अमेरिकाका ब्रोटन कोबर्नले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई कसरी चलाउने भनेर नेपालका प्रख्यात संरक्षणकर्मी डा. चन्द्रप्रसाद गुरुङ र डा. मिङ्मा नोर्बु शेर्पासँग मिलेर अपरेशन प्लान बनाउनु भयो। आज तिनै ब्रोटन कोबर्नलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा मन दुखिरहेको थियो। चामेमा आईएनएससँग कुरा गर्दै प्रख्यात संरक्षणकर्मी तथा लेखक ब्रोटन कोबर्नले भन्नुभयो, ‘एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) का केही कुराले त खुशी दिन्छ नै । तर धेरै कुराले भने निराश बनाएको छ। फोहोर जताततै बढेको छ। बाटोमा फोहोर फाल्ने भाडो राखिएको त छ तर त्यसबाट फोहोर झिकेर कसैले तह लगाउँदैन। ‘
ब्रोटन कोबर्न झण्डै तीस वर्ष अगाडि डा. चन्द्र र डा. मिङ्मासँग अन्नपूर्ण संरक्षण क्षेत्र …
