Home » Archives for August 2023 » Page 11
Monthly Archives

२०८० श्रावण २०, शनिबार ०७:४१

सुनसरी दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्नुहुन्छ। उहाँका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार जानुभएको तीन वर्ष भयो।

छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जानुहुन्छ। उहाँजस्तै इटहरीकी सावित्रा कोइराला पनि सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा काम गरेको पाँच वर्ष पूरा भयो। उद्योगमा काम गर्न थालेपछि कोइरालालाई घर चलाउन निकै सहज भएको छ।

‘दुई छोराछोरी स्कुल पढने छन्,’ कोइराला भन्नुहुन्छ, ‘यही उद्योगमा काम गरेको तलबबाट नानीहरू पढाउन भरथेग छ।’

दुहबीकी सरस्वती र इटहरीकी सावित्रा मात्र होइन, पछिल्लो समय सुनसरी, मोरङ करिडोर क्षेत्रमा रहेका ठूला उद्योगमा महिलाको संख्या आधा छ। उहाँहरूकै भरमा उद्योग चल्दै आएका छन्।

उद्योगमा …

पुरुष बिदेसिएपछि महिलाले धान्दैछन् पूर्वका उद्योग
0 comment
0 FacebookTwitterEmail

महामुनि मार्कण्डेयका बारेमा विभिन्न पुराणमा विभिन्न तरिकाले व्याख्या गरिएको भए पनि उनको शिक्षादीक्षा पिताजी महाज्ञानी मृकण्ड ऋषिले नै गरेका थिए भन्ने कुरामा विवाद छैन। मृकण्डको स्वभाव र संस्कारका कारणले नै मार्कण्डेय त्रिकालदर्शी भएका थिए। मृकण्ड ऋषिले उन्मादबाट बचेर, रिसलाई नियन्त्रण गरेर र सबैसँग समान व्यवहार गरेमा मृत्युलाई पनि वशमा पार्न सकिन्छ भन्ने  उपदेशका कारणले पनि मार्कण्डेय चिरञ्जीवी भएका थिए। कुनै पुराणमा ब्रह्माजीका कृपाले मार्कण्डेय दीर्घायु भएका मानिन्छन् भने कुनै पुराणमा उनले पिताजी मृकण्डले जस्तै विष्णु भगवानको आराधना र तपस्याका बलले आफ्नो रोग, शोक तथा बृद्धत्वमाथि नियन्त्रण प्राप्त गरेका थिए। धेरैओटा सत्ययुग, त्रेतायुग, द्वापरयुग, कलियुग देखेका र विभिन्न सहस्राब्दीको अन्त्यमा हुने …

0 comment
0 FacebookTwitterEmail

बैतडीको पञ्चेश्वर गाउँपालिकामा–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीमा ३० हजार लिटरको भुइँ पानीट्यांकी छ। खानेपानीको चरम समस्या खेपिरहेको उक्त स्वास्थ्यचौकीमा अकासे पानी र टाढाबाट ट्यांकरमा ल्याई जम्मा गरिएको हुन्छ। उक्त ट्यांकीमा एकपटक पानी भरेपछि २ देखि ३ महिनासम्म काम चलाउने गरिएको छ।

लामो समयसम्म पानी ट्यांकीमा जम्मा भएर बस्ने र सरसफाइसमेत नहुने भएकाले भ्यागुता र चेपागाँडा देखिने गरेका छन्। सोही पानी स्वास्थ्यचौकीमा प्रयोग हुन्छ।

‘भुइँ पानीट्यांकी हो, निकासको व्यवस्था छैन। पानी जमेर बस्छ, फोहोर धेरै नै छ,’ पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले भन्नुभयो। पशुलाई समेत दिन नमिल्ने खालको पानी सुत्केरी सेवा र अन्य सरसफाइको कार्यमा प्रयोग गर्ने गरिएको स्वास्थ्यचौकी इन्चार्ज सार्कीले …

बैतडीमा प्रसूतिलाई प्रदूषित पानी, स्वास्थ्यचौकीकै पानीट्यांकीमा भ्यागुता र चेपागाँडा !
0 comment
0 FacebookTwitterEmail

लोडसेडिङ, बढ्दो आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण रुपन्देहीमा २ सय उद्योग बन्द भएका छन्। औद्योगिक क्षेत्रको रूपमा परिचित रुपन्देही कोरोनाको महामारीले निम्त्याएको वैश्विक आर्थिक मन्दी र त्यसले बढाएको ब्याजदरका कारण उद्योग बन्द भएको उद्योगीहरुले बताएका छन्।

देशमा सबैभन्दा बढी उद्योग भएको जिल्लाका उद्योग बन्द भएपछि नयाँ उद्योग गर्न चाहने पनि निराश छन्। सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा यो समस्या आएको उद्योगीहरूको गुनासो छ।

घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार एक वर्षमा १ सय ९० वटा उद्योग बन्द भए। फलाम उद्योग, स्टिल उद्योगलगायत छन्। जसबाट सयौंको रोजगारीसमेत गुमेको छ। यस्तै चलिरहेका उद्योगहरू पनि दैनिक ५–६ घण्टामात्र सञ्चालन हुने उद्यागीहरु …

0 comment
0 FacebookTwitterEmail

हास्य व्यङ्ग्य क्षेत्रका धरोहर वासुदेव लुइँटेलको नाममा स्थापित ‘वासुदेव लुइँटेल पुरस्कार’ यसपटक ‘चट्याङ मास्टर’ नामले चिनिएका कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको वासुदेव— विद्यादेव गुठीका अध्यक्ष प्रा. डा. सुष्मा आचार्यले जनाउनु भएको छ।  ‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ले हास्य व्यङग्यकार ‘चट्याङ मास्टर’ लाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्र सहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।

वि.सं. २०५० सालमा स्थापित वासुदेव— विद्यादेव गुठीले हास्य व्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत र जनमानसमा प्रसिद्धि कमाएका प्रतिभाहरू मध्येबाट एक छनौट गरी ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गर्दै आएको छ । गुठीले यो पुरस्कार भदौ २३ गते प्रदान गर्नेछ

0 comment
0 FacebookTwitterEmail

 के तपाईँ अविवाहित हुनुहुन्छ ? यदि तपाईँ अविवाहित हुनुहुन्छ भने तपाईँ अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ। झापाको बाह्रदशी गाउँपालिकाले  आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो। यस अघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि आर्थिक वर्ष २०८०/२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो। त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न

अविवाहित प्रमाणित गर्न रु १०००।- मात्र
0 comment
0 FacebookTwitterEmail

अमेरिकामा आर्टिफिसिअल इन्टेलिजेन्स (एआई) माथि काम गरिरहेका सात कम्पनीहरू टेक्नोलोजीलाई सुरक्षित बनाउन तयार भएका छन्। कम्पनीले एआईका नयाँ टुल्सको खतरालाई नियन्त्रण गर्ने दाबी गरेका छन्।

गत शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलमा सुरक्षा र विश्वसनियता कायम राख्ने वचन कम्पनीले दिएका थिए।

ती सात कम्पनीमा अमेजन, एन्थ्रोपिक, गुगल, इनफ्लेक्सन, मेटा, माइक्रोसफ्ट र ओपन एआई छन्। कम्पनीका उच्च अधिकारीको उपस्थितिमा राष्ट्रपति जो बाइडेनले उदीयमान नयाँ प्रविधिको खतराप्रति सचेत हुनुपर्ने बताउनुभएको छ।

केही समययता एआईले गम्भीर आशंका जन्माएको छ। एआईले मनुष्यको अस्तित्व समाप्त पार्नेसम्मको चेतावनी दिइएको छ। उल्लिखित सात कम्पनीले जोखिम कम गर्ने उपायबारे सहमति जनाएका छन्। तर टेक्नोलोजीमा परिवर्तनको गतिलाई …

एआईको खतराबारे ह्वाइट हाउसमा चिन्ता
0 comment
0 FacebookTwitterEmail

इलामको सूर्योदय नगरपालिका ८ मा रहेको सयपत्री चिया उत्पादन तथा प्रशोधन केन्द्रले चिया प्रशोधनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ९२ हजार ४३० रुपैयाँ अनुदान लियो। तर अहिले सहकारीमार्फत सञ्चालित सो चिया उत्पादन केन्द्र व्यक्तिलाई बिक्री गरिएको छ।

प्रदेश सरकारबाट अनुदान लिएर सहकारीमार्फत सञ्चालन हुँदै आएको केन्द्र, आर्थिक रूपमा संकटग्रस्त भएको भन्दै ख्यामराज प्रधानलाई प्रशोधन केन्द्र बिक्री गरिएको छ।

सरकारको अनुदानमा सञ्चालित केन्द्र हाल ख्यामराजले चलाउँदै आउनुभएको छ। तर तत्कालीन केन्द्रका अध्यक्ष राजेन्द्र प्रधानलाई सरकारबाट अनुदान लिएर दुरुपयोग गर्दासमेत अहिलेसम्म कारबाही हुन सकेको छैन।

त्यस्तै, झापा अजुर्नधारा ८ मा रहेको पूर्वाध कृषि सहकारी संस्थाले कृषि मन्त्रालयबाट आर्थिक …

कोशीमा कृषि अनुदानको चरम दुरुपयोग, सरकारबाट रकम लिएर अन्यत्रै लगानी, हुँदैन अनुमन र कारबाही
0 comment
0 FacebookTwitterEmail

चर्चित बांग्लादेशी लेखिका तसलिमा नसरिनका प्रायः सबै कृतिका नेपाली अनुवाद बजारमा छ्यापछ्याप्ती पाइन्छन्। ती पुस्तकका अनुवादक, सम्पादक र प्रकाशक पनि अधिकांश नाम चलेकै व्यक्ति छन्। तसलिमा भन्छिन्, “नेपालीमा अनुवाद गरिएका मेरा कृति सबै नक्कली हुन्, त्यसो गर्न पाइँदैन।” यस्तो अनुवादको गुणस्तर पनि उदेकलाग्दो छ।

लेखक/प्रकाशकको अनुमति नलिई कुनै पनि कृतिको अनुवाद, पुनरुत्पादन गर्नु दण्डनीय अपराध हो। तर, तसलिमाका मात्र होइन विश्वका धेरै चर्चित पुस्तकहरूका अनधिकृत अनुवाद र पाइरेटेड (अनधिकृत प्रकाशन/पुनरुत्पादन गरिएका) पुस्तक नेपाली बजारमा सर्वत्र उपलब्ध छन्।

हामीसँग भएको ह्वाट्सएप कुराकानीमा भारत निर्वासनमा रहेकी तसलिमाले आफ्ना कुनै पनि पुस्तक नेपालीमा अनुवाद गर्न कसैलाई अधिकार नदिएको बताइन्। उनले भनिन्, “म कुनै …

0 comment
0 FacebookTwitterEmail

कृषि कर्म गर्नेहरूका लागि असार साउन महिनामा बाली लगाउने चटारो भएजस्तै कर्मचारीको व्यवस्थापन गर्ने मन्त्रालयलाई साउन र भदौमा कर्मचारी सरुवाको चटारो हुन्छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई अहिले कर्मचारीलाई उनीहरूको रोजाइ अनुसार सरुवा गराउन भ्याइनभ्याइ छ। तर केही कर्मचारीलाई खुशी पार्न खोज्दा धेरै कर्मचारी अन्यायमा पर्ने हुँदा मन्त्रालयले आफ्नो कामको जस भने कहिल्यै पाएको छैन। यसपटक पनि मन्त्रालयले सबै कर्मचारीलाई र सबै भौगोलिक क्षेत्रलाई न्याय हुनेगरि सरुवाको व्यवस्था मिलाउन सकस हुने देखिएको छ।

मन्त्रालयले ‘काठमाडौंमा तीन वर्ष काम गरिसकेका कर्मचारीलाई उपत्यका बाहिर पठाउन र एकैपटक एकै कार्यालयका कर्मचारीको सरुवा नगर्नु’ भन्ने  सुझाव अनुसार कर्मचारीलाई सरुवाको निवेदन दिन आह्वान गरेको

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved