Home » Archives for September 2023 » Page 10
Monthly Archives

२०८० भाद्र २०, बुधबार १०:४१

आज भाद्र महिना, कृष्णपक्षको अष्टमी तिथी। हिन्दू धर्मअनुसार भगवान् श्रीकृष्णको जन्मदिन। प्रत्येक वर्ष यसै तिथिमा मनाइने कृष्ण जन्माष्टमी आज देशभर कृष्णको पूजाआराधना गरी धुमधामका साथ मनाइँदैछ।

अन्याय, अत्याचार र दानवीय प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णु मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरूप आजको पर्व मनाउने गरिएको हो।

मथुराका राजा कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन पिता वासुदेव र माता देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अंश अवतारका रुपमा आज मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।

यस दिन भक्तजनले भगवान श्रीकृष्णको बाल्यकालमा भएका रमाइला कथाहरू सम्झिने गर्दछन्। कृष्णका मूर्ति सजाउने, पूजा गर्ने र मनोरञ्जनका कथाहरू …

0 comment
0 FacebookTwitterEmail

मंगलबार अधिकांश कर्मचारी र सांसदको  ध्यान मन्त्रिपरिषद् बैठकमा केन्द्रित थियो। संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषद्‌बाट पारित हुन्छ र छिट्टै संसदमा टेबुल हुन्छ भन्ने धेरैको आँकलन थियो। किनभने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती कर्मचारी विधेयकलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको थियो। तर मंगलबारको बैठकले सो विधेयक पारित गर्न सकेन। जसको कारण विधेयक संसदमा छिट्टै पेश हुने र ऐनको रुपमा आउने अपेक्षा गरिएको विधेयक अझै पछि धकेलिएको छ।

प्रधानमन्त्री प्रचण्डले सोमवार राष्ट्रियसभा बैठकमा बोल्दै संघीय निजामती कर्मचारी ऐनलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले पारित गरेर संसदमा पठाउने तयारी रहेको बताउनुभएको थियो। उहाँले संघीय निजामती ऐनलाई अन्तिम रूप दिइएको बताउँदै त्यसलाई …

0 comment
0 FacebookTwitterEmail

यतिबेला दिल्लीको चहलपहल बेग्लै छ। टल्किएका सडक, रंगीबिरंगी लाइट, सजाइएका आकासे पुल, अन्डरग्राउन्ड पर्खालमा सुन्दर पेन्टिङ, हराभरा गार्डन र सडक किनारका लगाइएका ठूलाठूला पोस्टर देख्न सकिन्छ। विमानस्थलदेखि सम्मेलनस्थलसम्म सबै सजधज छ।

आगामी शनिबार र आइतबार दिल्लीमा हुने जी–२० शिखर सम्मेलनको तयारी लगभग पूरा भएको भारतीय सञ्चारमाध्ममले उल्लेख गरेका छन्। यस सम्मेलनकाे थिम वसुधैव कुटुम्वकम् अर्थात ‘संसार एक परिवार’ रहेको छ।

जी–२० ग्रुपमा सामेल १९ देशका राष्ट्रप्रमुख, युरोपियन युनियनका प्रतिनिधि, ९ अतिथि देशका प्रधानमन्त्री एवं राष्ट्रपति दुई दिन दिल्लीमा हुनेछन्। भारतमा एकसाथ यति धेरै राष्ट्रप्रमुख भारत आउने यो पहिलोपटक हो। तर, यसमा नेपाल कहीँकतै सामेल छैन।

सम्मेलनमा आउने अतिथि बस्नका लागि …

0 comment
0 FacebookTwitterEmail

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।

आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय रुपैयाँ भेटी संकलन भएको हो। नोट  पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८ रुपैयाँ, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय रुपैयाँ संकलन भएको  पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख रुपैयाँ भेटी संकलन भएको थियो। …

0 comment
0 FacebookTwitterEmail

आज पश्चिम तराईमा तिनछठी पर्व मनाइँदैछ । व्रतालु महिलाहरूले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्यलाभको कामनासहित यो पर्व मनाइरहेका छन् । यो पर्वलाइ ‘हरछठ’ वा ‘ललहीछठ’ पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन यो पर्व मनाइन्छ । यस दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला भई घाँसे कुशमा गाँठो पारी पूजाआराधना गर्ने गर्छन् ।

हिन्दू परम्पराअनुसार पलास र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने गर्छन् । व्रतालु महिलाहरू दिनभरि निर्जल व्रत बसी तीनछठी …

पश्चिम तराईमा तिनछठी पर्व मनाइँदै
0 comment
0 FacebookTwitterEmail

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले चिनियाँ नागरिक पर्यटक बनेर अमेरिकामा जासुसी गर्ने गरेको लेखेको छ। १०० भन्दा बढी यस्ता मामिला बाहिर आएको र केन्द्रीय अनुसन्धान विभाग (एफबिआई) र रक्षा विभाग पनि सतर्क अवस्थामा रहेको अखबारमा उल्लेख छ।

समाचारमा अमेरिकी उच्च अधिकारीको हवाला दिँदै यो जानकारी दिइएको हो। केही महिनाअघि अमेरिकाले चीनको स्पाइ बेलुनलाई खसालेको थियो। त्यतिबेला चीनले उक्त बेलुनको अवशेष माग्दै यो वेदर इन्फर्मेसन स्याटेलाइट भएको बताएको थियो।

चिनियाँ नागरिकको बढ्दो व्यवहारप्रति निगरानी राख्न गत वर्ष  एफबिआई र रक्षा विभागको संयुक्त बैठक बसेको थियो। बैठकमा चीनको तर्फबाट हुने यस्ता खालका घटनाबाट बच्ने योजना तयार गरिएको थियो। प्रमाणित कागजपत्र नहुन्जेल चिनियाँ …

0 comment
0 FacebookTwitterEmail

–एसिया कप क्रिकेट–

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले विश्व क्रिकेटको एउटा ‘पावरहाउस’ मानिने भारतविरुद्ध बहादुरीपूर्ण ब्याटिङ गरेको छ। पहिलोपटक एसिया कप खेलिरहेको नेपाल समूह चरणमा विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्र पाकिस्तान र भारतसँगै एकै समूहमा परेको थियो।

समूह चरणको पहिलो खेलमा आइसीसी वानडे वरियताक्रमको पहिलो स्थानमा रहेको पाकिस्तानविरुद्ध आफ्नो औसतभन्दा कम स्तरको ब्याटिङ गर्दै २३८ रनको फराकिलो अन्तरको हार व्यहोरेपछि नेपालले भारतविरुद्ध कस्तो प्रदर्शन गर्नेछ भन्ने कौतुहलता प्रशंसकहरूमाझ व्याप्त थियो।

पछिल्लो समय प्रभावशाली क्रिकेट खेलेर र केही चमत्कारपूर्ण नतिजाहरू आत्मसात् गर्दै विश्वभरको मिडियाको ध्यान आफूतर्फ आकर्षित गर्न सफल नेपालले भारतजस्तो शक्तिशाली टोलीविरुद्ध राम्रो प्रदर्शन …

0 comment
0 FacebookTwitterEmail

२०७९ साल मंसिर २३ गते शुक्रबार खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा एउटा डोजर चल्यो। गोकर्णेश्वर नगरपालिकाको १८ लाख रूपैयाँको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको विद्यालयको कम्पाउन्ड बाल नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देम लामाको नेतृत्वमा आएको टोलीले भत्काइदियो। जबकि उक्त पर्खाल निर्माण गर्न नेपाल अपाङ्ग संघका लामाभन्दा अगाडिका अध्यक्ष धनजुनु श्रेष्ठ अनुमति दिनुभएको थियो।

पर्खाल निर्माणकार्यको उद्‌घाटन भने गोकर्णेश्वर नगरपालिकाको नगर उपप्रमुख सान्नानी लामा र विध्यालय क्षेत्र पर्ने गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष नवराज लामाले शिलन्यास गर्नुभएको थियो।

जग्गा भोगाधिकार गर्न पाउनुपर्छ भनेर अदालत पुग्यौं- राघवप्रसाद दवाडी, प्रधानाध्यापक

विद्यालयको नयाँ भवन बनेपछि विद्यार्थी, विद्यालय र विद्यालय भित्र भएको

न्याय खोज्दै अपाङ्गता भएका बालबालिकाको स्कुल
0 comment
0 FacebookTwitterEmail

मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ। यस क्रममा वर्ष २०८० को महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा) लाई प्रदान गर्ने निर्णय गरिएको छ। प्रेस स्वतन्त्रता सेनानी, लोकतन्त्र र स्वतन्त्रताका पक्षमा विशिष्ट योगदान गर्नुभएका राजेश्वर नेपालीको २०८० भदौ ११ गते निधन भएको छ। सोभन्दा अगावै शान्ति समाजले उहाँलाई २०८० को स्रष्टा सम्मानबाट पुरस्कृत गर्ने प्रक्रिया अघि बढाइसकेको समाजले जनाएको छ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा।डा।राजेन्द्र विमल (जनकपुर), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा.रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडौं), ज्ञानप्रसाद …

0 comment
0 FacebookTwitterEmail

विपक्षीहरू सक्रिय हुन थालेपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ‘एक देश, एक चुनाव’ काे रणनीति अगाडि सारेको छ। यसले विपक्षीलाई चुनाव लड्न असहज हुने बताइएको छ। लाेकसभा र विधानसभा चुनाव एकैचाेटि गराउन भाजपाले यो रणनीतिक हतियार अगाडि सारेको जानकारहरू बताउँछन्।

खासमा, भारतमा लोकसभा चुनाव सयमभन्दा अघि या पछि गराउने सरकारको कुनै उद्देश्य छैन । यो कुरा केन्द्रीय सूचना प्रसारणमन्त्री अनुराग ठाकुरले एउटा अन्तर्वार्तामा पनि भन्नुभएको छ । उहाँका अनुसार आम चुनाव समयभन्दा अघि या पछि गराउने सरकारको कुनै इच्छा छैन ।

‘प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालको अन्तिम दिनसम्म देश र जनताको सेवा गर्न चाहनुहुन्छ,’ मन्त्री अनुरागले भन्नुभएको छ, ‘भारतीय …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved