Home » Archives for March 2023
Monthly Archives

२०७९ चैत्र १७, शुक्रबार १६:०४

मेरो नाम खैरुल खातुन हो । म ३६ वर्षको भएँ । मेरो घर सिराहा जिल्ला गोलबजार १३ मा पर्दछ । साहुको नाम रामलखन महतो हो र अर्को साहुको नाम लाल चमार हो । मैले राम लखनसँग पचास हजार रुपैयाँ लिएको थिएँ, र त्यो पैसा मैले दिएँ पनि, तर उसले ३ लाख १५ हजारको कागज बनायो र अदालतमा जमिन रोक्का गरायो । मैले जति भनेपनि सुनेन  । अझै ५–६ लाख दे भन्छ । अब मसँग पैसा छैन । मैले कसरी दिनु ? अब म पैसा दिन्नँ ।

मैले पैसा लिएँ त सरकारको नियम अनुसार लिनुस् । उसको मर्जी अनुसार त म

मिटरब्याज पीडितको बयान: साहुको धम्कीदेखि डराउँदिनँ
0 comment
0 FacebookTwitterEmail

कृषि क्षेत्रमा सरकारले दिँदै आएको अनुदानको झापामा पनि दुरुपयोग भएको एक सरकारी अध्ययनले नै देखाएको छ ।

झापाको अर्जुनधारा नगरपालिका –८ शनिश्चरेमा रहेको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले डेरी उद्योग सञ्चालनका लागि ल्याएको अनुदान रकम दुरुपयोग भएको छ ।

सहकारीले कृषि उद्यम सञ्चालनका लागि विश्व बैँक ऋण सहयोगमा  सञ्चालित परियोजना ‘प्याक्ट’ मार्फत ८८ लाख ९९ हजार, प्रदेश सरकारबाट १८ लाख ३० हजार, सहकारी विभागबाट आठ लाख गरी कूल एक करोड ८७ लाख २९ हजार रुपैयाँ अनुदान लिँदै डेरी उद्योग सञ्चालन गरेपनि उद्योग बन्द भएपछि सरकारी अनुदान रकमको दुरुपयोग भएको हो ।

सो उद्योग सञ्चालनका लागि भन्दै सहकारीले २०७४ सालमा ‘प्याक्ट’

सहकारीमा  अनुदानको रकमको चरम  दुरुपयोग
0 comment
0 FacebookTwitterEmail

म प्रचण्ड भएको भए म त्यही गर्थें जो उनी गर्दै छन्। किनभने उनले यो व्यवस्थामा जे गर्न सके त्यो नै उनले गरेका हुन्। त्यस मानेमा उनले कुनै अस्वाभाविक काम गरेका छैनन्। व्यवस्थाले दिएको सबै फाइदा उठाउँने र आफु बलियो हुने काम गर्नु अस्वाभाविक होइन। हुन त उनले रुचाएको र चाहेको व्यवस्था यो होइन तर उनको ईच्छा विपरित पनि काम गर्नु पर्ने हुनाले उनले यसको सक्दो लाभ उठाएका हुन्। यस मानेमा यो व्यवस्थामा भएका सबैले उनलाई मानेर बसेका छन्।

‘किन म प्रधानमन्त्री हुन ईच्छा गरें?  किनभने मैले २०६३ देखि प्रधानमन्त्री हुने खालका मानिसहरूलाई प्रधानमन्त्री बनाएँ। तर उनीहरूबाट मैले अपजस सिवाय केही …

0 comment
0 FacebookTwitterEmail

अन्ततः अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प कानूनी फन्दामा परेका छन्। न्यूयोर्क, म्यानहट्टन ग्रान्ड जूरीले बिहिबार ट्रम्पलाई अभियोग लगाएको  अमेरिकी मिडियाहरूले पुष्टि गरेका छन्।

संयुक्त राज्य अमेरिकाको इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिले आपराधिक आरोपमा मुद्दा लगाइएको यो पहिलो पटक हो। योसँगै पुन विश्वको शक्तिशाली राष्ट्रपति हुने डोनाल्ड ट्रम्पको सपना चकनाचुर भएको छ। आगामी राष्ट्रपतिय निर्वाचनका लागि डोनाल्ड ट्रम्प अयोग्य  भएका छन्।

यस मामलासँग सम्वन्धित धेरै स्रोतहरूका अनुसार, म्यानहट्टन ग्रान्ड जूरीले डोनाल्ड ट्रम्पलाई २०१६ को राष्ट्रपतिय निर्वाचन प्रचार अभियानको क्रममा आफ्नो सम्पर्कमा रहेकी एक पोर्न युवती (नाङ्गी हिरोइन) लाई मौन राख्न भुक्तान गरेको आरोपमा अभियोग लगाउन मतदान गरेको छ।

अघिल्लो साता ट्रम्पले …

0 comment
0 FacebookTwitterEmail

भारतको पञ्जाबबाट फरार अमृतपाल सिंह नामक व्यक्तिको खोजीमा भारतीय क्षेत्रीय गुप्तचर निकायसँगै खुफिया ब्युरो (आईबी) सक्रिय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पहिले पञ्जाबमा फैलिएको आतङ्कवादको क्रममा शंकास्पद देखिएका मानिसहरूलाई गोप्य रुपमा निगरानी गरिएको रिपोर्टमा जनाएको छ। यसै प्रयोजनका लागि भारतीय अधिकारीहरूले नेपाल-भारत सीमामा अलर्ट जारी गर्दै आउनेजाने मानिसहरूबाट परिचयपत्र जाँच गरेर मात्र नेपाल जान दिने गरेको समाचार स्रोतले जनाएको छ।

नब्बेको दशकमा पञ्जाबमा फैलिएको आतङ्कवादको समयमा धेरै डरलाग्दा आतङ्कवादीहरूले यस क्षेत्रमा शरण लिएका थिए। प्रहरीको नजरमा त्यसबेला यहाँका केही किसानहरू पनि शंकास्पद थिए। उनीहरूको सूची पनि तयार भएको थियो तर पञ्जाबमा आतंकवाद समाप्त भएपछि त्यो सूचीको उपयोगिता पनि समाप्त

0 comment
0 FacebookTwitterEmail

एक महिना अघि रौतहटको गौर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा पठाइएका कर्मचारी  मोहन घिमिरेलाई हाजिरै गर्न नदिइ संघमा फर्काइयो। साथै  मोरङको रतुवामाई नगरपालिकामा खटाइएका नारायण न्यौपाने लाई पनि सो नगरपालिकाले हाजिरै गर्न दिएन।  त्यस्तै दक्षिणकाली नगरपालिकाले महिला भएको कारण काम गर्न गाह्रो हुने भन्दै  प्रमुख प्रशासकिय अधिकृत इन्दु अर्याललाई संघमै फर्काइदियो।  दक्षिणकाली नगरपालिकाका मेयरले महिलालाई सो ठाँउमा गाह्रो हुने भएका कारण देखाउँदै समान्य प्रशासन मन्त्रालयले खटाएकी अर्याललाई फिर्ता पठाए।

यी त केही उदाहरण मात्र हुन् , विभिन्न स्थानीय निकायले आफ्नो रोजाइमा नपरेका करिब दुई दर्जन कर्मचारीलाई संघमै फर्कादिएका छन्।  संघिय मामिला तथा समान्य प्रशासनले विभिन्न स्थानिय तहमा प्रमुख प्रशासकिय अधिकृत …

0 comment
0 FacebookTwitterEmail

मेरो नाम गरिमा राय हो। म १३ वर्षकी भएँ। मेरो घर सिराहा जिल्ला, बेलाहमा छ। म हाल मिरचैयामा बस्छु। म कक्षा ५ मा पढ्छु। मेरो स्कुलको नाम स्वस्तिक पाठशाला हो। मेरो ममीको नाम ममता राय हो।

मेरो ममीले सुजाता साहसँग २ लाख रुपैँया लिनु भएको थियो। भाई आकाश राय बिरामी हुँदा, ब्रेनट्युमरको उपचारका लागि लिनुभएको हो। ममीले सुजातालाई ३५ लाख रुपैँया तिरिसक्नु भयो। त्यसमाथि सुजाताले २ वटा जग्गा पनि लिइसक्नुभयो।

अनि अरु मान्छेसँग पैसा उठाएर आफुले लिने अनि मेरो ममीले लिएको भनेर कागज बनाईदिएर तिनको पैसा पनि तिरिहाल भनेर धम्की दियो। मेरो ममीले त्यो पनि तिरिदिनु भयो।

लघुवित्तमा पनि ५ …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही लुम्बिनीको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गर्नु भएको हो । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत पनिभन्दा कम खर्च भएको छ।

प्रदेश योजना आयोगले दाङको देउखुरीमै प्रदेश विकास समस्या समाधान समितिको बैठक राखेर मन्त्री र मन्त्रालयका सचिवहरूलाई देखिएका समस्याको जानकारी दिन र समाधान खोज्न निर्देशन पनि दिएको छ ।

समीक्षामा सबै मन्त्रालयको अहिलेसम्मको प्रगति र आगामी कार्ययोजनाबाट समीक्षा र छलफल भएको छ । बैठक मन्त्रालयगत छलफल भएको थियो। छलफलमा चार मन्त्रालयले विनियोजन भएको बजेट र खर्चको अवस्थाको विषयमा छलफल गरेपनि  धेरै …

0 comment
0 FacebookTwitterEmail

मेरो नाम लिलीयादेवी ठाकुर हो । घर सिराहा जिल्ला सुखीपुर नगरपालिका –८ ।
मैले राजाराम साह साहुसँग डेढलाख रुपैयाँ लिएको थिएँ । तर राजाराम साहले मसँग नौ लाख रुपैयाँ माग्यो । फेरि मेरो छोरा विदेश जाने बेलामा मैले ३ लाख रुपैयाँ माग्दा २ लाख १० हजार मात्र दियो । मेरो घरमा बारम्बार आँउदै धम्की दिदै जान्छ ।

मैले ८-९ लाख रुपैयाँ दिइसकेँ, अब त्यो भन्दा दिन सक्दिन । १० लाखको कागज बनाएर अब २० लाख रुपैयाँ माग्या छ । घरमा आँउदै धम्की दिन्छ त्यसैले घरबाहिरै बस्छु, घरमा पनि त्यती जान्न ।

मेरो छोरालाई पनि धम्की दिन्छ, घरखाली गर भन्छ, नत्र …

हामीलाई न्याय दिनोस्
0 comment
0 FacebookTwitterEmail

 वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगञ्जका पाँच वटा  उद्योगलाई दण्डित गरेको छ। नदि प्रदुषण गर्ने उद्योगहरूलाई महानगरपालिकाले कार्यवाही गर्दै  १५ लाख रुपैयाँ जरिवाना गरिएको पत्र काटेको छ।
महानगरपालिकाले वीरगञ्ज – पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरिवाना गरेको हो। वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटाइल प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पल्प एण्ड पेपर प्रालिलाई ३/३ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ।
नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र तोकिएको

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved