Home » Archives for December 2022
Monthly Archives

२०७९ पुष १६, शनिबार १७:११

आधुनिक फुटबलका एक सर्वकालीन महान् खेलाडी पेले अब हामी बीच छैनन्। विगत केही वर्षदेखि विभिन्नथरिका रोगहरूसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षको उमेरमा गत बिहीवार निधन भएसँगै आधुनिक फुटबलको ‘एउटा महान् युग’को अन्त्य भएको छ। ‘ब्ल्याक पर्ल’ अर्थात् ‘कालो मोती’को उपनामले चर्चित यी ब्राजिलियन लिजेण्डलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वमध्ये एक मानिन्छ। उनलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ‘एथलिट अफ दी सेन्चुरी’ घोषित गरेको थियो भने सन् २००० मा टाइमद्वारा ‘शताब्दीका १०० सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू’को सूचीमा समावेश गरेको थियो। तीनवटा विश्वकप उपाधि उचाल्ने संसारका एक मात्र खेलाडी पेलेलाई आफ्नो अद्भूत खेलकौशलको माध्यमद्वारा फुटबललाई केबल एउटा खेलबाट ‘दी …

0 comment
0 FacebookTwitterEmail

नेपालमा क्रमश लोकतान्त्रिक राजनीतिक वातावरण सुदृढ हुदैँ गएको भए पनि विगतमा झैं यस वर्ष (सन् २०२२) पनि नेपालमा प्रेस स्वतन्त्रता विरोधी गतिविधि जारी रहे। फ्रिडम फोरमले तयार गरेको सन् २०२२ को वार्षिक मिडिया प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा राज्यका निकायहरू नै बढी संख्यामा संलग्न देखिएका छन्। “यस्तो अवस्था लोकतन्त्रको लागि लज्जाको विषय हो” प्रतिवेदनले भनेको छ।

सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रेस स्वतन्त्रता उल्लङ्घनका ४४ वटा घटनाहरू भए। यी घटनाबाट ११९ पत्रकार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। ती मध्ये ११ जना पत्रकार महिला हुन्। फ्रिडम फोरमको अनुगमनबाट प्राप्त तथ्यांकले घटनाको संख्यामा गत वर्ष भन्दा केही कमी देखाए पनि …

0 comment
0 FacebookTwitterEmail

बिहानको झिमिसेमै मस्तले निदाएका आँखा खुल्छन्। झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ। घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन्। चारैतिरको दृश्य हेर्दा मनमष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन। जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ।  चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन। जीवजन्तुको आवाज गुञ्जिने बित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरू।  त्यही जंगलहरूका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरूमा पुग्नुहुन्छ जाजरकोटको बारेकोटका गोविन्द सिंह। उहाँ जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन्।

कम्मरको एकातिर पटुकी …

0 comment
0 FacebookTwitterEmail

१५ वर्षको कलिलै उमेरमा विवाहबन्धनमा बाँधिनुभएकी सोममाया मगर अहिले ७० वर्ष पुग्नु भएको छ। विवाह गरेर आएको करिव ५३ वर्षसम्म उहाँको दैनिकी एकै नासले चल्यो। बिहान झिसमिसे उज्यालोमै डोकोमा गाग्री बोकेर खानेपानीको व्यवस्थापन गर्नुपर्ने उहाँको दैनिकी अहिले फेरिएको छ।

तनहुँको सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटरको दुरीमा रहेको चुँदेर गाउँमा विवाह गरेर आउनु भएकी सोममाया तीन सन्तान हुर्काउने, घरव्यवहार सम्हालने मात्र नभई घण्टौं समय खर्चिएर खानेपानीको जोहो गर्नुपर्ने बाँध्यता थियो। यो बाँध्यता अहिले फेरिएको छ। खानेपानीको समस्य भएपछि तीन छोरा सुविधाको खोजिमा शहरबजार केन्द्रित भए, श्रीमान् बितेपनि एक्लै यहि बस्दै आएको छु’, उहाँले भन्नुभयो, ‘बुबा …

एउटा धारोका कारण ५३ वर्षपछि फेरियो सोममाया मगरको जिन्दगी
0 comment
0 FacebookTwitterEmail

चितवन जिल्लामा वर्षदिनको अन्तरालमा करिब दोब्बर हाराहारीमा मानवअधिकार उलंघनका अपराध बढेका छन्। जिल्लामा हत्या, बलात्कार, मानवबेचविखन, बालक अपहरण लगायतका अपराध करिब दोब्बरको संख्यामा बढेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनमा परेको अपराधजन्य घटनाहरूको विश्लेषण गरेर इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२२ मा २०२१ को तुलनामा दोब्बर संख्याले बढेको देखिएको हो।

तथ्यांक अनुसार सन् २०२१ म मानवअधिकार उलंघनसँग सम्बन्धित ९२ वटा घटना चितवनमा अभिलेख भएकोमा चालु वर्ष अर्थात् २०२२ को डिसेम्बर २५ सम्म बढेर १ सय ६१ वटा पुगेको छ। इन्सेक चितवनका संयोजक दीपेन्द्र अधिकारीका अनुसार यस वर्ष अघिल्लो वर्षभन्दा ६९ वटा अपराधका घटना थपिएका छन्।

अपराध पीडित बालिका बढी

0 comment
0 FacebookTwitterEmail

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि रूपन्देहीमा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस ११ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सीले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो।

जसमा बलात्कारका ६० बलात्कार प्रयास १४, यौन दुर्व्यवहारका १२, मानव बेचबिखन तथा ओसार पसारका दुई, बहु बिवाह पाँच, बाल विवाह एक , पारिवारीक हत्या आठ , आत्महत्या दुरुत्साहन दुई , गर्भपतन एक,अपहरण तथा शरिर बन्धक एक र घरेलु हिंसाका ५ सय ५५ वटा गरी ६ सय ५५  वटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो।

रूपन्देहीका प्रमुख …

0 comment
0 FacebookTwitterEmail

मेसिनचालित विकासको असर

मेसिनचालित विकासको बाह्य तरङ्गमा जोडिन पुगेको नेपालको विकास प्रक्रियाको पार्श्ववर्ती असर (साइड इफेक्ट) स्वरूप हालैका वर्षहरूमा अव्यवस्थित बसोबास तीव्र बनेको छ । फलतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बसाइँसराइका साथै बढ्दो सहरीकरणको प्रक्रियाले गाउँ रित्तिँदै छ भने सहर भरिँदो अवस्थामा छ । तुलनात्मक रूपमा विगतमा निश्चित प्राकृतिक स्रोत र सम्पदाले थेग्न सक्ने (क्यारिङ क्यापासिटी)का आधारमा कुनै निश्चित स्थानमा मानव बसोबास हुने गर्दथ्यो । तर, हाल मेसिनचालित विकासको युगमा मानिस अन्यत्रको प्राकृतिक स्रोत र साधन ओसारेर सहरमा बस्न रुचाउने भएकोले सहरीकरणको नाममा अव्यवस्थित बसोबास तीव्र बन्दै गएको छ।

हाल नेपालमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकालाई मुख्य र २७६ …

0 comment
0 FacebookTwitterEmail

उपभोक्ता मुद्रास्फीति विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएको कारणले आर्थिक वर्ष २०७८/७९ को पछिल्ला महिनाहरूमा मुद्रास्फीतिमा चाप रह्यो। यद्यपि आर्थिक वर्ष २०७८/७९ को शुरुवाती महिनाहरूमा न्यून मुद्रास्फीति रहेको कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशतमा रह्यो। अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.६० प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार  गत वर्षमा खाद्य तथा पेय पदार्थ समूह र गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति क्रमश: ५.६९ प्रतिशत र ६.८३ प्रतिशत रहेको छ। अघिल्लो वर्षमा यी समूहहरूको वार्षिक औसत मुद्रास्फीति क्रमश: ५.०० …

वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत
0 comment
0 FacebookTwitterEmail

अधिकांश पहाडी र हिमाली गाउँबस्तीका लागि वियर रक्सी र अन्य पेय पदार्थका बोतल ठूलै समस्या हुन थालेका छन्। ती बोतल खाली भएपछि न त्यसको जिम्मेबारी बिक्रेताले लिन्छ न उत्पादकले। त्यसमाथि बाटो भरिका पालिकाले लगाउने कवाडी करका कारण त्यसलाई कवाडी संकलकहरूले पनि उठाउन सकिरहेका छैनन्।

यसबीचमा लमजुङको दोर्दी गाउँपालिकाले वियरको खाली बोत्तलहरु नहटाए वियर बिक्री वितरणमा रोक लगाउने भएको छ। गाउँपालिकाको आठौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा गाउँपालिकाभित्रका होटल तथा रेष्टुरेन्टमा रहेका वियर लगायत सिसाका खाली बोतलहरु आगामी छ महिनाभित्रमा नहटाएमा पालिकाभित्र वियर विक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाभित्रका विभिन्न होटल तथा रेष्टुरेण्टमा विभिन्न

0 comment
0 FacebookTwitterEmail

जवाफदेहिता निगरानी समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा आपत्ति जनाएको छ । स्वार्थ द्वन्द्व हुने गरी लामिछानेलाई गृहमन्त्रालयको कार्यभार सम्हाल्नु दिएकोमा समितिले आपत्ति जनाएको हो ।

समितिको तर्फबाट संयोजक चरण प्रसाई, ओमप्रकाश सेन ठकुरी, कपिल श्रेष्ठ, डा. मन्दिरा शर्मा, डा. गौरीशंकर लाल दास, कनकमणि दिक्षित, डा. गोपाल सिवाकोटी, सुमन अधिकारी, देवी सुनवार, वीरेन्द्र थपलिया, दिनेश त्रिपाठी, राजुप्रसाद चापागाईं, सवित्री श्रेष्ठ, जनक राउत, इन्द्रप्रसाद अर्याल, महामनिुश्वर आचार्य, बाबुराम गिरी, राजन कुईंकेल, विकास बस्नेत, अनिता थपलिया, भक्त विश्वकर्मा, बद्री भुसाल, रुकमनी महर्जन र रणधीर चौधरीले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन्।

उक्त  विज्ञप्तिमा भनिएको छ, रवि लामिछानेको गृह …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved