Home » Archives for December 2023 » Page 4
Monthly Archives

२०८० पुष ८, आईतवार १२:२९

जेलमा रहनु भएका इमरान खानको राजनीतिक दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले पार्टीको चुनाव चिन्ह क्रिकेटको ‘ब्याट’ हटाउने निर्णयविरुद्ध पेशावर उच्च अदालत वा सर्वोच्च अदालतमा जाने बताएको छ। पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष ब्यारिस्टर गोहर अली खानले शनिबार उक्त घोषणा गर्नुभएको हो। निर्वाचन आयोगले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनका लागि पीटीआईलाई चुनाब चिन्ह ‘ब्याट’ कायम राख्न नदिने निर्णय गरेको छ।

पेशावर उच्च अदालतले निर्वाचन आयोगलाई ‘कानुनअनुसार’ शुक्रबारसम्ममा पीटीआईको अन्तरपार्टी निर्वाचन र चुनाव चिह्नबारे निर्णय गर्न निर्देशन दिएको एक दिनपछि निर्वाचन आयोगको फैसला सुनाइएको हो। जियो न्यूजका अनुसार गोहरले अडियाला जेलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ‘ब्याट’ चिन्ह पुनः प्राप्त गर्न पीटीआईको …

0 comment
0 FacebookTwitterEmail

भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन्।

अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।

तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ ।

अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ । प्रभावित

0 comment
0 FacebookTwitterEmail

राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि धेरै पक्षरू जिम्मेवार रहेता पनि त्यसमा भ्रष्टाचार र आर्थिक हिनामिनाको प्रतिशत निकै बढी हुने गर्दछ। कसै–कसैले भ्रष्टाचार नै कुशासन हो भन्ने ठान्दछन्, तर यो सोचाई त्यति युक्तिसंगत होइन। अधिनायकवादी सत्तामा राजनेता त्यागी र गुणी भएमा राज्यव्यवस्था सोही अनुरूप भएका दृष्टान्त निकै छन्। तर, शक्तिको दुरुपयोग भएमा वा स्वयं शासक नै भ्रष्ट भएमा त्यसको प्रतिकार गर्ने उपाय सजिलो कदापि हुँदैनन्। मनुस्मृतिमा भ्रष्ट शासकलाई जनताले बल प्रयोग गरेर पनि हटाउनु पर्दछ भनी लेखिएको छ। मत प्रयोग गरेर वा सजिलो

0 comment
0 FacebookTwitterEmail

श्रुति स्मृतिका रुपमा गणना गरिने पुराणहरू र कुरुवंशको इतिहासका रुपमा श्रीकृष्ण द्वैपायनले रचना गरेको महाभारतलाई पाँचौँ वेद पनि भनिन्छ। भनाइ नै छ, जे महाभारतमा छैन, अन्त कतै पनि छैन। तत्कालीन अवस्थामा प्रचलित सबै राजनीतिक व्यवहारलाई महाभारतमा कतै न कतै व्यवस्था गरिएको छ जसले गर्दा तत्कालीन समाजको नैतिकता समेतको जानकारी दिइएको पाइन्छ। यसले श्रोतालाई र पाठकलाई, सक्दा त्यसको प्रयोग गरोस्, या त्यसले ठिक बेलामा समुचित प्रयोग गर्नका लागि या तत्कालीन समाज बुझ्नका लागि सहज होस्।

करलाई आधुनिक आम्दानीको तरिका मान्ने अर्थशास्त्रीहरू पनि छन्। पुरातनकालमा राज्य व्यवस्था व्यवस्थित थिएन, त्यसैले नै छिन्नभिन्न भएको हो, संस्थागतरुपमा राज्यले राज्यको रुपमा चल्नै पाएको थिएन भन्ने …

0 comment
0 FacebookTwitterEmail

कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो। पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।

स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ। उनीहरूले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका …

0 comment
0 FacebookTwitterEmail

रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ।

अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो।

आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ। उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ। युवा कुलतमा फस्ने र  धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो। परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन्।

विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन्।

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा …

आयातित रक्सी बन्द ! “खाने भए खाऊँ घरचुवा”
0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ। विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो।

विगतमा सङ्घीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश श्ययाको क्षमता रहेको अस्पताललाई प्रदेश सरकारले स्तरोन्नति गर्ने निर्णय गरेको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौँडा अस्पताललाई तीन सय श्ययाको क्षमतामा स्तरोन्नति गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर सेन्टर’ बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ। कानुनअनुसार प्रदेश सरकारले मातहतको अस्पताललाई दुई सय श्ययासम्म स्तरवृद्धि गर्न सक्छ। जसअनुसार प्रदेश सरकारले …

काँचुली फेर्ने तयारीमा हेटौँडा अस्पताल
0 comment
0 FacebookTwitterEmail

‘सिंहदरबार’ शब्दले सङ्घीय सरकारलाई चिनाउँछ । विराटनगर चाहिँ औद्योगिक नगरीको प्रतिविम्ब हो । देशलाई धेरै जना प्रधानमन्त्री दिइसकेको विराटनगर आर्थिक रूपले मात्रै होइन, राजनीतिक रूपमा पनि सिंहदरबारमाथि हस्तक्षेपकारी भूमिका राख्दै आएको सहर हो । तर, अचेल सिंहदरबारसँग विराटनगरको गुनासो छ, हस्तक्षेप छैन । देशको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ । उद्योगी व्यवसायी निराश छन् । विकास आयोजनाको कामले गति लिन नसकेको स्थिति छ । तर, समस्या समाधानमा सरकार निरीह देखिएको छ ।यस्तो समयमा विराटनगरका उद्योगी व्यवसायीहरू के सोचिरहेका छन् ? उनीहरूले सरकारको कामलाई कसरी हेरिरहेका छन् ? बैङ्क र वित्तीय संस्थाबारे उठेका प्रश्नमा विराटनगरका उद्योगीहरूको धारणा के छ ? यसै

0 comment
0 FacebookTwitterEmail

राजधानी प्रागमा रहेको  चेक रिपब्लिकको प्रसिद्ध विश्वविद्यालय चाल्र्स युनिभर्सिटीमा एक आक्रमणकारीले चलाएको बन्दुकबाट निस्किएको गोली लागेर कम्तीमा १५ जनाको हत्या भएको छ भने २४ जना घाइते भएका छन् ।

आक्रमणकारी विद्यार्थीले विश्वविद्यालयको दर्शन विभागको भवनमा विद्यार्थीबिचको भीडमा चलाएको बन्दुकबाट हिजो बिहीबार यस्तो मानव संहार भएको एशोसिएट प्रेसले उल्लेख गरेको छ ।

प्रागका प्रहरी प्रमुख मार्टिन मोन्डार्सकका अनुसार ती बन्दुकधारी पनि मारिएका छन् । उनको नाम भने प्रहरीले बताएको छैन । ती आक्रमणकारीले गोली चलाउनुको कारण खुल्न सकेको छैन तर चेक गणतन्त्रको गृह मन्त्रालयमा अधिकारीहरूले सो आक्रमणको पछाडि कुनै समूहगत संलग्नता वा कुनै विचारधाराको प्रभाव नदेखिएको जानकारी दिएका छन्  ।

बन्दुकधारीले

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved