Home » Archives for April 2024 » Page 9
Monthly Archives

२०८१ वैशाख ८, शनिबार ०७:५२

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१४

पाण्डवहरूकी एकमात्र आधिकारिक पटरानीका रुपमा द्रौपदी स्वीकार गरिएकी भए पनि महाभारतमा अरु पनि मातृशक्तिहरूको भूमिका देखिन्छ। महाभारतमा को मुख्य पात्र भन्ने प्रश्न आफैँमा अनुत्तरित नै छ। झन त्यसमा पनि महिला पात्र को मुख्य भन्ने प्रश्न पनि आउने गर्छ।

त्यसो त जय नामक महाकाव्य, जसलाई पछि गएर महाभारतको नाम दिइयो, त्यसमा सबै पात्रहरूको आफ्नै आप्mनै भूमिका पाइन्छ। जस्तो कि गङ्गाको भूमिका महाकाव्यमा एकदम कम देखिन्छ तर उनलाई महाभारतबाट यदि हटाएमा देवब्रतको जन्म हुने थिएन र तिनै देवब्रत पछि गएर कुरुवंशका शिरोमणिको रुपमा हस्तिनापुरका अभिभावक बनेका थिए। महाभारतको युद्धमा १८ अक्षौहिणी सेना जम्मा भएका थिए जसमा हस्तिानपुरका …

0 comment
0 FacebookTwitterEmail

भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ। नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन्।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो। चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो। भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग आजै भेटेर समस्या समाधानका लागि आग्रह …

0 comment
0 FacebookTwitterEmail

कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवर्द्धन गर्न हरेक वर्ष अप्रिल १९ (७ वैशाख) को दिन विश्व कलेजो दिवस मनाइन्छ। यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ। अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ।

कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो। कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन्। वरिष्ठ …

0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको छ। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्र र डिभिजन वन कार्यालको क्षेत्रमा गरी हिउँ चितुवाको सङ्ख्या एक सय २० पुगेको हो।

निकुञ्जको संरक्षण क्षेत्रबाहिर वन क्षेत्रमा पहिलोपटक अत्याधुनिक प्रविधि क्यामेरा ‘ट्र्याप’ विधिबाट हिउँ चितुवाको गणना गर्दा देशमै सबैभन्दा बढी डोल्पामा हिउँ चितुवा भेटिएको हो।

पाँच महिना लगाएर गरिएको सर्वेक्षणबाट वन क्षेत्रमा मात्रै ३० वटा हिउँ चितुवा फेला परेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले जानकारी दिनुभयो।

सर्वेक्षणअनुसार निकुञ्ज क्षेत्रबाहिर पर्ने डोल्पोबुद्ध, काइके र छार्काताङ्सोङ् गाउँपालिकाको वन क्षेत्रमा प्रतिएक सय वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको घनत्व १ दशमलव ५ रहेको छ।…

0 comment
0 FacebookTwitterEmail

आजभन्दा दुई सय ९ वर्षअघि आजकै दिन अर्थात् विसं. १८७२ वैशाख ७ गते विश्व विजेता तत्कालीन अङ्ग्रेजसँगको युद्धमा नेपालले विजय हासिल गरेको थियो ।

बुटवलस्थित जितगढी किल्ला परिसरमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपालले जित हासिल गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सव दिवसका रूपमा मनाइँदै आएको छ ।

जितगढीमा अङ्ग्रेजलाई हराएको नेपाल अरू किल्लाहरूमा भने आफैँ हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहासका जानकार निर्मल श्रेष्ठको भनाइ छ ।

इतिहासका बारेमा लामो समयदेखि सोधखोज र लेखन गर्दै आएका पाल्पाका नागरिक अगुवा श्रेष्ठले जितगढी, नुवाकोट, स्यूराजलगायत यस क्षेत्रका ऐतिहासिक स्थलहरूका बारेमा

जितगढी विजय उत्सव: नेपालले विश्व विजेता अङ्ग्रेजलाई पराजित गरेको दिन
0 comment
0 FacebookTwitterEmail
अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।

म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ ।
0 comment
0 FacebookTwitterEmail

पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए ।

नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ

0 comment
0 FacebookTwitterEmail
संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) कार्यक्रमलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ, “इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण युएभीलाई शक्ति दिने इन्जिनको प्रकारहरू पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो ।”

संयुक्त अधिराज्यले पनि ‘इरानको युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ ।

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १
0 comment
0 FacebookTwitterEmail

विगतमा बागलुङमा लाग्ने चैतेदसैँको मेलामा अत्यधिक बिक्री हुने ठेका, नाङ्ला र मादालजस्ता उत्पादनको व्यापार घटेको छ । पछिल्लो समय आँसी, बाउँसो, मदानी, मान्द्रो र मादलको व्यापार बर्सेनि खस्कँदै आएको व्यापारीहरुको भनाइ छ ।

विगतमा चैतेदसैँको अवसरमा लाग्ने बेलामा यस्ता सामग्रीको व्यापार उच्च हुने गरेकोमा अहिले बिक्री शून्यप्रायः रहेको व्यापारीहरुको भनाइ छ । यद्यपि परम्परा धान्नकै लागि भने यसप्रकार घरेलु सामग्रीको उत्पादन भने भइरहेको उनीहरुले बताएका छन् ।

बागलुङको बडिगाड गाउँपालिका–४ खिमबहादुर विकले पुर्खाको परम्परा धान्नकै लागि आठ वर्षयता निरन्तर चैतेदसैँ मेलामा डालो, नाङ्लो र डाली बिक्री गर्न आइरहेको सुनाउनुभयो । उहाँले एक सय डाला बिक्री गर्न पनि मुस्किल परेको गुनासो …

0 comment
0 FacebookTwitterEmail

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, आइडिइ नेपाललगायतका सङ्घसंस्थाको साझेदारीमा बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ ।

मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो बजार व्यवस्थापन हुन नसक्दा किसानले मेन्थाखेती गर्न छाडेपछि प्रशोधन केन्द्र बन्द भएको राप्ती सोनारी–६ फत्तेपुर जोरैयाका किसान चोमबहादुर पुनले जानकारी दिनुभयो । “परियोजना सञ्चालन हुँदा नियमित रूपमा सामूहिक र व्यक्तिगत रूपमा मेन्थाखेती हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “उत्पादित …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved