Home » Archives for September 2022
Monthly Archives

२०७९ आश्विन १४, शुक्रबार २१:२७

युक्रेनको धेरै भागमा जबरजस्ती जनमत संग्रह गराएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका कयौ भागलाई रुसमा गाभ्ने घोषणा गर्नुभएको छ । यसका लागि शुक्रबार क्रेमलिनमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले यी नयाँ क्षेत्रहरूको सुरक्षाका लागि रुसले सबै सम्भव कदम चाल्ने बताउनुभयो। यसैबीच पुटिनले युक्रेनलाई वार्तामा बस्न पनि आग्रह गरेका पनि गर्नुभएको छ ।  उहाँले रुसमा समावेश भएका भागहरूमा आफूले दाबी कहिल्यै नछाड्ने स्पष्ट पनि पार्नुभयो।

यो लाखौं जनताको चाहना हो-पुटिन
भ्लादिमिर पुटिनले आफ्नो देशमा गाभिएको भनिएका युक्रेनका चार क्षेत्र डोनेट्स्क, लुहान्स्क, जापोरिज्ज्याखेरसन  हुन् । पुटिनले क्रेमलिनको सेन्ट जर्ज हलमा सयौँ रुसी प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा

0 comment
0 FacebookTwitterEmail

पुरानो नक्सामा हनुमन्ते खोला भनेर जनाइएको जमिन, अर्थात पहिले खोलो बग्ने जमिन अहिले व्यक्तिको भइसकेको छ, यस काममा स्थानीय भूमाफिया मात्र होइन कागज मिलाइदिने मालपोत र नापीका कर्मचारी, बाटो बनाउन बिजुलीका पोल हाल्न र संरचनाका नक्सा पास गर्न सहयोग गर्ने नगरपालिकाका कर्मचारी र तिनलाई संरक्षण दिने नेताहरूको ठूलो सञ्जालले काम गरिरहेको छ। यो हनुमन्ते खोलाको ४३ रोपनी जग्गा कब्जाको मात्र कुरा होइन यही शैलीमा नजाने कति सय रोपनी कब्जा व्यक्तिका नाममा पुगेको छ काठमाडौँका नदी र खोलाका जमिन। त्यसको अनुसन्धान हुन जरूरी छ।

काठमाडौँ उपत्यकाका अधिकांश खोलाले पछिल्लो ४ दशकमा धेरै ठाउँमा धार परिवर्तन गरेका छन्। यसरी नदि तथा खोलाले …

भूमाफियाको कब्जामा हनुमन्ते खोलाको ४३ रोपनी जमिन
0 comment
0 FacebookTwitterEmail

विश्व अहिले संकटोन्मुख लोकतन्त्र र कोभिड महामारीले सिर्जना गरेको चरम गरिबी र बढ्दो असमानताको चपेटामा परेको छ। हाम्रा जस्ता गरिब देशका सरकारले यी चुनौतीहरूको सामना कसरी गर्ने हो? सरकारले कसरी सीमित स्रोत साधनको राम्रो व्यवस्थापन गर्न सक्छ ? यी विषय सार्वजनिक बहसका लागि खुला गर्नुपर्छ। तर पारदर्शिता कायम गर्ने हाम्रो शैलीले त्यो कत्तिको सम्भव होला?

सार्वजनिक स्रोत कसरी संकलन र खर्च गरिन्छ भन्ने विषयमा सरकारले नागरिकलाई यथेष्ट वित्तिय सूचनाहरू उपलब्ध गराउनु महत्त्वपूर्ण विषय हो। त्यसैगरी बजेटसँग सम्बन्धित नीतिगत निर्णयहरूमा नागरिक सहभागिताका अवसरहरू सिर्जना गर्न र सार्वभौम सांसद र सर्वोच्च लेखापरीक्षण संस्थाको निगरानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यि विषयको प्राथमिकतालाई खुला …

0 comment
0 FacebookTwitterEmail

नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मनपराउनेहरूलाई विवादको कुरा चित्त नबुुझ्नु स्वाभाविक पनि हो तर नेपाली समाजलाई सरसरती मात्र हेर्दा पनि दसैंको बेला अनेकौं विरोधाभासहरू छचल्किने गरेको पाइन्छ। नेपाली समाज बुुझ्न यसतर्फ ध्यान दिनै पर्दछ– बेवास्ता गरेर उम्कनै सकिदैन।

कुनै बेला यसलाई राज्यले राष्ट्रिय स्तरमै ‘सम्पूर्ण नेपालीको महान पर्व’ भन्थ्यो तर जनजाति समुदायको एक तप्काले आफ्नो चाड नभएर र राज्यले जबर्जस्ती लादेको भन्दै बहिष्कारको अभियान थाल्यो। त्यसपछि भाष्य परिवर्तन गरेर ‘सम्पूर्ण हिन्दू धर्मावलम्बीको महान पर्व’ भन्न थाल्यो। …

0 comment
0 FacebookTwitterEmail

बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा झरेको पहिरोका कारण जोखिम बढेको छ। पछिल्लो समय यस खण्डका ठाउँ ठाउँमा ठूल्ठूला पहिरोहरू खसेका छन्। विशेष गरी वर्षाको समयमा माथिबाट खस्ने पहिरोका कारण यहाँको यातायात सेवा बेला बेलामा अवरुद्ध हुने गरेको। म्याग्दीको गलकोटदेखि घाँसासम्मको सडकका अधिकांश स्थानमा पहिरो झरेको छ। पहिरोका कारण नियमित रुपमा आवतजावत गर्ने सर्वसाधारण सास्ती भोग्न बाध्य छन्। पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ का भीम बरुवालले पहिरोसँगै ठूला ठूला ढुङ्गाहरू झर्दा बेला बेलामा बाटो बन्द हुने गरेको बताउनुभयो। भीमले पानी परेको समयमा बेनी जोमसोम सडकमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको दुःखेसो गर्नुभयो।

पहिरोले वर्षेनी यस्तै समस्यामा पार्दै आएको …

0 comment
0 FacebookTwitterEmail

नेपालको संविधान जारी भएको सात वर्ष पूरा भएसँगै मनाइएको संविधान दिवसले संविधान सप्ताहकै रूप लिएको छ। यस पटक नागरिकले संविधान दिवस मनाउने खासै उत्साह राखेनन्। राज्यका अधिकारीहरूले भने धुमधाम संविधान दिवसलाई संविधान सप्ताहनै बनाउने गरी मनाए। प्रतिनिधिसभाले प्रधान न्यायाधीशउपरको महाभियोग प्रस्तावको छ महिने गर्भ असोज १ गते नै तुहाएर, सरकारले अपराधीलाई माफी, अपराधको आरोप लागेकालाई विभूषण, प्रधान न्यायाधीशलाई निलम्बन र नजरबन्दमा राखेर यो सप्ताह मनायो। आमनिर्वाचनको प्रक्रियामा सामेल भइसकेका निर्वाचन आयोगका केही सदस्यले सरकारद्वारा विभूषित भएरै मनाए। वकिलहरूले अदालतको ढोका बार तैनाथ गरेर संविधानोत्सव मनाए भने राष्ट्रपतिले संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको नागरिकतासम्बन्धी विधेयकको प्रमाणीकरण गर्ने अवधि नै टारिदिएर। …

के हो नागरिकता विधेयक र किन मूर्ख बनाइए नेपालीहरू ?
0 comment
0 FacebookTwitterEmail

गत महिना, भारत सरकारले संसदलाई भारतका बैंकहरूको सन् २०१७ देखि २०२२ को बीचमा लगभग १० लाख करोड रुपैयाँको खराब कर्जा  अपलेखन गरिसकिएको बताएको छ।

१० हजारभन्दा बढी जानीबुझीकन कर्जा नतिर्ने (विलफुल डिफल्टर) मा २५ संस्थानहरू शीर्ष स्थानमा रहेका छन्। २५ संस्थानहरूमध्ये प्रत्येकले  ११५०–७१०० करोड रुपैयाँ ऋण लिएका छन्।  अपलेखनबारे बताएको चार दिन पछि भारत सरकारले संसदमा सन् २०१४ यता बैंकहरूले ६.४१ लाख करोड रुपैयाँको ऋण असुली गरेको घोषणा गर्‍यो।

अघिल्लो जुलाईमा, सरकारले खराब ऋण (निष्क्रिय सम्पत्ति, वा एनपीए) को अनुपातमा संयुक्त राज्य अमेरिका, बेलायत र चीन जस्ता ठूला अर्थतन्त्रहरूको तुलनामा  भारतको अवस्था निकै प्रतिकूल रहेको स्वीकार गरेको थियो। कुल ऋणमा …

0 comment
0 FacebookTwitterEmail

काठमाडौं उपत्यका भित्र घरैपिच्छेजस्तो डेंगु रोगी छन्। उपत्यकाबाहिर जिल्लाहरूमा पनि ग्रामीण स्तरसम्म डेंगुको संक्रमण फैलिसकेको देखिन्छ। अस्पताल र डाक्टरहरूले यस रोगका रोगीहरूमा गरिरहेको भनेको लाक्षणिक चिकित्सा मात्र हो। आधुनिक चिकित्सा विज्ञानमा यस रोगको कुनै खास औषधी छैन।

डेंगु रोग लक्षणसहित र लक्षण विनाको पनि देखिन्छ। जब संक्रमण बोकेको लामखुट्टेले व्यक्तिलाई टोक्दछ त्यसको ३ देखि १४ दिनभित्र डेंगु ज्वरो देखा पर्दछ। सामान्यत: यो रोग एक हप्तामा आफैं निको भएर जाने हुन्छ। यो रोग वृद्धवृद्धा र बालबालिको लागि बढी घातक मानिन्छ।

एडिस एजेप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रामक रोग भएको कारणले यसको कारण भनेको विषाणु (भाइरस) हो भन्ने विषय सबैले …

डेंगु रोगः मेवा–पातको रस र विज्ञान
0 comment
0 FacebookTwitterEmail

 सरकारले भूउपयोग नियमावली २०७९ जारी गरे सँगै घर जग्गा किनबेचमा मन्दी आएको छ। नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नमिल्ने व्यवस्था गरेको छ भने स्थानअनुसार कस्तो जग्गा कति मात्रामा कित्ताकाट गर्न मिल्छ भन्ने पनि तोकेको छ। योसँगै बैंकले प्रवाह गर्ने घर कर्जा रकममा समेत कमी आएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव शून्य पाँच प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक दशमलव पाँच प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११ दशमलव …

0 comment
0 FacebookTwitterEmail

करिब ५० वर्षअघिको सम्झना हो यो– अब दसैं कहिले आउँछ भनेर पात्रो हेर्नै पर्दैनथ्यो। दसैं आएको जानकारी पाउन मैले आफ्नै खालका सूचक बनाएको थिएँ। रातो र कमेरोमाटो ल्याउन आमा, भाउजू, दिदीहरूको लाम सुरु हुनु, बन पाखाका तितेपाती फुल्न थाल्नु, गाउँमा खसी बोकाको कुरा हुन थाल्नु मेरा मुख्य सूचक थिए।

दशैंमा धेरैको मुख्य चासो मासुमा हुने भएकाले फलानोले यति धार्नीको खसी ल्यायो, ढिस्कानोले उती धार्नीको ल्यायो भनेर चर्चा हुन्थ्यो। कसले पालेकोदेखि कसको जखमले वा कहाँबाट कसरी ल्यायोदेखि कति रुपैयाँको लगायतका विषयमा चर्चा सुरु हुन्थ्योज़।

घटस्थापनाको अघिल्लो दिन हाफ छुट्टीमै स्कुलले १५ दिने बिदाको जानकारी गराएपछि अब १५ दिनसम्म स्कूल आउन नपर्ने …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved