५ रन प्रतिओभरको औसतमा २१२ रन बनाउने चुनौति पाएको नेपालले लक्ष्यसम्म पुग्न भरपुर संघर्ष गरे पनि पराजय टार्न भने सकेन । यो हारले नेपालको आगामी एकदिवसीय विश्वकप खेल्ने सपना झनु कठिन बन्न पुगेको छ ।
बिहीवार राती सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानलाई ५० ओभरमा २११ रनको मध्यम स्कोरमा रोक्न सफल भएको थियो । ओमानका कप्तान जीसन मक्सुदले १२६ बलमा १०४ रनको …

पहिलो खेलमै हार, टाढिँदै विश्वकप सपना
0 comment
0 FacebookTwitterEmail

नगर विकास ऐन, २०४५ अनुसार काठमाडौं उपत्यकामा बढ्दो शहरीकरण, जनघनत्व र सवारी चाप व्यवस्थित गर्न २८ वर्षदेखि चलिरहेको नदी करिडोर आयोजनामा नेपाल सरकार तथा दातृ निकायको १५ अर्ब सकिएको छ। तर २८ वर्षदेखि चलिरहेको करिडोर निर्माणका लागि जग्गा अधिग्रहणको कामसम्म पनि सकिएको छैन।

सरकारले नदी करिडोर निर्माण गर्ने विस्तृत योजना पेश गरेपछि यसमा सुरुमा एशियाली विकास बैंकले लगानी प्रतिबद्धता जाहेर गर्‍यो। करिडोर बन्ने लगानी सुनिश्चित भएपछि सडक विभागले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई कामको जिम्मा दियो। यो काम चार वर्ष भित्रै सक्ने उल्लेख गरिएको थियो। गोकर्ण दोभानबाट, गुहेश्वरी, सिनामङ्गल…

काठमाडौंका नदी करिडोर: २८ वर्षदेखि लथालिंग, १५ अर्ब स्वाहा
0 comment
0 FacebookTwitterEmail

इम्बोस्ड नम्बर भनेको के हो ? के यो नम्बरमात्र हो ? गाडीको नम्बर प्लेटमा त अक्षर पनि हुन्छ। इम्बोस्ड नम्बर भनेको रोमन लिपिमा लेखेको प्लेट हो ? देवनागरी लिपिमा लेख्यो भने इम्बोस्ड नम्बर प्लेट भन्न पाइन्छ कि पाइदैन ? नेपाली सवारी साधनमा इम्बोस्ड नम्बर लगाउने सरकारको निर्णयले फेरि पनि यस्ता भ्रम सिर्जना गरेको छ। विवाद जन्माएको छ।

पृष्ठभूमि

यातायात व्यवस्था विभागले ०७२ मङ्सिरमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न टेन्डर गरेकोमा चार विदेशी कम्पनीमध्ये अमेरिकाको डेकाटुर र बाङ्लादेशको टाइगरआइटी संयुक्त कम्पनीले ४ करोड ५ लाख अमेरिकी डलरमा टेन्डर भरेको थियो। टेन्डरमा देखाएको रकममा केही घटाउन लगाएर ३ करोड ८७ लाख ५० …

इम्बोस्ड प्लेटः किन भयो भ्रम छर्ने काम?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved