लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सयले लिए लैंगिक हिंसासम्बन्धी सेवा

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैंगिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । प्रादेशिक अस्पतालका लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् ।

आज प्रादेशिक अस्पतालमा भएको (ओसिएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समीक्षामा अघिल्लो वर्षभन्दा यस वर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको बताइएको छ।

प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रलाई स्थानीय तहमा सहकार्य गरेर फराकिलो बनाएर जानुपर्ने बताउनुभयो ।

‘जुन पालिका हिंसाबाट प्रभावित भएको छ त्यो पालिकासँग सहकार्य गरेर जाँदा सहज हुन्छ,’ पाण्डेले भन्नुभयो, ‘समाजमा किन यस्ता घटना घट्छन् ? यसको कारण के हो ? कसरी न्युनीकरण गर्न सकिन्छ ? यसबारे उपाय खोज्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले सेवा लिएर समाजमा पुनस्र्थापना गरेको अवस्थाको जानकारी समेत ल्याउनुपर्ने उल्लेख गर्नुभयो । यस्तै, ओसिएमसीमा आएका केसहरू प्रहरीलाई समेत जानकारी गराउनुपर्ने उहाँको राय थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले अस्पतालमा आएका हिंसा चौबिसै घण्टा सेवा दिएको बताउनुभयो।

जिल्ला प्रहरी प्रमुख भरत बहादुर बिकले समाजमा दैनिक आत्महत्या गर्नेको संख्या बढेकाले के कारणले यस्ता घटना भैरहेका छन् त्यसबारे अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

यसैगरी, इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख दानबहादुर थापाले अस्पतालमा आउने बलात्कारका घटना स्थानीय प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले इलाका प्रहरी कार्यालमा एक वर्षमा २७ वटा जबर्जस्तीकरणी र ६ वटा बाल यौन दुव्र्यबहारका उजुरी आएको बताउनु भयो।

कार्यक्रममा ओसिएमसीका सदस्यहरू तथा अस्पतालका शाखा अधिकृत अस्पतालका मेट्रोन ज्योति पौडेल, नासुलगायत सहभागी कार्यक्रममा ओसिएमसी फोकल पर्सन कान्ति पाण्डेले गत वर्षको बजेटको खर्च र आगामी वर्षको बजेटको बारे जानकारी गराउनुभयो ।

केहो ओसिएमसी?

लैगिंक हिंसाबाट प्रभावित महिला, बालवालिका तथा पुरुषहरुलाई एकिकृत रुपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पूर्नरस्थापना, जीविको पार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरुमा स्थापनागरिएको (संयन्त्रहो) संकट व्यवस्थापन केन्द्र हो ।

ओसिएमसी सेवाका लागि वलात्कार, यौनजन्य दुर्व्यवहार, शारिरीक दुर्व्यवहार, जवरजस्ती बाल विवाह, स्रोत साधन र अधिकारबाट वञ्चित, मानसिक दुर्व्यवहार, परम्परागत रुढीवादी परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएका व्यक्तिहरु सेवा लिन आउने गर्दछन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link