Home » Archives for February 2023 » Page 3
Monthly Archives

२०७९ फाल्गुन ६, शनिबार ०६:३२

विभिन्न खाडी मुलुकहरूजस्तै ओमान पनि नेपालको वैदेशिक रोजगारको लागि प्रमुख गन्तव्य मुलुक बनेको छ। नेपालले ओमानसँग २१ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना गरेसँगै दुबै देशबीच सुमधुर सम्बन्ध रहदै आएको छ।  नेपालले ओमानमा १, सेप्टेम्बर २०१३ मा कार्यवाहक राजदूतस्तरमा र २०१७ मा  राजदूतको नियुक्ति भएपछि राजदूतस्तरमा स्तरोन्नती गरी राजदूतावासबाट नेपाली श्रमिकका हककित र चासोका सम्वन्धमा विभिन्न कार्य हुँदै आएका छन्। नेपाल र ओमानले अन्तर्राष्ट्रिय मामिलाहरूमा साझा धारणा राख्छन भने संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन लगायत विभिन्न अन्तर्राष्ट्रिय संगठनहरूका सदस्यहरू रहेका छन्। पर्यटन, लगानी, व्यापार लगायतका क्षेत्रहरूमा प्रशस्त अवसरहरू रहेको मुलुक ओमानमा नेपालको प्रतिनिधित्व गरिरहनुभएको छ राजदूत डोरनाथ अर्यालले। गत चैतमा …

अवैधरुपमा ओमान आएका घरेलु महिला कामदारका समस्या निकै चुनौतिपूर्ण  –  डोरनाथ अर्याल,  ओमानका लागि नेपाली राजदूत
0 comment
0 FacebookTwitterEmail

२०४६ सालको परिवर्तन पछिको तत्कालिन सरकारले अघि बढाएको खुला बजार अर्थतन्त्रको नीति र सार्वजनिक संस्थानको निजीकरणको कदमलाई नेपाली अर्थतन्त्र आयातमुखी र विप्रेषणमा निर्भर हुनुको मुल कारणका रुपमा लिनेहरूको निकै ठूलो संख्या नेपालमा छ। त्यसको विकल्पमा सरकारले नै कलकारखाना खोल्नुपर्ने मत राख्नेहरू अहिले पनि छन्। यो अझैसम्म चुनावी राजनीतिको एजेण्डा समेत बन्ने गरेको छ। युवालाई वैदेशिक रोजगारीमा पठाइएको कारणले कृषि र गैर कृषि क्षेत्रमा आन्तरिक उत्पादन बढ्न नसेकेकोले बैदेशिक रोजगारीमा जानमा रोक लगाउनु पर्ने मत पनि बलीयो नै छ। विगतमा खाद्यान्य निर्यात गर्ने नेपालले अर्वौको चामल आयात गरिरहेको सन्दर्भमा अहिले भन्दा पञ्चायती व्यवस्था नै ठिक थियो भन्ने तर्कले पनि स्थान पाइरहेकै …

0 comment
0 FacebookTwitterEmail

गत वर्ष च्याट जीपीटि शुरु भए लगत्तै अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई- कृत्रिम बुद्धिमत्ता) च्याटबोटलाई षड्यन्त्र सिद्धान्तहरू (कन्सेपेरेसी थ्योरीज) र भ्रामक सूचनाहरू सहितका प्रश्नहरू सोधेर के उत्तर लेख्ने रहेछ भनेर परीक्षण गरे।नतिजा अनौठो आयो – समाचार, लेख, निबन्ध र टेलिभिजन स्कृप्टको ढाँचामा लेखिएका आलेखहरूमा अनुसन्धानकर्ताहरूले  काट्ने ठाउँ  नै भेटाउन सकेनन्।

“यो एआई टुल इन्टरनेटमा भ्रामक सूचना तथा गलत जानकारी फैलाउनको लागि सबैभन्दा शक्तिशाली टुल हुनसक्छ,” इन्टरनेटमा फैलाइने भ्रामक सूचनाका सम्बन्धमा अनुसन्धान गर्ने कम्पनी न्न्यूजगार्डका सह-प्रमुख कार्यकारी गोर्डन क्रोभिजले भने, ” यो एआई टुलले भयानक रूपमा भ्रामक सूचना तथा झूटो कथाको सिर्जना गरेर मजाले हल्ला फैलाउन सक्छ।”

शोधकर्ताहरूका अनुसार– मानिसले सिर्जना …

0 comment
0 FacebookTwitterEmail

कर्मचारी सरुवा बढुवाको विषयलाई लिएर मन्त्री र कर्मचारी संगठनका नेताहरूबीच भनाभन भएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवामा वेथिति भएमा वा घुस खाएको पाएमा कारवाही गर्ने वताएपछि रन्थनिएका कर्मचारीका नेताहरू मन्त्रीलाई सहयोग गर्नुको सट्टा आरोपप्रत्यारोपमा उत्रिएका छन्।

मंगलवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा कर्मचारी संगठनका नेताले सामान्य प्रशासन मन्त्रालयको हरेक कोठामा कर्मचारी सरुवाको दलाली हुने गरेको आरोप लगाएपछि मन्त्री मोदीले सरुवामा दलाली हुने गरेको सूचना दिएमा अन दि स्पट कारबाही गर्ने वताउनुभयो। मन्त्री मोदीले मन्त्रालयमा ५ वटा कर्मचारी सङ्गठनहरूसँग निजामती सेवा ऐन ,कर्मचारीहरूको बढुवा प्रणाली, प्रमुख प्रशासकीय अधिकृत, नायब सुब्बाको माग र ट्रेड युनियनहरूको विषयमा छलफल …

0 comment
0 FacebookTwitterEmail

बिहानको शिरशिरे बतास। भेरी किनारै किनार यात्रा इखेनीतर्फ मोडियो। आफ्नै गतिमा शान्तसँग बगेको भेरी नदि र भेरी नदिको छेउमै इखेनी बस्ती। यात्रा बराहताल गाउँपालिका –६ इख्यानीमा पुगेर एक अनौठो दृश्यमा आँखा ठोक्किए। चिसो छल्नलाई टाउकोमा रुमाल। हातमा बैशाखि चिसो छल्न शरिरमा पर्याप्त लुगाकपडा थिएन। उनको ध्यान भने नजिकैको रेडियोमा थियो।

ठुला ठुला महल होइन…….. सिप सिकाउने झुपडी देउ …….. दैव हिंसा माग्ने मैदान होइन…….. धान उमार्ने खेत देउ……..  झुपडीमा हात तिखार्छु …….. खेतैभरि पसिना चुहाउँछु …….. अब आउने साल हेर……..  हो …मेरो चन्द्र सुर्य फर्फराउँछु

कलाकार कर्ण दासले गाएको गित रेडियोमा बजिरहेको थियो। गितमा भनेजस्तै उनीसँग नत राम्रै झुपडी नै …

जनयुद्ध दिवसमा सबैले भुलेका एक अपाङ्ग योद्धाको शुभकामना  
0 comment
0 FacebookTwitterEmail

एक प्रख्यात चिनियाँ अर्थशास्त्रीले देशमा घट्दो जन्मदरलाई बढाउनका लागि विवाह गर्न सक्ने पाउने न्यूनतम उमेर घटाउन सरकारलाई आग्रह गरेका छन्।

चिनियाँ सामाजिक सञ्जाल उइबोमा ठूलो संख्यामा “फलोअर्स” भएका अर्थशास्त्री रेन जेपिङले यो आग्रह गरेका हुन्। यो कदमले जनसङ्ख्या वृद्धिलाई रोक्नको लागि ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने मानिसहरूको सोचाइ परिवर्तन गर्ने उनले बताए ।

“विवाहको लागि कानुनी उमेर घटाउनु भनेको जनतालाई शक्ति फिर्ता गर्नु हो, उनीहरूलाई छनोट गर्ने अधिकार फिर्ता दिनु हो,” रेनले आफ्नो उइबो खाताको पोस्टमा लेखेका छन्। उनले महिलाहरूको न्यूनतम उमेर २० बाट १८  मा झार्न र पुरुषहरूको लागि न्यूनतम उमेर २२ गर्न सुझाव दिएका …

0 comment
0 FacebookTwitterEmail

नेपाल चिकित्सक संघको आन्दोलन पछि सरकार ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’  फेर्न तयार भएको छ। यही कार्यविधिका कारण नै नेपालका कथित “भिभिआईपी” हरूको आवागमनलाई राजतन्त्र कै शैली “सवारी” चलाउने गरिएकाले आमजनतालाई असहज हुँदै आएको छ।

माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा बन्द हुन। चिकित्सकहरूको आन्दोलनलाई सम्बोधन गर्न आइतबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालयमा नेपाल चिकित्सक संघ तथा सरकारका प्रतिनिधिबीच वार्ता भएको हो।

वार्तामा विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र …

0 comment
0 FacebookTwitterEmail

आजकाल हरेक बिहान ठिक ९बजेर ५५ मिनेटमा पर्साको जिल्ला प्रशासन कार्यालयको आँगनमा राष्ट्रिय झन्डा नजिकै साउन्डबक्समा म्यूजिक बज्न थाल्छ। सरकारी कार्यालयको परिसरमा धुन बजेको  देखे पछि कामका लागि आउन थालेका सेवाग्राही पनि त्यतै लाग्छन्। विस्तारै त्यहाँ रहेको कार्यलय प्रमुखको कार्यकक्ष भवन मुनि सबै कर्मचारी पनि लाइनमा उभिन थाले।

कार्यालय परिसरमा पस्नै लागेका कर्मचारी पनि ठिक १० बजे पङ्तिमा उभिन हतारिदै आएको दृश्यले पनि नव आगन्तुक सेवाग्राहीको ध्यान गजबले केन्द्रित गरिरहेको हुन्छ। १० बजे राष्ट्रिय गान बज्छ अनि सबै कर्मचारी तथा कार्यालय परिसरमा उपस्थित सेवाग्रही समेत राष्ट्रिय गानमा सहभागी हुन्छन्।राष्ट्रिय गान सकेपछि सबै कर्मचारीहरु आ–आफनो फाटमा लाग्छन्।यसरी प्रत्येक दिन जिल्ला प्रशासन …

0 comment
0 FacebookTwitterEmail

संघियताको प्रभावकारी कार्यान्वयनको लागि संघीय निजामती ऐन तत्काल कार्यान्वयनमा ल्याउन पूर्वसचिवहरूले सुझाव दिनुभएको छ। ऐनलाई समयसापेक्ष बनाएर अघि बढाउन वताउँदै पूर्व सचिवहरूले  संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गरी पारित गर्नुपर्ने सुझाव दिनुभएको हो। सङ्घीय मामिला  तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग यो साताको अन्त्यमा भएको छलफलमा पूर्व सचिवहरूले संघीयता कार्यान्व्यनका लागि निर्णायक मानिएको निजामती सेवा ऐन कार्यन्वयन ढिला भएको उल्लेख गर्दै समयसापेक्ष बनाएर अघि बढाउन सुझाव दिनुभएको थियो।

छलफलमा पूर्वसचिवहरू मधुरमण आचार्य, डा. मानबहादुर विके, विमल वाग्ले, बालकृष्ण प्रसाई, कृष्णहरि बास्कोटा र शङ्कर अधिकारी सहभागी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ। पूर्वसचिवहरूले नेपालमा संघीयता लागू भए पनि …

संघीय निजामती ऐन तत्काल संसदमा पेश गर्न पूर्वसचिवहरूको सुझाव
0 comment
0 FacebookTwitterEmail

१५ बर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा नीजि क्लिनिकहरूमा हुने गर्दथे। तर विगत १५ बर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरै समय पिरोलिनु परेको छैन। सामुदायिक आँखा अस्पतालले बिरामीको मन र विश्वास जित्न सफल भएको छ । विरामीहरू यहाँ आकर्षित हुनु यहाँको उपचार पद्धति,सफा र शान्त सुविधायुक्त सेवा नै हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले  दैनिक ३ सय जना आँखाका बिरामीलाई सेवा दिइरहेको छ । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाको रूपमा यो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved