Home » Archives for June 2022 » Page 11
Monthly Archives

२०७९ जेष्ठ २४, मंगलवार ०६:४८

बितेका ३/४ दिनदेखि नेपाली सञ्चार माध्यमहरूमा  लगातार, एकपछि अर्को छापिइरहेका अत्यन्त खराब समाचारहरूले मेरो मन र मस्तिष्क दुवैमा गहिरो चोट पुर्‍याएका छन्। यी समाचारहरूको दर्पणमा प्रतिविम्बित हाम्रो शासन-प्रणालीको कुरूप चेहराले यसको प्राणप्रतिष्ठाका लागि अनथक संघर्ष गरेका र त्यस संघर्षका क्रममा आत्मोत्सर्ग गर्न बाध्य भएका लाखौँ नेपालीहरूको अपमान गरेको अनुभूति गराएको छ मलाई। त्यसरी अपमानित हुनेहरूको अथाह भीडमा म पनि सामेल छु। एक लेखक र पत्रकारका रूपमा आफ्ना भावना र विचारहरू सार्वजनिक रूपमा धेरैजनासँग शेयर गर्ने सुविधा उपलब्ध भएकोले म झट्ट हेर्दा केही महत्वपूर्ण नागरिक हुँ कि जस्तो देखिन्छु तर यथार्थमा म पनि एक सामान्य नेपाली नै हुँ, उनीहरूजत्तिकै निरीह र …

खराब समाचारहरू र वर्तमान राज्यप्रणाली 
0 comment
0 FacebookTwitterEmail

‍सरकारले आइतबार पनि सार्वजानिक बिदा दिन गरेको  निर्णय एक महिना नपुग्दै उल्ट्याएको छ । सरकारले सोमबार असार १ गतेदेखि आइतबार सार्वजानिक बिदा खारेज गर्ने निर्णय गरेको छ । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 मन्त्रिपरिषद्को सोमबार बसेको  बैठकले सो निर्णयमा पुनर्विचार गर्दै असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ। यस निर्णयसँगै  अव असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने छ ।

 सातामा दुई दिन बिदा दिन सरकारले गरेको निर्णयको चौतर्फी

आइतबार बिदा दिने सरकारको निर्णय खारेज
0 comment
0 FacebookTwitterEmail

सोमवार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले, एक महिनाभित्र अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट सवारी साधनमा जडान नगरे कारबाही गर्ने सरकारको धम्कीको आलोचना गर्दै निर्णय पुनर्विचार गर्न ध्यानाकर्षण गराए। यसअघि सरकार आफैंले २०७८ साल मंसिर १ गतेबाट विद्युतीय नम्बरप्लेटलाई अनिवार्य गर्ने भन्दै कार्तिक २२ गते राजपत्रमा सूचना नै निकालेको थियो तर सरकारी संयन्त्रले काम गर्न सकेन। अहिले आफैंले कार्यान्वयन गर्न नसकेको यही विद्युतीय चिप्स राखिएको इम्बोस्ड नम्बर प्लेट जबर्जस्ती लागु गर्ने तयारीमा सरकार पुगेपछि नागरिकलाई निचोरेर कर असुल्ने रणनीतिका रूपमा मात्रै यसलाई हेरिएको छ।

संसद्को बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, १ मंसिरदेखि अहिलेसम्म सरकारले आफूले जडान गर्न नसकेको इम्बोस्ड नम्बर …

नागरिकलाई निचोरेर विदेशी कम्पनीलाई ११ अर्ब पोस्दै
0 comment
0 FacebookTwitterEmail

पोखराको सराङकोट ग्यारजातीमा रहेको बाल सुधार गृह (बाल कारागार) मा विभिन्न जिल्लाबाट आएका बालकहरू बाल बिजाइँको मुद्दामा सजाय भुक्तान गरिरहेका छन् । बाल सुधार गृहको परिसरमा भान्छा, बस्ने होस्टल, विद्यालय, सुधार गृहको अफिस भवन रहेको छ । १८ वर्षभन्दा मुनिका बालबालिका भएकाले उनीहरूलाई पढ्नका लागि प्रोत्साहन गरिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्रमअन्तर्गत न्यूनतम सुविधाबिहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप नेपाल) को व्यवस्थापनमा सुधार गृहमा रहेका बालकहरूलाई विद्यालयमा पढाउन ३ जना प्रशिक्षक राखिएका छन् । अहिले त्यहाँ रहेका बालकमध्ये केही सोही विद्यालयमा र केही क्याम्पसमा पढिरहेका छन् । १८ वर्ष नपुग्दै सुधार गृहमा आएका तर १८ वर्ष कटिसकेपछि …

नाम सुधार गृह: छैन पानी न छ सुत्ने ठाउँ
0 comment
0 FacebookTwitterEmail

गोरखा-सत्ता गठबन्धनमा जोडिएका चार दलका स्थानीय नेताले आफूले काम गरेको देखाउन वा जस लिनकै लागि एउटा सडक निर्माण गर्न ४ वटा योजना पास गराएका छन्। गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नम्बर १० गाईखुर सडक खण्डको स्तरोन्नतिका लागि भिन्न भिन्न चार नामबाट बजेट पास गराइएको हो । स्थानीयले यसलाई आगामी प्रतिनिधिसभाको चुनावका लागि छरेको कनिका भनिरहेका छन् ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले सात दोबाटो बाघडाँडा सडक स्तरोन्नति १ करोड; सात दोबाटो जोगिडी बाघडाँडा गाइखुर ५० लाख; सातदोबाटो जोगिडी बाघडाँडा पन्थिनी गाइखुर ५० लाख; र सातदोबाटो बाघडाँडा गाइखुर सडकका नाममा ५० लाख गरी चार खण्डमा विभाजन …

सत्ता गठबन्धनको प्रभाव– सडक एक, योजना चार
0 comment
0 FacebookTwitterEmail

चितवन। चितवनको माडीमा बाँदरमुढे घटना हुँदा कृष्ण अधिकारी ३३ वर्षको हुनुहुन्थ्यो। त्यो घटना भएको आजदेखि १७ वर्ष पूरा भएको छ। कृष्ण अहिले ५० वर्षको हुनुभयो तर कृष्णलाई लाग्छ घटनाको घाउ अझै आलै छ। पीडा जस्तो थियो त्यस्तै छ।
कृष्ण भन्नुहुन्छ– ‘१७ वर्ष भयो घटना सम्झिँदा पनि गाह्रो हुन्छ, छोडौं कसरी छोडौं ? निरन्तर लाग्दा त न्याय पाइएको छैन, छाड्दा आस पनि मर्छ।’

२०६२ साल जेठको २३ गते माडीको बाँदरमुढेमा तत्कालीन विद्राही नेकपा माओवादीले यात्रुबाहक बसमा विद्युतीय बम विष्फोट गराएको थियो। विद्युतीय बम विस्फोटबाट ४२ जनाको ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए। घाइते ३ जनाको उपचारका क्रममा ज्यान …

बाँदरमुढे घटना– १७ वर्ष पूरा, हामीले न्याय कहिले पाउने: घाइते
0 comment
0 FacebookTwitterEmail

बडी स्प्रे ब्रान्ड ‘लेयर’को ‘सट’ परफ्युमको विज्ञापनसँग सम्बन्धित दुई भिडियोका बारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ठूलो वर्गले आपत्ति जनाउँदै उक्त विज्ञापनले महिलामाथि हुने यौन हिंसालाई बढावा दिएको आरोप लगाएका छन्। दिल्ली महिला आयोगसँगै कलाकार फरहान अख्तर, ऋचा चड्ढा र स्वरा भास्कर जस्ता कलाकारहरूले यी विज्ञापनहरूमा आपत्ति जनाएका थिए।

भारतको केन्द्रीय सूचना र प्रसारण मन्त्रालयले शनिबार ट्विटर र यूट्यूबलाई आफ्नो सम्बन्धित सोशल मिडिया प्लेटफर्मबाट बडी स्प्रे ब्रान्डको विज्ञापनको भिडियोहरू हटाउन आदेश दिएको छ जसले “सामूहिक बलात्कारलाई प्रवर्द्धन गर्ने संस्कृति” लाई बढावा दिएको छ।

ट्विटर र युट्युबमा पठाइएको पत्रमा मन्त्रालयले भिडियोहरू “शालीनता र नैतिकताको हितमा महिलाहरूको चित्रणको लागि हानिकारक” र सूचना प्रविधि (मध्यस्थ …

भारतमा “बलात्कार प्रोत्साहन” गर्ने बडी स्प्रेको विज्ञापन हटाउन आदेश
0 comment
0 FacebookTwitterEmail

आज जुन ५, विश्व वातावरण दिवस। ज्येष्ठ शुक्ल षष्ठी अर्थात् सिथि नखः। पानीका श्रोतहरूको सरसफाइ र सुव्यवस्था गर्ने पर्व। अरू वातावरणसम्बन्धी यी दुई पर्व मनाइरहेका बेलामा काठमाडौँको एउटा अव्यवस्थित बस्ती कपनमा भने आकाशतिर हेरेर पानी पर्ने हो की बाढी आउने हो भनेर बस्न बाध्य छन् स्थानीय बासिन्दा।

कपनको मिलन चोक आसपासको क्षेत्र भएर बग्ने ठाडो खोला वातावरणलाई पूरै वेवास्ता गरेर नेपालमा विकास कसरी हुन्छ र त्यसले कसरी विनाश ल्याउँछ भन्ने कुराको राम्रो उदाहरण हो। विकास यसरी चाहिँ गर्न हुँदैन भनेर पाठ्यपुस्तकको एउटा पाठ बनाएर विद्यार्थीलाई पढाउनु पर्ने उदाहरण हो।

काठमाडौंको कपन मिलन चोक, भृकुटी चोक, तेन्जिङ चोक वर्षायाम सुरुभएपछि सँधै …

खोलामा बस्ती कि बस्तीमा खोला: मिलन चोकको कथा
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिन केही महिना मात्र बाँकी छ तर प्रदेश सरकारले सूचनाको हक सम्बन्धी ऐनको सामान्य प्रावधान समेत अझै कार्यान्वयन गर्न सकेको छैन ।
बागमती सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वधार विकास मन्त्रालयमा हालसम्म सूचना अधिकारीसम्म नतोकेर सरकारले सूचनाको हक सम्बन्धी ऐनको उपेक्षा गरेको हो ।
२०७४ सालमा प्रदेश सभाको चुनाव भएपछि बागमती प्रदेश सरकार बनेको थियो ।
सरकारको कार्यकाल सकिने बेलासम्म पनि प्रदेश सरकारले सूचनाको हक सम्बन्धी ऐनले तोकेको सूचना अधिकारी नियुक्त गर्नुपर्ने, तीन/तीन महिनामा सूचनाहरू स्वत: सार्वजनिक गर्नुपर्ने लगायतका विषय कार्यान्वयन गर्न नसक्दा सुशासन र पारदर्शिता व्यवहारमा नभएर नारा र भाषणमा …

बागमती प्रदेश सरकार: न सूचना अधिकारी, न त वेवसाइट
0 comment
0 FacebookTwitterEmail

डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा राखिने वस्तुलाई सम्झने गरिन्छ । डाटाको इतिहास लण्डनबाट सुरुभएको देखिन्छ । सन् १६६३ मा जोन ग्रान्टले लन्डन र पेरिसमा म्यानुअल पद्धतिमा राखिएका मृत्यु रेकर्डबाट डाटाको अध्ययन विश्लेषण सुरु गरेका हुन् । कम्प्युटर भाषामा चाहिँ डाटा शब्द सन् १९४६ मा भण्डारण गर्न मिल्ने जानकारीका रूपमा प्रथम पटक प्रयोग भएको देखिन्छ । डाटा प्रशोधनको प्रयास पहिलो पटक सन् १९५४ मा प्रयोग भएको थियो भने डाटा भन्नाले हिजोआज सूचना सिद्धान्त अनुसार अक्षर अङ्क स्ट्रिङ वा सङ्ख्याका मानहरूमा बाइनरी (द्विआधारी) अङ्कका सहायताले राखिने  सामग्रीलाई जनाउछ । हुन त कम्प्युटर सञ्चालन प्रणाली क्वान्टम (प्रमात्रा) पद्धतिमा परिणत भएपछि …

खुर्पाले दारी काटेजस्तो सूचना प्रविधिको प्रयोग
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved