Home » Archives for August 2023
Monthly Archives

२०८० भाद्र १४, बिहीबार ०७:३३

यो बाराको एउटा पुल हराएको कथा हो। अहिलेका उपराष्ट्रपति रामसहाय यादवले गतवर्ष असोज ९ गते शिलान्यास गर्नुभएको पुल सरकारी फाइलहरूमा कतै हराएको छ। मङ्सिरको चुनावमा जनताको आँखामा छारो हालेर भोट बटुल्नका लागि उपराष्ट्रपतिबाट शिलान्यास गराइएको थियो।  

अहिले वर्षाको समय देशका धेरै स्थानहरू अहिले नागरिकहरूले खोला नदीहरूमा पुल नहुदाँ निकै सास्ती भोगिरहेका छन्। कतिपय स्थानहरूमा पुल बगाएका छन्, कतिपय स्थानमा वर्षौँदेखि निर्माण अधुरै छन् भने कतिपय स्थानमा पुल निर्माण नै हुन सकेको छैन।

यस्तै समस्या बारा जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर, रघुनाथपुरमा पनि छ। वर्षौँदेखि यसै गाउँ जोड्ने पसाह नदीमा पुल निर्माण नहुदाँ यहाँका नागरिकहरूले सास्ती भोग्दै आएका छन्। वडा

0 comment
0 FacebookTwitterEmail

देशको समग्र शैक्षिक अवस्थाको गुणात्मक सुधारका लागि तीन वटै तहका सरकार जिम्मेवार हुनु पर्ने देखिएको छ। तर शिक्षाको चिन्ता भन्दा पनि सबैजसोलाई आफन्त र आफ्ना निकट नेताको निजी विद्यालयमा रहेको लगानीमा बढी चिन्ता लिइदिँदा शैक्षिक अवस्थामा गुणात्मक सुधार आउन सकेको छैन। त्यसैकारण शिक्षा र शिक्षकका सम्बन्धमा सबैजसो राजनीतिक दलको नीति एकै भएपनि कार्यान्वयनमा वेवास्ता छ।  ट्याक्सएड एलाइन्स नेपालमा आबद्ध संस्थाहरूले बुधबार सामूहिक रुपमा काठमाडौँमा आयोजना गरेको “शिक्षक व्यवस्थापन र शिक्षामा लगानी” विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले उक्त कुरा बताएका हुन्।

काठमाडौँ विश्वविद्यालय शिक्षा सङ्कायका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलले पछिल्ला वर्षहरूमा नेपालमा घट्दो जनसङ्ख्याका कारण विद्यालय र समुदाय

0 comment
0 FacebookTwitterEmail

विश्लेषणः एसिया कप क्रिकेट

पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा बुधकारबाट शुरु भएको एसिया कप क्रिकेटको बहुप्रतिक्षित खेलमा नेपाल आयोजक राष्ट्र पाकिस्तानको हातबाट २ सय ३८ रनको ठूलो अन्तरले पराजित भएको छ। ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोली पाकिस्तानको धारिलो बलिङ आक्रमणका सामु निरिह देखियो र केबल २३.१ ओभरमा १ सय ४ रनमा अलआउट हुन पुग्यो। आइसीसीको एकदिवसीय वरियताक्रममा शीर्ष स्थानमा रहेको पाकिस्तानी टोलीविरुद्ध जित नै हात पार्न नसके पनि नेपालले उसलाई कडा चुनौति भने दिनसक्ने धेरैको अपेक्षा थियो। पछिल्लो समयमा नेपाली क्रिकेट टोलीले प्रस्तुत गरेको उच्चस्तरको प्रदर्शन, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको सफलता र नेपालीमा टोलीमा देखिएको …

0 comment
0 FacebookTwitterEmail

अहिले नेपालको उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित नक्सा निकै चर्चामा छ। चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भनेको छ र बेइजिङले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साइ चीनको विवादित ३० हजार वर्गकिलो मिटरभन्दा बढी क्षेत्रलाई चीनको हिस्सा बनाएपछि यसले थप विवाद सिर्जना भएको हो। किनकि चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा देखाइएको छ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ले लेखेको छ, ‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमबार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र …

सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशका दुई पूर्वमन्त्रीहरूले नियमितविपरीत निजी सुरक्षाकर्मी (पिएसओ) लिनुभएको छ। माओवादीका दुई पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो र जीवन आचार्यले पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) लिनुभएको हो।

नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आङ्बोले केही दिनअघि प्रदेशसभा सचिवालयले बाँडेको विद्युतीय (इन्डक्सन) चुलो पनि लिनुभएको थियो। पछि अन्य केही सांसदले चुलो केही सांसदले फिर्ता गरे पनि आङ्बोले भने फिर्ता नगर्ने यसअघि नै स्पष्ट पारिसक्नुभएको छ।

नियमानुसार पूर्वमन्त्री आङबो र आचार्यले पूर्वमन्त्रीको हैसियतमा पिएसओ राख्न पाउनुहुन्न। यद्यपि प्रदेश प्रहरी कार्यालयले उहाँहरूलाई निजी सुरक्षा गार्ड उपलब्ध गराएर ‘गुन’ लगाएको छ। प्रदेशमा पूर्वमुख्यमन्त्रीले मात्र निजी सुरक्षागार्ड पाउने व्यवस्था छ। पूर्वमुख्यमन्त्रीलाई असई र हवल्दार दर्जाका …

नियमविपरीत पूर्वप्रदेशमन्त्रीलाई पिएसओ, सुविधा लिनेमा आङ्बो र आचार्य
0 comment
0 FacebookTwitterEmail

चेंगसान काउन्टीले गत हप्ता आफ्नो आधिकारिक विच्याट अकाउन्टबाट एउटा सूचना जारी गर्यो । उक्त सूचना विवाह गर्नेलाई नगद पुरस्कार दिनेसम्बन्धी थियो ।

काउन्टीका अनुसार उपयुक्त उमेरमा विवाह गर्न र सन्तान उत्पादन गर्न हौसला दिन यो पुरस्कार राखिएको हो । यदि केटीको उमेर २५ या त्योभन्दा कम छ भने जोडीलाई एक हजार युआन (करिब १३७) डलर नगद पुरस्कार दिइनेछ । यसको उद्देश्य युवालाई विवाह गर्न प्रोत्साहित गर्नु रहेको बताइएको छ ।
चीनमा पछिल्लो समय जनसंख्या घट्दो क्रममा छ । घट्दो जनसंख्याबीच सरकारले युवालाई विवाह गर्न प्रोत्साहित गर्न यो योजना ल्याएको हो । यो पुरस्कारअन्तर्गत अन्य विभिन्न सेवासुविधा पनि दिइने छ । …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैंगिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । प्रादेशिक अस्पतालका लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् ।

आज प्रादेशिक अस्पतालमा भएको (ओसिएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समीक्षामा अघिल्लो वर्षभन्दा यस वर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको बताइएको छ।

प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रलाई स्थानीय तहमा सहकार्य गरेर फराकिलो बनाएर जानुपर्ने बताउनुभयो ।

‘जुन पालिका हिंसाबाट …

0 comment
0 FacebookTwitterEmail

महोत्तरी जिल्ला औडी नगरपालिका वडा नं २ मा जन्मिएका राजदेव यादव अपांग हुनुहुन्छ। तर उहाँ जन्मजातै अपांग भने होइन।

राजदेव सानैदेखि घरायसी काममा बुवा–आमालाई सघाउनुहुन्थ्यो। ‘गाँउघरमा जन्मिएको मान्छे हुँ। गोठालोदेखि गाईबस्तुलाई घाँसपात ल्याउन रुखमा चढेका धेरै अनुभवहरु छन् मसँग,’ उहाँ भन्नुहुन्छ।
एक दिन आँप खान भनेर रुखमा चढ्नुभयो। मौसम पनि सफा थियो। पानी पनी परेको थिएन। तैपनि उहाँ चढेको रुखको हाँगा भाँच्चियो। हाँगासँगै जमिनमा बजारिनुभयो।

‘रुखबाट लड्दा दाहिने खुट्टाको घुँडा बजारिएको थियो। जसोतसो घरसम्म पुगेँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि आमा–बुवा सबै घटना सुनाएँ।’

आमा–बुवालाई घटना सुनाउनु त भयो। तर पनि तुरुन्त अस्पताल लगिएन। किनकि चलन नै थिएन त्यतिबेला। उहाँहरूले नजिकैको धामीझाँक्रीकहाँ …

धामीझाँक्रीमा विश्वास गर्दा खुट्टा गुम्यो, वैशाखी टेकेर श्रम गर्दा अपमान र तिरस्कार
0 comment
0 FacebookTwitterEmail

अमेरिकी संघीय न्यायाधीशले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ट्रायल मिति तोकेका छन् । साे मिति २०२४ राष्ट्रपतिको प्राथमिक चुनावको बीचमा परेको छ। ४ मार्च, २०२४ मा सुरु हुने भनिएको यो ट्रायल ट्रम्प विरुद्धको चार आपराधिक मुद्दाहरूमध्ये एक हो।

विशेष अधिवक्ता ज्याक स्मिथले ल्याएको मुद्दालाई अमेरिकी जिल्ला न्यायाधीश तान्या चाटकनले सुनुवाइको मिति तय गर्नुभएको हो। स्मिथले २०२० को चुनावको नतिजा उल्ट्याउन खोज्ने ट्रम्पको कथित प्रयासको अनुसन्धान गर्नुभएको छ।

ट्रम्पका वकिलहरूले २०२४ को चुनाव नसकिउन्जेल सम्म ट्रायल स्थगित गरिनुपर्ने तर्क गरेका थिए। तर चाटकनले अनुरोध अस्वीकार गर्दै मिति तोक्नुभएको हो। उहाँले ट्रम्पको मुद्वामा छिटो सुनुवाइ गर्ने अधिकार रहेको र ढिलाइ न्यायको हितमा …

पूर्वराष्ट्रपति ट्रम्पको बयान मार्च २०२४ का लागि तय
0 comment
0 FacebookTwitterEmail

विश्वकै ठूलो इलेक्ट्रिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनका संस्थापक टेरी गोउ ताइवानको राष्ट्रपति बन्न चुनाव लड्नुहुने भएको छ। निर्दलीय उम्मेदवारका रुपमा उहाँले सोमबार दाबी पेस गर्नुभएको छ।

राष्ट्रपति पदका लागि टेरीको उम्मेदवारी दोस्रो ठूलो बोली भएको बताइएको छ।

यसअघि सन् २०१९ मा फक्सकनको प्रमुख पद छोडेर ताइवानको विपक्षी पार्टी केएमटी राष्ट्रपति उम्मेदवारका रुपमा प्रस्तुत गरिएको थियो। यद्यपि पार्टीले अरु कसैलाई चुनेको थियो।

केएमटी पार्टी चीननिकट मानिन्छ।

२ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर आवश्यक

टेरी निर्दलीय उम्मेदवार बन्न २ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर चाहिन्छ। टेरी केही हप्तायता ताइवानको यात्रामा हुनुहुन्छ। अभियानका क्रममा उहाँले सत्ताधारी पार्टीको नीतिमा देश युद्धतिर बढेको बताउनुभयो।

आफूलाई ४ …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved