Home » Archives for September 2022 » Page 2
Monthly Archives

२०७९ आश्विन १२, बुधबार १२:०९

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमित सत्यले जीवनदृष्टि नै कुनै आग्रहतिर लतारिदिन्छ । जीवनको प्रतिक्रियालाई क्रिया बनाइ दिन्छ । चाहे त्यो व्यक्तिको कुरा होस् वा कुनै मुलुकको प्रशासनिक गतिशीलताको कुरा होस्। यस्तै भ्रमजाल साबित हुँदैछ छिमेकी गरिब मुलुकको लागि चीनको वीआरआई परियोजना । चीनले छरेको विकास रूपी वीआरआईको भ्रमजाल क्रमश खुल्दैछ। विकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मीय ऊर्जा फैलाउदै वीआरआई एक्काईसौँ शताब्दीको स्वर्णीम युगका सपना छरियो। तर श्रीलङ्का ,पाकिस्तान र त्यसपछि बङ्गलादेशमा देखा परेको आर्थिक सङ्कटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भयावह प्रवाह बढाएको छ।

सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने भनेर …

0 comment
0 FacebookTwitterEmail

अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन थालेका छन्।

चीनको ग्लोबल टाइम्सले मंगलबार पोष्ट गरेको समाचार अनुसार अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले उत्तरपश्चिमी चीनको शान्सी प्रान्तमा रहेको उड्डयन, एयरोस्पेस र नेभिगेसन अध्ययनका लागि प्रख्यात नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटी विरुद्ध साइबर हमला सुरु गरेको छ। यो हमलाको उद्देश्य चीनको पूर्वाधारका मुख्य उपकरणहरूमा घुसपैठ र नियन्त्रण गर्ने तथा संवेदनशील पहिचान भएका चिनियाँहरूको निजी डाटा चोरी गर्ने थियो।

नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले

0 comment
0 FacebookTwitterEmail

विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहियामा विदेशी पर्यटकलाई स्वागत गर्दै गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गर्नुभयो।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न २०७७ सालमा लुम्बिनी १९ विद्युतीय बस र कार ल्याइएको थियो। लामो समय खुला आकाशमुनि थन्किएका ५ विद्युतीय बस र १४ कार अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ती कार र बस भित्रिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गरे लगत्तै लुम्बिनी विकास कोषले सक्रियता देखायो र दसैंको अवसरमा …

गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
0 comment
0 FacebookTwitterEmail

भारत सरकारसँग नजिक मानिएका पत्रिका तथा समाचार एजेन्सीहरूमा यतिबेला सप्तकोसी उच्च बाँध परियोजनालाई अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको छ भनेर व्यापक रूपमा खबर छापिएका छन्। के साँच्चै यस्तो सहमति भएको हो त?

प्रकाशित समाचारहरूमा भनिएको, “दुई पक्षका उच्च अधिकारीले काठमाडौँमा भेट गरी महाकाली सन्धिको कार्यान्वयन, बाढीपहिरो र डुबानको क्षेत्रमा सहयोगलगायतका द्विपक्षीय जलविद्युत क्षेत्रको सहयोगको विस्तृत समीक्षा गरेपछि सप्तकोसी उच्च बाँध आयोजनालाई थप अध्ययन गरी अगाडि बढाउन भारत र नेपाल सहमत भएका छन्।”

यी समाचारहरू प्रायोजित किसिमले अगाडि ल्याउनुको एउटा आधारचाहिँ काठमाडौँमा गत साता भएको नेपालभारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक हो। नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ

0 comment
0 FacebookTwitterEmail

घरसँगैको खेतमा लह–लह धान पसाएर झुल्न थालेको छ। शहर बजारमा चाडपर्वको चहलपहल सुरू भइसकेको छ। पैसावालाहरू भड्किलो खर्च गर्ने योजना बनाइरहेका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्वर नौ की चमेली मगर भने घरको पिढीमा बसेर छामछाम छुमछुम गर्दै मकैको खोस्टाको चकटी बुनिरहेकी छन्। वरिपरि चमेलीका सात वटी छोरी बसेका छन्। जेठी माइली, साइली, काइँली, ठाइँली, अन्तरी, जन्तरी, लखन्तरी। जेठी छोरीको बिहे भइसक्यो। कान्छी छोरी भर्खरै–एक कक्षामा पढ्छिन्। चमेलीको आँखा बन्द छ।

जलविन्दु भएर विस्तारै आखाँको दृष्टि गुमाएकी चमेली र उनका श्रीमान्ले एउटा छोरा कुर्दा कुर्दै आठ छोरी जन्माए। उपचार गर्दा गर्दै आँखा पुरै बन्द …

दृष्टिविहीन आमाको दु:ख: सात वटा टुहुरा सन्तान कसरी पालौं ?
0 comment
0 FacebookTwitterEmail

एकतर्फ सत्ताधारी गठबन्धनमा हानथाप क्रमिक रूपमा बढ्दै गएको छ। अर्कोतर्फ एमालेलाई भने मधेसी कार्यकर्ताको संख्या बढाउन भ्याइनभ्याइ छ। चुनावी सरगर्मी बढ्दै जाँदा ओली मधेसी पहिरनमा सजधज हुँदै मधेस दौडमा व्यस्त हुनुहुन्छ र यसले उहाँको धपेडी बढेको छ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुबैलाई भने नेता कार्यकर्ता जोगाउन निकै हम्मे परेको छ। जसको मुख्य कारण हो- मधेसी दल छाड्नेहरूको लर्को । पाँच वर्ष अघि मधेसमा प्रवेश निषेध गरिएका एमाले अध्यक्ष ओलीलाई अहिले जनकपुरदेखि वीरगञ्ज र विराटनगरसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिँदै छ।

मधेसमा लोकतान्त्रिक धारको रूपमा रहेको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा गठबन्धनको अंशबण्डाले …

मधेसको राजनीतिः कांग्रेसमा ‘प्रवेश निषेध’, एमालेमा ‘भर्ना खुला’
0 comment
0 FacebookTwitterEmail

यो आलेखमा आसन्न निर्वाचनमा सहभागी हुने विभिन्न शक्ति, विभिन्न विशेषता बोकेका मतदाता र उनीहरूले हेर्ने दृष्टिकोण प्रस्तुत गरिएका छन्।

निर्वाचनलाई हेर्ने दृष्टिकोण

मैले मेरो घर नजिकैका एक अधबैँसे पुरुषलाई ‘हैन दाइ चुनाव आएछ नि!’ भनी कुरा गरेँ। उनले प्रतिक्रिया दिए ‘हेर भाइ जाल, झेल र तिकडम गर्न जान्ने, अनि रुपैयाँ खर्च गर्न सक्ने मानिस निर्वाचित हुने हुन्। पहिले के के न गर्छु भनेर बाचा गर्छन्। घर घर आएर नमस्कार गर्छन्। चुनाव जितिसकेपछि नाक मुख देखाउने हैनन्। कतै भेट भए पनि चिनेको नचिने झैं गर्ने हुन्। सबै लुट्ने नै हुन्, यिनीहरूमा कतिपय त पुरानै अनुहारका छन्, धेरै जसो नयाँ अनुहारका आएर …

आसन्न निर्वाचन: संविधानपक्षधर, विरोधी र तटस्थ मतदाता
0 comment
0 FacebookTwitterEmail

वनबाट आम्दानी गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भनेर धेरै ठाउँमा भाषण गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि प्रदेश सरकारकाले कानून निर्माण गरी सकेकोले वनबाट आम्दानी गरी प्रदेशवासीको समृद्धिका लागि प्रयोग गर्न सकिने बताउँदै आउनुभएको छ।

तर यी भाषणमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा भइरहेको वन अतिक्रमण कसरी गर्ने भनेर न बोल्नुहुन्छ न कुनै योजना बनाएर लागू गर्नु  भएको छ। संघीय सरकारको मातहतमा रहेको वन प्रदेश सरकारको मातहतमा आई सकेको छ। यतिबेला प्रदेशका १२ जिल्लामा नै व्यापक वन अतिक्रमण भएको छ।

प्रदेशका ६ जिल्ला तराई र ६ जिल्ला पहाड मिलेर बनेको लुम्बिनीमा प्रदेशको वन निर्देशनालयको तथ्याङ्कअनुसार …

0 comment
0 FacebookTwitterEmail

इन्टरनेटमा चीनमा ‘केही भइरहेछ’ भनेर हल्ला फैलिएको छ। ती हल्लावाला खबरले राष्ट्रपति सी जिनपिङ विरुद्ध पश्चिमी चीनमा राजनीतिक वा सैन्य “कू” भएको बताइरहेका छन् अनि सम्भावित सैन्य बिद्रोहका बारेमा स्थानीय मानिसहरूको अनुमानका खबर छन्। तर त्यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन।

चीनका केही भागहरूमा यात्रु विमानका उडानहरू रद्द गरिएका, सी जिनपिङ केही समयदेखि सार्वजनिक रूपमा नदेखिएको र राजधानी बेइजिङतर्फ गइरहेको सैन्य गाडीहरूको फुटेज समावेश गरेर त्यस्ता अनुमानका प्रमाणका रूपमा देखाइएको छ। यद्यपि, यी अनुमानहरूमा कुनै आधिकारिक टिप्पणी आएको छैन र राजधानीतर्फ सैन्य आन्दोलनको कुनै पुष्टि गर्ने खालको रिपोर्ट प्राप्त भएको छैन।

हजारौं फलोअरहरू भएका ट्विटर खाताहरूले सीको विरुद्धमा एउटा “कू” …

0 comment
0 FacebookTwitterEmail

मुलुकको निर्यात व्यापारमा कमी आएको छ। कृषिजन्य उत्पादन तथा कच्चा पदार्थ उत्पादनमा सरकारले ध्यान नदिएकाले नेपालबाट हुने निर्यातमा समेत ३४ दशमलव ८८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। चालु आर्थिक वर्षको प्रथम दुई महिनाको अवधिमा २८ अर्ब ६८ करोड चार लाख रुपैयाँ बराबरको सामाग्री निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४४ अर्ब तीन करोड ९५ लाख रुपैयाँ बराबरको सामाग्री निर्यात गरिएको थियो।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचा, जिंक सिट , अलैंची, चिया, औषधी (आयुर्वेदिक) लगायतका वस्तु प्रमुख निर्यातजन्य सामाग्री हो। समीक्षा अवधिमा पाम

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved