Home » Archives for March 2023 » Page 2
Monthly Archives

२०७९ चैत्र १४, मंगलवार २०:१२

कोशी प्रदेश नामकरणको विषयलाई लिएर पूर्वमा आन्दोलन भुसको आगो झै फैलिदै गएको छ तर त्यसलाई समाधान गर्ने तर्फ कुनै गम्भीर कदम चालिएको देखिदैन। गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतका साथ कोशी प्रदेशको नाम पारित गरेसँगै पहिचान पक्षधरले आन्दोलन चर्काएका हुन्।

प्रदेशसभामा रहेका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेपछि प्रदेशको नाम राख्न आवश्यक पर्ने दुई तिहाइ बहुमत पुगेपनि राप्रपाले समेत कोशी प्रदेशमा समर्थन गरेपछि प्रदेशको नामाकरण गरिएको थियो।

प्रदेशको नामकरणका लागि प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव पेस भएता पनि नेकपा एमालेका प्रदेशसभा सदस्य राम राना मगरले ‘कोशी’ नाम राख्ने प्रस्ताव गरेका थिए। …

0 comment
0 FacebookTwitterEmail

म्याद गुज्रेको खाद्य फेरि प्याकिङ गर्दागर्दै प्रहरी पुगेपछि वीरगञ्जका उद्योगमा भागाभाग भएको छ। फुडको नेपाल क्रोप प्रा.लि. एवं स्नेक एण्ड प्याक इन्डस्ट्रिजको गोदामबाट प्रहरीले २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री फेला परेको हो। ति दुबै फर्मको गोदाम उपभोक्ताले दैनिक प्रयोग गर्ने सम्पूर्ण मसला, सस, मह, चकलेट, स्याम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरू रि–प्याकिङ्ग गर्ने गरेको भेटिएको छ। विशेषगरी बच्चाहरूले खाने विभिन्न ब्राण्डका चकलेट म्याद सकिएपछि उनीहरूले रि–प्याकिङ्ग गर्ने गरेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा ती उद्योगमा छापामारी गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार दिउसो वीरगञ्ज पावरहाउ …

0 comment
0 FacebookTwitterEmail

विमती र नागरिक समाज माथिको दमन मानअधिकार उल्लघंनको एक प्रमुख प्रवृत्ति मध्ये पर्दछ । अभिव्यक्ति स्वतन्त्रता र संघ संस्थामा हुने केही दमनहरू सशस्त्र द्वन्द्वसँग सम्बन्धित छन् । रूसको नयाँ कानुनले युक्रेनमा छेडिएको युद्धको बारेमा आलोचनात्मक तरिकाले उल्लेख गर्नलाई कडा रूपमा रोकेको छ। यसले गर्दा हजारौं प्रशासनिक र फौजदारी अभियोगहरू लगाइयो र दर्जनौं स्वतन्त्र मिडियाहरुलाई बन्द गरियो । इथियोपियामा अधिकारीहरूले स्वेच्छाचारी रूपमा मिडियाकर्मीहरूलाई गिरफ्तार गरे र यसले शान्तिको आह्वान गर्ने नागरिक समाजका संगठनहरूको प्रयासलाई छेक्यो ।

अन्य ठाउँमा भएका दमनहरूमा सरकारले सशस्त्र तवरमा सत्ताविप्लप गरी सत्ता हत्याएको छ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले सन् २०२१ मा देश कब्जा गरेपछि उनीहरूबारे आलोचनात्मक रिपोर्टिङ …

0 comment
0 FacebookTwitterEmail

हरेक वर्ष सरकारले बजेट भाषणमा करिब ७ अर्ब रुपैयाँ युरिया, डिएपी मलका लागि अनुदान रकम विनियोजन गर्दै आएको छ। तर उक्त अनुदान कहाँ खर्च हुन्छ ? पारदर्शी जवाफ राज्यसँग छैन। किनकी किसानले अनुदानको मल किन्नै पाउँदैनन्। अनुदानको मल किसानलाई बाँड्न नसक्ने सरकारले १५ वर्षदेखि अनुदानमा भईरहेको खर्च पारदर्शी नगरी अनुदान नै कटौती गर्ने निर्णय गर्‍यो। तर सरकार निर्णयमा टिक्न सकेन। जबकी सरकारले मल अनुदान शीर्षकमा यो बीचमा करिब ५० अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ। तर खर्च विवरण पारदर्शी छैन। जुन बजेटले मुलुक मै मल कारखाना खुल्न सक्थ्यो। अहिले न अनुदान किसानले पाएका छन् न सरकारी कोषमा पैसा …

0 comment
0 FacebookTwitterEmail

सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउने वीरगञ्ज महानगरपालिकाको अभियानलाई बारा पर्साका उद्योगीहरूले पुनः एक पटक धोती लगाइदिएका छन्। उद्योगीहरूको अटेरीले गर्दा सिर्सिया प्रदुषण मुक्त अभियान सबै र सधैको लागि एउटा नारा मात्रै साबित हुदै आएको छ। झन्डै डेढ दशक देखि खोलालाई प्रदूषणमुक्त बनाउने प्रयास भइरहे पनि उद्योगहरूको अटेरीपन जारी छ। पछिल्लो समय वीरगञ्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि प्रभावकारी भएको छैन। परिणम स्वरुप सोमबार चैते  छठ पुजाका ब्रतालुहरू दुर्गन्धित र प्रदुषित पानीमै बेलुकाको अर्घ दिएका छन्।
विभिन्न उद्योगहरूले सिर्सिया नदीमा मिसाएको रासायनिक कालो लेदो सहितका प्रदुषित पानीका कारण महानगरवासी फेरि एक पटक आजित भएका छन्। सिर्सिया नदीको किनारमा चैते छठ …

0 comment
0 FacebookTwitterEmail

देशको आर्थिक अवस्था गम्भिर मोडमा पुगेको छ । सरकारले आफ्नो नियमित खर्च धान्नको लागि आन्तरिक बजारबाट २२ अर्ब रुपैयाँ ऋण उठाउने निर्णय  लिएको छ । 

हिजो आइतबारसम्मको विवरण अनुसार सरकारले चालु आर्थिक वर्षमा ८ खर्ब ९ अर्ब ५१ करोड ८२ लाख खर्च गरेको छ । तर, सरकारले ६ खर्ब ४४ अर्ब ९ करोड ३२ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । यसरी सरकार यो वर्षको ८ महिनाको हिसाबमा १ खर्ब ६५ अर्बभन्दा बढी घाटामा गएको छ । 

महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको सरकारको दैनिक असुली र भुक्तानीको विवरण अनुसार चालु आर्थिक वर्षको ८ महिना १२ दिन बितिसक्दा सरकारले संकलन गर्ने

0 comment
0 FacebookTwitterEmail

विस‌ २०६२/६३ मा भएको अभूतपूर्व ऐतिहासिक जन आन्दोलनको सफलता पश्चात शुरु भएको शान्ति प्रक्रिया अन्तर्गत २०६३ मंसिर ५ गते नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष लागेको छ। यो १७ वर्षमा राजनीतिक संक्रमणबाट मुलुक मुक्त भइसकेपनि विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालिन न्याय प्रक्रिया भने टुंगोमा नपुगेको मात्र होइन, अलपत्र परेको छ, पारिएको छ। यसमा प्राय सबै प्रमुख राजनीतिक दलहरूमा इमान्दारीताको अभाव देखिएको छ।

पीडितलाई न्याय र पीडकलाई सजायसहित संक्रमणकालीन न्यायलाई तार्किक/तात्विक निष्कर्षमा पुर्‍याउने इच्छाशक्ति, विगतदेखि वर्तमानसम्मका सरकारहरूमा देखिएन। २०६३ वैशाख ११ पछि गठन भएका १३ वटा सरकार मध्ये एउटा गैर दलिय सरकार

लोकतन्त्रको १७ वर्ष : संक्रमणकालीन न्याय अलपत्र
0 comment
0 FacebookTwitterEmail

मिटरब्याज पीडितहरू संघर्ष गर्नका लागि पैदल नै काठमाडौँ आइपुगेका छन् । महोत्तरीको बर्दिवासबाट पैदल हिँडेका उनीहरू एघारौँ दिनमा आइतबार काठमाडौँ आइपुगेका छन्।

पीडितहरूको यो टोली बर्दिबासबाट सुरु भएको पैदलयात्रा सर्लाहीको लालबन्दी, रौतहटको चन्द्रनिगाहपुर, बाराको पथलैया, मकवानपुरको हेटौँडा हुँदै काठमाडौं आइपुगेको हो। उनीहरूको सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनुपर्ने र मिटरब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने छ।

गत जेठ २८ देखि १४ दिन र साउन १८ देखि ४७ दिन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि मिटरब्याज पीडितसँग  सरकारले असोज १ मा सम्झौता गरेको थियो । सरकारले गठन गरेको गृह मन्त्रालयका सहसचिव डा. भीष्म भूसालको नेतृत्वमा मिटरब्याजसम्बन्धी छानबिन कार्यदलले २०७९ भदौ २७ गते …

0 comment
0 FacebookTwitterEmail

-हेजोंग लिम

तथ्याङ्क, आर्थिक विकास गर्न र सामाजिक समस्याहरू समाधान गर्न योगदान गर्ने एक आधार हो । आम नागरिक र खासगरी आर्थिक गतिविधिमा संलग्न व्यवसायीहरूका लागि सरकारका सही तथ्याङ्कहरू जान्नु धेरै महत्वपूर्ण छ, किनकि उनीहरूले देशको आर्थिक वृद्धिलाई बढाई रहेका हुन्छन् । तथ्याङ्ककको मुख्य प्रयोगकर्ताहरू नागरिक नै हुन् । दक्षिण कोरियामा नागरिक समाजले यो विषयलाई मननगरी त्यहाँको कानुनमा परिवर्तन गरी खुला तथ्याङ्कलाई नीतिहरूको मुख्य धारमा ल्याउने अभियान चलाइरहेका छन् ।

खुला तथ्याङ्क कानुन २०१३ को कार्यान्वयन पछि कोरीयाली सरकारले प्रत्येक तीन वर्षमा खुला सरकार तथ्याङ्क गुरु योजना बनाइरहेको छ । यसले परिमाणात्मक तथ्याङ्कबाट गुणात्मक तथ्याङ्क जारी गर्ने परिवर्तित पद्धतिलाई दर्शाउँछ …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । बसन्त ऋतुको आगमनले रूखहरूमा पालुवा पलाएका थिए । वनभर पलाएका पालुवाले डाँडापाखा हेर्नेका मन चंगा जस्तै हुन्थे । न्याउलीको न्याउँ न्याउँ र कोइलीको कुहुकुहुले वनजंगल डाँडापाखा गुन्जायमान थिए । जोकोहीलाई त्यो न्याउली चरी र कोइली चरीको आवाजको धुनले एकान्तमा एक्लै बहकिने गराउँछ । डाँडापाखा उकाली चहार्दै कोइली र न्याउलीको धुनसँगै यात्रा ओरालो तर्फ लाग्यो । अग्ला डाँडाकाँडा निहारिँदै साल र सल्लाले सुसेल्दै गरेको स्वच्छ चिसो हावालाई फोक्सोसम्म  पुर्याउँदै आनन्दित महसुस गर्दै यात्रा भैरवी गाउँपालिका– १ र दुल्लुको बिचमा पर्ने नाभिस्थान खोली किनारमै पुग्यो । आँखा अनौठो दृश्यमा ठोकियो र हिँड्दै गरेको पाइला टक्क रोकियो । 

त्यो अनौठो दृश्य

राउटेको फेरिदो जीवनशैली : कृषि गर्ने देखि पढ्ने लेख्नेसम्म
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved