मुलुकको दैनिक प्रशासन सञ्चालन, सेवा प्रवाह र विकास निर्माण सम्बन्धी कार्य गर्ने जिम्मेवारी पाएको सरकारले ती जिम्मेवारी निर्वाह गर्नका लागि आर्थिक स्रोत प्राप्ति र उपलब्ध स्रोतको समुचित प्रयोग गर्नुपर्ने हुन्छ। यस कार्यका लागि हरेक आर्थिक बर्षका लागि आम्दानी र खर्चको योजना बनाई त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तो योजना अर्थान् आगामी आर्थिक बर्षको आय र व्ययको अनुमान नै बजेट हो। बजेट निर्माण मात्र नभई बजेट अनुमोदन, कार्यान्वयन र निगरानी सम्मका सार्वजनिक वित्त व्यवस्थापनका समग्र प्रक्रियालाई बजेट प्रक्रिया वा बजेट चक्र भन्ने गरिन्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भाग १०, १६ र १९ मा क्रमश: संघ, प्रदेश र …
