Home » Archives for December 2022 » Page 5
Monthly Archives

२०७९ मंसिर २३, शुक्रबार १३:५२

मानवअधिकार विश्वव्यापी घोषणापत्र जारी भएको ७५ औँ महोत्सव सन् २०२३ डिसेम्बर १० मा गर्ने गरी संयुक्त राष्ट्रसङ्घले यही २०२२ डिसेम्बर १० बाट एक वर्षे विशेष अभियान सुरु गर्दैछ । आउँदो आइतबार ७४ औँ  विश्व मानवअधिकार दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम हुने होलान् । आफूलाई नेपालका मानवअधिकार र न्यायका प्राधिकार दाबी गर्ने विधिशास्त्री, न्यायमूर्ति तथा न्यायविद्, विधिविज्ञ, राजनीतिकर्मी, बुद्धिजीवीदेखि कानुनव्यवसायीका रूपमा रहेका   बुद्धिजीवीका लागि यो मानवअधिकार दिवसको सेरोफेरोमा बहसका लागि  प्रधान न्यायाधीश चोलेन्द्र समसेर राणाको तातो विषय बौद्धिक मजाकको खुराक बनेको छ ।

नेपाल बार एसोसिएसनले पोखरामा गर्न लागेको ७४ औँ मानवअधिकार दिवसको कार्यक्रम राणाकै विषयका कारणले काठमाडौँमा …

नेपालमा मानवअधिकार राजनीतिक दाउपेचको एउटा शब्द
0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचार राष्ट्रसेवकहरूले गर्ने राष्ट्रविरूद्धको फौजदारी अपराध हो। यिनीहरू राजनैतिक, सामाजिक, नैतिक र कानूनी रूपमा पनि ‘हैसियतवाला’ हुने भएकाले भ्रष्टाचार रूपी अपराधमा संलग्न हुनु अघि वा पछि आफ्नो ‘हैसियत’ जोगाउन दोष मुक्तिका अनेकौं तरिकाहरू अपनाउने गर्छन्।

अपराधशास्त्रमा यस्ता तरिकाहरूलाई ‘न्युट्रलाईजेशन वा र्‍यासनालाईजेशन टेक्निक्स’ भनिएको छ। नेपाली भाषामा यी शब्दहरूको अपराधको ‘सामान्यीकरण’ वा ‘औचित्यीकरण’ भन्न सकिएला। यस लेखमा भने अपराधको ‘बहाना’ भन्ने शब्दले बढी अर्थबोध हुने ठानेर यही शब्दको प्रयोग गरिएको छ।

नेपाली शब्दकोषहरूले पनि ‘बहाना’ को अर्थ देखौवा (देखाउन मात्र) कारण भनेका छन्। भ्रष्टाचारीहरूले पनि नैतिक र कानूनी देखिएर अनैतिक र गैरकानूनी काम गर्नु परेको विरोधाभाषका बीचमा ‘देखौवा कारण’ हरूको प्रयोग …

0 comment
0 FacebookTwitterEmail

राई संस्कृतिसँग जोडिएको झ्याम्टे मेला आज इलामको सूर्योदय नगरपालिका ११ को पूर्णे डाँडामा लाग्दैछ। प्रत्येक बैशाख पूर्णिमा र मङ्सिरे पूर्णिमामा लाग्ने मेलामा स्थानीय क्षेत्रको सघन उपस्थिति रहने गरेको छ।

जतिबेला खलंगा पूर्णे डाँडामा बस्यो। त्यहाँ बडाहाकिम थिए। सुरक्षा दस्ता थिए। यस क्षेत्रमा राईहरूको सघन बसोबास थियो। मनोरञ्जनका लागि वडा हाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातीको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टा सहित सहभागि हुने राईहरूको नृत्य धेरैले मन पराए।  यसले झ्याम्टे मेलाको रूप लिएको स्थानीय दीपक अधिकारीको तर्क छ।

अहिले पनि प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन झ्याम्टे मेला लाग्ने गरेको छ। स्थानीय वृद्ध …

0 comment
0 FacebookTwitterEmail

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस डिसेम्बर ९ को सन्दर्भमा विश्वमा भ्रष्टाचारविरुद्धको संयन्त्रहरुलाई थप सुदृढ गर्ने क्रममा एक नयाँ अन्तर्राष्ट्रिय अदालतको प्रस्ताव अगाडि आएको छ।
भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय अदालतको प्रस्ताव यसैसाता हेगमा आयोजित एक अन्तर्राष्ट्रिय बैठकले अगाडि ल्याएको हो। नेदरल्याण्ड, क्यानडा र इक्वेडरका विदेशमन्त्रीहरुको पहलमा हेगमा आयोजित सो गोलमेच बैठकमा १४ देशका सरकारहरु र विभिन्न ४० देशका प्रतिनिधि सहभागी थिए।
भ्रष्टाचारविरुद्ध सशक्त अन्तर्राष्ट्रिय साझा पहल आवश्यक भएको र सो क्रममा अन्तर्राष्ट्रिय अदालत नै आवश्यक रहेको निष्कर्षमा सो बैठक पुगेको बताइएको छ।
भ्रष्टाचार जन्य अपराधबाट संसार नै पीडित भएको र यसविरुद्धको बहुपक्षीय गठबन्धन थप मजबुत हुनुपर्ने र सो प्रक्रियामा नागरिक समाजको सहभागिता अझ बढोत्तरी हुनुपर्ने …

भ्रष्टाचारविरुद्ध लड्न नयाँ अन्तर्राष्ट्रिय अदालतको  प्रस्ताव
0 comment
0 FacebookTwitterEmail

शेरबहादुर देउवा, नेपाली कांग्रेसका बहालवाला सभापति एवं देशको वर्तमान प्रधानमन्त्री। जन्म–वि.सं. २००३। उमेर–७६। २०४८ सालयताका २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा भएका सबै निर्वाचनमा अपराजित एक मात्र व्यक्ति। डडेलधुराबाट सातौं पटक प्रतिनिधि सभामा प्रवेश। पाँचौं पटक देशको प्रधानमन्त्री।
कांग्रेसमा लगातार दुई कार्यकाल सभापति। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष। बीपी कोइरालाको सान्निध्य पाएका। गिरिजाप्रसाद कोइरालाबाट राजनीतिक दीक्षा र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत प्राप्त। ‘प्रजातन्त्र दरबारलाई बुझाएको’ आरोप तर राजा ज्ञानेन्द्रबाटै दुई/दुई पटक सत्ताच्युत। शाहीसत्ताबाट भ्रष्टाचारको आरोपमा जेलजीवन।
नेपालको संसदीय व्यवस्थामा निकै आलोचित ‘सुरा–सुन्दरी, पजेरो काण्ड’, भीमकाय मन्त्रिमण्डल गठन तथा माओवादी सशस्त्र हिंसाको शुरुवात उनको कार्यकालसँग …

नचुकाउनु देउवाले अवकाशको उपयुक्त अवसर
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा तथा प्रदेशसभा २०७९ को प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा भइसकेको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भई निर्वाचन आयोगले बन्दसूचीमा रहेका दलका उम्मेदवारहरूबाट प्राथमिकतामा रहेका उम्मेदवारको नाम पठाउन राजनीतिक दलहरूलाई आजै सूचित गर्दैछ।
यस आम निर्वाचनको औपचारिक परिणाम घोषणाबाट आउने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको संख्या आँकलन गर्दा दलहरूको स्थिति स्पष्ट भएको छ।
सम्पन्न निर्वाचन परिणाम अनुसार संघीय प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा ८९ पदमा नेपाली कांग्रेसले जित हासिल गर्ने भएको छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले ७८ पदमा निर्वाचित हुने भएको छ। प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवारहरू विजयी भइसकेका छन् भने विभिन्न १२ दलको उपस्थिति हुने भएको छ।

संघीय लोकतान्त्रिक …

0 comment
0 FacebookTwitterEmail

मुलुुकको हिमाली क्षेत्रमा अनेक हिमताल छन् । वेला–वेला ती फुटेर तल्लो तटीय क्षेत्रमा विध्वंश मच्चाउने गरेको र मच्चाएका खबर छापामा आइरहन्छन्। हिन्दु कुश क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्था (इसिमोड) का अनुसार सन् २०१० मा मुलुकभित्र हिमतालको संख्या ३,८०८ थियो (ICIMOD, 2011, pp. 18-19)।

यो विषय जलवायु तथा मौसम विज्ञान विभाग र जल तथा शक्ति आयोगको सचिवालयले हेर्ने गथ्र्यो । त्यसैले यस विषयमा खासै घोत्लिनु पर्दैन थियो । एक पटक दोलखास्थित रोल्वालिङ उपत्यकाको च्छोरोल्पा (Tsho-Rolpa)  हिमताल हेर्न जाने प्रसङ्ग सिँचाइ विभागका उपमहानिर्देशक (उमानी)सोमनाथ पौडेल र मौसम तथा जलवायु विज्ञान विभागका उमानी आदर्श पोखरेलले निकाले ।

कामको व्यस्तताले ४,५८० मिटर (१५,०३० फिट) उचाइमा …

हिमतालका कुरा
0 comment
0 FacebookTwitterEmail

पन्ध्रौँ योजनाले सुशासन, विकास र समृद्धिलाई दीर्घकालीन सोचको मार्गचित्रका रूपमा लिएको छ। तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने; सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चित गर्ने; आन्तरिक तथा अन्तरदेशीय अन्तरआबद्धता एवं दिगो सहर/बस्ती विकास गर्ने; उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने; पूर्ण, दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने; गरिबी निवारण र आर्थिक सामाजिक समानतासहितको न्यायपूर्ण समाज निर्माण गर्ने; प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने र सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता संवर्द्धन गर्ने जस्ता दीर्घकालीन राष्ट्रिय रणनीतिका साथ पन्ध्रौँ योजनाले राज्यको आर्थिक सामाजिक क्षेत्रलाई समेटेर शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा, रेल, प्रतिव्यक्ति आय …

0 comment
0 FacebookTwitterEmail

रूपन्देही सधैँ कक्षाकोठामा शिक्षकले पढाएका कानून र अधिकारका कुरा सुन्ने कक्षा १२ कि सीता भुसालको लागि आईतबारको दिन भने विशेष थियो। यो दिन सीताले आफू पढ्ने भन्दा फरक विद्यालयमा गएर कक्षा ९ का विद्यार्थीलाई लैंगिक हिंसा र मानव अधिकारका विभिन्न पक्षको बारेमा पढाउनुभयो।

कक्षा कोठामा पढेको र अन्यत्र सिकेका कुराहरू आफूभन्दा साना विद्यार्थीलाई सिकाउन पाउँदा फरक अनुभूति भएको र लैंगिक मुद्दामा समुदायमा बोल्न सक्ने हिम्मत आएको उहाँले बताउनु भयो। स्कुले बालबालिकालाई लैंगिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गर्नका लागि कालिका मानव ज्ञान मावि बुटवलमा कानून अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थी रूपन्देही र पश्चिम नवलपरासीका …

0 comment
0 FacebookTwitterEmail

तामाकोसी नदीमा पानीको बहाव कहिले बढ्छ पत्तो हुँदैन। हिमालको हिउँ पग्लिएपछि तामाकोसीको बहाव बढ्छ। हिमाली खोला खोल्छामा आउने वर्षे भेलले पनि कोसीमा पानीको सतह बढिरहेको हुन्छ। जब कोसीमा पानीको बहाव बढ्छ– तटीय क्षेत्रमा एकोहोरो खतराको सूचक साईरन बज्न थाल्छ। किनकी तामाकोसी नदी, कैयौं जोखिमयुक्त हिमतालको पानीमा निर्भर छ।
दोलखा, बैतेश्वर गाउँपालीका बुस्ति की ६५ वर्षीया कान्छी माया तामाङ… कोसीको भेल, स्थानीय प्रशासनको अवरोध र संभावित बाढीको जोखिम छल्दै सबेरै तामाकोसीको भँगालोमा पस्नुहुन्छ।
अहिले पानी नपर्ने र नदीमा भेल नआउने मौसम भएकाले प्राकृतिक रूपमा उहाँलाई कत्ति पनि त्रास छैन। खोला भित्र पसेर बालुवा निकाल्दा चिसो हिमाली पानीले हात गोडा कटक्कै पार्छ …

तामाकोसीको भँगालोमा कान्छी मायाको पौंठेजोरी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved