Home » Archives for September 2023 » Page 9
Monthly Archives

२०८० भाद्र २२, शुक्रबार १८:०२

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ। जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीहरुसँगको भेटमा उहाँले नीतिगत परिवर्तन विना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको बताउनुभयो।

सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना कानुन रहेको उल्लेख गर्दै उहाँले पुराना कानुनको समयानुकूल परिमार्जन र नयाँ कानुन निर्माणमा ध्यान दिइएको बताउनुभयो। मन्त्रालयले विज्ञहरुको टोली नै बनाएर राय सुझावसहितको प्रतिवेदन प्राप्त गरिसकेको उल्लेख गर्दै उहाँले आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र पत्रकारिता प्रशिक्षण प्रतिष्ठान विधेयकको मस्यौदामा छलफल भइरहेको जानकारी दिनुभयो।

पुरानो कानुनले अनलाइन मिडियालाई नचिन्ने तर …

0 comment
0 FacebookTwitterEmail

उत्तर चिन र दक्षिण भारतसम्म सडक सञ्जाल जोड्ने परिकल्पना गरेको ६८ वर्ष पछि गुल्मी खण्ड साकार हुने सम्भावना बढेर गएको छ। २०१२ सालमा गुल्मीको वस्तुस्थित तत्कालीन समाजसेवी गोपालप्रसाद श्रेष्ठको घरमा त्यति बेलाका कांग्रेस नेता शान्तिपुर निवासी दयानिधि शर्मा लगायतका अगुवाको बैठकले उक्त सडक सञ्जाल जोडने परिकल्पना गरेको जानकारहरू बताउँछन्। उक्त समय देखी अहिले सम्म  ६८ वर्ष पछि कालिगण्डकी कोरिडोर सम्पन्न हुने चरणमा पुगेको हो।

कालिगण्डकी कोरिडोर नामकरण भएको उक्त सडक धमाधम पिचको काम भइरहँदा उति बेलाको परिकल्पना पुरा हुने भएको छ। कालिगण्डकी कोरिडोरका अभियन्ता मध्येका एमालेका नेता  गुल्मी खड्ककोट निवासी टिकाराम ढकाल २०१२ साल देखिकै जानकार व्यक्ति हुनुहुन्छ।

पछि मन्त्री …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको छ । उहाँले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघ संस्थालाई समेत साथ र सहयोग गर्न अपिल गर्नु भएको छ ।
लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग विहीबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
“मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, इतिहास बनाउन सकौँ भनेर आएको छु” उपाध्यक्ष डा. लामाले भन्नुभयो –“मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको छु ।”
सो अवसरमा उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा

0 comment
0 FacebookTwitterEmail

वि सं १९८८ सालमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरू विराटनगर आएका छन् । २२ फिट लम्बाइ, १८ फिट चौडाइ र १८ फिट उचाइ रहेको रथको सजावट  भारतको कलकत्ताबाट कालिगढ झिकाएर गरिएको हो। रथयात्रालाई विराटनगरमा ऐतिहासिक एव धार्मिक महत्वका रुपमा हेरिने गरिन्छ ।
आफ्नै मौलिकतामा अघि बढिरहेको रथयात्रा सुरु हुनुपूर्व मन्दिर परिसरमा पूजाआजा गरिन्छ। कृष्णजन्माष्टमीको मध्यरात १२ बजे मन्दिरमा रहेको राधाकृष्णको अचल विग्रह आकृतिसँगै चल विग्रह राखेर षोडशोपचार पूजा गरिन्छ।
कृष्णको जन्मसँगै गरिने पूजापछि भोलिपल्ट बिहानबाट राधाकृष्णको अचल विग्रह नजिक राखिएको चल विग्रहलाई प्रातकालिन पूजाआजा गरिन्छ।

0 comment
0 FacebookTwitterEmail

अहिलेको समयमा यातायात सामान्य कुरा हो । सार्वजनिक र निजी सवारीसाधनमा सडकमा गुडिरहन्छन् । गुड्दागुड्दै टायरमा समस्या देखिन सक्छ । त्यस्तो बेला के गर्ने ?

झट्ट मिस्त्रीको सम्झना आउँछ । मिस्त्रीले नै सबै ठीकठाक पार्न सक्छन् । त्यस्तै एक मिस्त्री हुनुहुन्छ अहमद राजा ।

उमेरमा जम्म २५ वर्ष पुग्नुभएका अहमद राजा भारतमा जन्मिनुभयो । उहाँका बुबा टायर मर्मत गर्ने पेसा गर्नुहुन्थ्यो । सोही पेसालाई निरन्तरता दिँदै अहमद राजा हाल टायर मिस्त्री बन्नुभएको छ ।

बुबा खुर्सिद मियाँले नारायणटारको शिवचोकमा सुरुवाती चरणदेखि राखेको पसल हालसम्म छ । र त्यसैमा आफनो काम सिक्नेदेखि मिस्त्री हुनेसम्मको संघर्ष जोडिएको राजा बताउनुहुन्छ ।

‘बुबाले नेपाल …

प्रहरी बन्ने सपना त्यागेर टायर मिस्त्री बन्नुभएका राजा, वार्षिक कमाइ १० लाख
0 comment
0 FacebookTwitterEmail

बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा मनाइने भएको छ। सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा निकाल्न लागिएको हो। २०३ औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक कुमार महर्जनले बताउनुभयो।

९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरिएको छ। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताउनुभयो।

जात्रामा ५० हजारभन्दा बढीको सहभागिता रहने अनुमान आयोजक पक्षको छ। जात्रामा सहभागी हुन गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही, काठमाडौँ लगायतका जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरू आएका छन्।…

अंग्रेजलाई पराजित गरेको खुसियालीमा तानसेनमा भगवती जात्रा, यात्रुलाई भाडामा ५० प्रतिशत छुट
0 comment
0 FacebookTwitterEmail

अमेरिकामा बसोबास गर्दै आइरहेका ११ लाख भारतीय नागरिक ग्रिन कार्डको पर्खाइमा छन्। अमेरिकी थिंक ट्यांक क्याटो इन्स्टिच्युटको एक रिपोर्टअनुसार अमेरिकामा रोजगारका लागि ग्रिन कार्डको आवेदन दिने भारतीयको संख्या ११ लाख छ। यीमध्ये ४ लाख जना यस्ता छन्, जसको ग्रिन कार्ड पाउँदासम्म मृत्यु भइसकेको हुनेछ।

अमेरिकामा प्रवासीलाई स्थायी रुपमा बसोबास गर्न ग्रिन कार्ड दिइन्छ। रोजगार आधारित नागरिकताका लागि १८ लाख आवेदनसमेत पेन्डिङमा छन्। यीमध्ये ६३ प्रतिशत अर्थात् ११ लाख भारतीय हुन्।

ग्रिन कार्ड के हो ?

ग्रिन कार्डलाई आधिकारिक भाषामा परमानेन्ट रेजिडेन्स कार्ड भनिन्छ। कसैले ग्रिन कार्ड पाउनुको मतलब उक्त व्यक्त सो ठाउँमा स्थायी रुपमा बसोबास गर्न पाउँछ। सबै देशले निश्चित …

0 comment
0 FacebookTwitterEmail

अमेरिकामा एक पुरुषले आफूले नगरेको बलात्कारको अपराधमा साढे सात वर्ष जेल बस्नुपरेको छ। यति मात्र होइन, ति व्यक्तिलाई आफू निर्दोष भएको साबित गर्न ४७ वर्ष कुर्नु परेको छ। सन् १९७५ मा न्यूयोर्कका एक पुरुषलाई बलात्कारको अभियोगमा गिरफ्तार गरिएको थियो। अहिले नयाँ डीएनए परीक्षणका आधारमा उनले सफाइ पाएका छन्।

म्याकको मुद्दा हेर्दै आएको इनोसेन्स प्रोजेक्टले अमेरिकी इतिहासको सबैभन्दा लामो गलत सजायलाई नयाँ डीएनए प्रमाणहरूद्वारा उल्टाउन सफल भएको बताएको छ। अहिले दक्षिण क्यारोलिना निवासी लियोनार्ड म्याकले आफ्नो ७२ औं जन्मदिनमा मुक्तिको उपहार प्राप्त गरेका छन्।

७२ वर्षको उमेरमा पाए न्याय
भनिन्छ एक दिन सत्य बाहिर आउँछ। यो अमेरिकाको घटनाले पनि प्रमाणित गरेको

0 comment
0 FacebookTwitterEmail

चीनले भारतमा हुन गइरहेको जी–२० शिखर सम्मेलनको समर्थन गरेकोछ। चिनियाँ राष्ट्रपति सी जिनपिङ सम्मेलन नजाने भएपछि उहाँको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ली कियाङ जानुहुने भएको छ।

मंगलबार चिनियाँ विदेश मन्त्रालयले सूचना जारी गर्दै सम्मेलनका लागि भारतरले दिएको निम्तो स्वीकार गरेको बताएको छ। ‘हामी सबै सदस्यसँग मिलेर सम्मेलन सफल बनाउनका लागि मिलेर काम गर्न तयार छौँ,’ सूचनामा भनिएको छ, ‘चीन–भारतको सम्बन्ध स्थिर छ। यस्तै विभिन्न चरणमा वार्ता पनि गर्दै आइरहेका छौँ।’

यता भारतीय विदेश मन्त्री जयशंकरले सम्मेलनमा चीन र रुस सहभागी नहुनुले भारतलाई कुनै असर नपर्ने बताउनुभएको छ। दुवै देशका राष्ट्रप्रमुख नआए पनि त्यसको प्रतिनिधित्व गर्दै प्रतिनिधि बैठकमा सहभागी हुने भन्दै विदेशमन्त्री …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश बजेट शून्यतामा गएको छ। बजेट शून्यतामा गएसँगै त्यसको प्रभाव कर संकलनमा देखिन थालेको छ। निरन्तरको सत्ता दाउपेच र दलहरूबीच बढेको बेमेलकै कारण गत भदौ ११ गते आइतबार राति १२ बजेपछि कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो। यसले पुँजीगत खर्चमा समेत असर पारेको बताइएको छ।

बजेट ‘होलिडे’ घोषणा भएपछि प्रदेश सरकारले आवश्यक कानुनबिनै कर तथा राजस्व संकलन कार्यलाई निरन्तरता दिएको छ। तथापि कर संकलन प्रत्यक्ष प्रभावित भएको छ। यसले सरकारको आन्तरिक आयको वार्षिक लक्ष्यमा धक्का पुग्ने देखिएको छ।

अहिले संघ सरकारअन्तर्गत कोशी प्रदेशमा रहेका २५ वटा मालपोत कार्यालयबाट रजिस्ट्रेसन शुल्क, प्रदेश सरकारमातहतका चार यातायात व्यवस्था कार्यालय र थप …

कोशी प्रदेशमा बजेट शून्यता : कर संकलनदेखि पुँजीगत खर्चमा समेत समस्या
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved