नेपालमा आयातित वस्तु अत्याधिक भएको कारण व्यापार घाटा झेलीरहेको बेलामा विदेशमा उच्च माग भएको कफी निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नबाट भने नेपाल चुकेको सरोकारवालाहरूको भनाई छ। नेपालको हावापानी र कफी खेती हुने उचाइको कारण गुणस्तरीय कफी उत्पादन गर्न सकिने प्रबल सम्भावना रहेको र सोही अनुसारका सीमित रुपमा कफी उत्पादन भइरहे पनि सरकारको कृषि लगानीमा प्राथमिकतामा नपर्नु, कफी खेतीमा संलग्न किसानको सकस र युवा पुस्तालाई आकर्षित गर्न नसक्नु लगायतको कारण यसको विस्तार हुन सकेका छैन।
गुणस्तरीय कफीको उत्पादन जति गर्न सके पनि बजारको कुनै समस्या नभएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईको भनाई छ। …
