कुनै समय थियो, राउटे समुदायलाई सरसफाइको ‘स’ समेत थाहा थिएन । जंगलको बास जंगलमै फिरन्ते जीवन बिताउने उनीहरू सरसफाइमा चासो राख्दैनथे । जंगलमा भाँडाकुँडा बनाएर यो समुदाय गाउँमा अन्नसँग साट्न पुग्थ्यो । गाउँमा पुग्दा राउटेलाई सरसफाइ नगरेको देखेपछि घरगाउँमा छोराछोरीले नुहाएनन् र फोहोरी देखिएपछि तिनका अभिभावकले उनीहरूलाई ‘राउटे’ भनेरसमेत गिज्याउँथे । त्यसपछि उनीहरू सधैँ सफा हुन्थे ।
पहिले सरसफाइमा ध्यान नदिने त्यही राउटे समुदाय पछिल्लो समय परिर्वतन हुँदै गएको छ । आफ्नो बस्तीवरिपरि दिसा–पिसाब गरी फोहोर गर्ने राउटे समुदायमा पछिलो समय परिवर्तन आएको राउटे बस्तीमा जोडी शिक्षकका रूपमा कार्यरत लालबहादुर खत्री बताउनुहुन्छ । ‘पहिले ननुहाउने, सरसफाइमा ध्यान नदिने, बस्तीवरिपरि दिसा–पिसाब …
