Home » Archives for February 2023 » Page 4
Monthly Archives

२०७९ माघ २६, बिहीबार २१:५६

सन् २०१३ मा हालिएको एउटा कर छुट सम्बन्धी रिट निवेदनमा १३ जनवरी २०२३ मा भारतको सर्वोच्च अदालतले गरेको फैसलामा प्रयोग भएको एउटा शब्दावलीका कारण अशान्त भएको सिक्किम राज्य आजबाट शान्त भएको छ।

हिजो भारतको सर्वोच्च अदालतले आफुले गरेको फैसलामा सिक्किमका नेपाली भाषीलाई आप्रवासी /विदेशी भन्ने शब्द फैसलाबाट हटाएपछि तनावमा रहेको सिक्किम आजबाट सामान्य लयमा फर्किएको हो।

सिक्किम विधान सभामा आज त्यहाँका सबै विधायकहरू र सिक्किम सरकारको तर्फबाट अभूतपूर्व एकताका साथ सर्वोच्च अदालतलाई सच्याउन संघर्ष गरेका सिक्किमेली जनताहरूलाई धन्यवाद दिएको छ।

आज विधान सभाले एक तीनबुँदे एक विशेष प्रस्ताव पारित गर्दै सन् १९७५ मा भारतमा बिलय हुँदा दफा ३७१ मा स्वीकार …

सिक्किमको समस्या समाधान भयो त?
0 comment
0 FacebookTwitterEmail

वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेवापसको प्रतिनिधिमण्डलले आज भेट गरी प्रधानमन्त्रीसमक्ष एक ज्ञापनपत्र समेत बुझाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले नेवापसले वातावरणका विषयमा लामो समयदेखि पैरवी गर्दै आएको बताउँदै नेवापसले अघि सारेका कार्यहरूमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेवापसले समसामयिक वातावरणीय मुद्दाहरूलाई निकै मेहनतसाथ र मार्मिकरूपमा प्रस्तुत गरेकामा धन्यवादसमेत दिनुभयो । नेपाल वातावरण पत्रकार समूहका अनुसार, नेवापसको ज्ञापनपत्रमा जलवायु परिवर्तन नेपालका लागि मात्र नभएर विश्वकै लागि चिन्ता र चासोको विषय …

0 comment
0 FacebookTwitterEmail

भारतको महाराष्ट्रमा  पत्रकार शशिकान्त वारिसेको हत्या भएको छ।  फेब्रुअरी ६  सोमबार दिउँसो १ बजे वारिसेले समाचार लेख्दै आएका जग्गा दलाल पन्ढरीनाथ अम्बेरकरले   महाराष्ट्र राज्यको रत्नागिरी जिल्लाको राजमार्गमा वारिसेको मोटरसाइकलमा ठक्कर दिएका   थिए।

समाचार  रिपोर्टहरू  र   मिडिया वाचडग फ्री स्पीच कलेक्टिभको रिपोर्ट अनुसार उनी कार मुनि किचिए भने  आक्रामक  घटनास्थलबाट भागे। मराठी भाषाको अखबार महानगरी टाइम्सका रिपोर्टर वारिसेलाई तत्काल स्थानीय अस्पतालमा लगियो र त्यसपछि बेहोस अवस्थामा कोल्हापुर सहरको अस्पताल लगियो। मङ्गलबार बिहान गहिरो चोटका कारण उनको मृत्यु भयो।

रिपोर्टहरूका अनुसार,  प्रहरीले अम्बरकरलाई गिरफ्तार गरी  हत्याको दोषमा  अनुसन्धान गरिरहेको छ। “भारतीय अधिकारीहरूले पत्रकार शशिकान्त वारिसेको हत्यामा संलग्न सबैलाई राम्ररी अनुसन्धान गर्नुपर्दछ, र …

0 comment
0 FacebookTwitterEmail

निजामती सेवामा महिलाको उपस्थिती पछिल्लो समय राज्यको बाक्लिदै गएको छ।  नेतृत्व गर्ने स्थानमा पुगेका महिलाहरुले अब्बल कार्यसम्पादन गरेर देखाएका पनि छन्। राज्यले महिलालाई विश्वास गरेर निर्णयक तहबाट हुने कार्यको जिम्मेवारी दिएमा उनीहरूले पनि उत्कृष्ट कार्यसम्पादन गरी राज्यको हितको लागि योगदान दिन सक्छन भन्ने उदाहरण बनेका छन् भर्खरै सिडिओ बनेका ९ जना महिला।

गृह मन्त्रालयले माघको पहिलो हप्ता विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेसँगै नौ जना महिलाले जिल्ला हाँक्ने मौका पाएका हुन्।  एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएसँगै  नौ जिल्लाको  प्रशासनिक नेत्तृत्व महिलाको काँधमा आएको हो। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको सरुवा सम्बन्धी कार्यविधि अनुरुप …

नौ जिल्ला महिला सिडिओ:क्षमता भएका महिलालाई जिम्मेवारी दिएमा अब्बल दर्जाको काम गर्न सक्छन्
0 comment
0 FacebookTwitterEmail

पुस महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, मधेशमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ पुस महिनामा यी क्षेत्रहरूमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।

पुस महिनामा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनका अनुसार पुस महिनामा …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो ‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने एउटा एजेण्डा हो। प्रभावकारी नै छ पनि। सबै अनुभवी माननीयज्यू हुनुहुन्छ। एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा।’’

उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला। तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ। मैले ०६२/०६३ सालको …

0 comment
0 FacebookTwitterEmail

कुनै बुढी आमैकहाँ राती बास बस्न एउटा पाहुना आउँछ। भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ।अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौ। सत्रुको बीचमा गएर लड्न थाल्ने। त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ।

चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा नायक भनिएका राजा वा राजगुरु सबैका पछाडि जोडिएको यस्तै बुढी आमाको कथा तपाईँले पनि सुन्नु भएको होला।

उमेर र अनुभवका हिसाबले भर्खरै सत्ता छोडेका रवि लामेछानेलाई “भाई” भन्दै त्यही दन्त्यकथा सम्झाउन चाहन्छ, यो पंक्तिकार। तात्‌तातो दाल भात छेउबाट खान थालौ रविभाई, बीचबाट खान शुरु गर्दा …

0 comment
0 FacebookTwitterEmail

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचनको चर्चामा देशको राजनीति केन्द्रित हुँदै गएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको लागि आगामी फागुन २५ गतेको दिन निर्धारण गरिसकेको छ।

राष्ट्रपति निर्वाचनमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरू तथा सातै प्रदेशका प्रदेश सभाका सदस्यहरू मतदाता रहन्छन्। तर संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यको मतभार भने फरक फरक हुन्छ।

निर्वाचन नजिककिंदै गएपछि सम्भावित उम्मेदवारहरूको बारेमा पनि चर्चा परिचर्चा सुरु भएका छन्। सत्तारुढ दलहरूको गठबन्धन यस चुनावमा एकताबद्ध भएर प्रस्तुत हुने संभावना पनि क्षिण हुँदै गएको छ भने नेपाली कांग्रेसले यही चुनाव मार्फत राष्ट्रिय राजनीतिको अहिलेको समिकरणलाई बदल्ने रणनीति लिएको छ। स्वतन्त्र …

0 comment
0 FacebookTwitterEmail

लामो समय वैदेशिक रोजगारीमा बिताएका तनहुँ म्याग्दे गाउँपालिकाका युवाहरू पछिल्लो समय आफ्नै जन्मथलोमा व्यवसायिक रुपमा पशुपालन तथा कृषि पेशा अंगाल्न थालेका छन्। परिवारको साथमा रहेर आफ्नै गाउँठाउँमा गरिएको मेहनतबाट पनि राम्रो आम्दानी हुने देखेपछि तनहुँका केही युवाहरू अहिले व्यवसायिक रुपमा पशुपालन तर्फ आकर्षित हुन थालेका छन्।

विदेशमा गएर पसिना बगाउनुभन्दा स्वदेशमै बसेर काम गर्दा विदेशकै जतिनै आम्दानी हुने भएपछि पशुपालनतर्फ आकर्षित भएको युवाहरूले बताउने गरेका छन्। तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ का अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपैयाँको लगानीमा पोल्ट्री फार्म सञ्चालनमा ल्याउनुभएको छ।

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने उद्देश्यसहित सञ्चालित पोल्ट्री फार्ममा हालसम्म छ करोड रुपैयाँ बराबरको …

0 comment
0 FacebookTwitterEmail

नेपालमा सार्वजनिक यातायातमा हुने यौन दुर्व्यवहारको अवस्था भयावह छ। बेलाबेलामा महिला प्रहरी आफै बस वा टेम्पो वा माइक्रो चढेर आफै यौन दुर्व्यवहारको सिकार बनेर पीडकहरूलाई समाउनु पर्ने अवस्था छ। यौन दुर्व्यवहार भोग्ने अथाह पीडामा हुन्छन् बाँकी यात्रुचाहिँ तै चुप मै चुपको स्थीतिमा।

बेलायतको राजधानी लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई आह्वान गरेका कुराबाट हामीले केही सिकेर यौन दुर्व्यवहारलाई बन्द गराउन सक्छौ की?

सार्वजनिक यातायातमा यौन उत्पीडनको अनुभव जस्तोसुकै भए पनि, हामी तपाईंलाई यो ठीक छैन र यसलाई सहनु हुँदैन भनेर अगाडि आउनु पर्छ भन्ने आह्वान लण्डनको सार्वजनिक यातायात सेवाले आमयात्रीलाई गरेको  छ।

यी परिस्थितिहरूमा निरीह भएर शक्तिहीन महसुस गर्न सजिलो छ। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved