विभिन्न आन्दोलनको इतिहासका जगमा चुनाव लड्दै आएका दलहरूलाई यसपालिको चुनावको परिणामले राम्रै धक्का दिएको छ। समय कालचक्रसँगै परिवर्तित नेपालको राजनैतिक खण्डमा दलहरूको यसपालिको चुनावी प्रचार प्रसारसँगै आएको यसपालिको परिणाम नेपालको इतिहासमा विशेष रहने छ। किनकि दलहरूले पनि विगतमा भजाउदै आएका ०४६ सालको प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनको जगभन्दा पनि गठबन्धनकै मुद्दामा चुनावी अभियानमा होमिएका थिए। परिणाम स्वरुप लाखौं युवाले आक्रोश अभिव्यक्त गर्दै केही नयाँ शक्तिहरूलाई अभिमत व्यक्त गर्दै पुराना नेताहरूलाई चेतावनीको सकेत दिएका छन्।
तर यसरी मात्र बुझ्यौ भने त्यो अधकल्चो हुन्छ। गलत हुन्छ। यसमा युवाहरूको आक्रोश मात्र होइन, परिवर्तनको आकांक्षा पनि जोडिएको छ जो आफैँमा धेरै बलियो र …
