Home » Archives for April 2024 » Page 8
Monthly Archives

२०८१ वैशाख १०, सोमबार ०९:२२

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा बन्धक बनाइएकाहरुको रिहाईका लागि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमासमाथि सैन्य दबाब बढाउने बताएका छन्।

‘हाम्रा बन्धकहरूलाई मुक्त गर्ने यो एक मात्र तरिका हमासमाथि सैन्य र राजनीतिक दबाब बढाउनेछौं किनभने यो नै हाम्रा बन्धकहरूलाई मुक्त गर्ने एक मात्र उत्तम विकल्प हो,” नेतन्याहूले निस्तार चाडको यहूदीहरूको बिदाको पूर्वसन्ध्यामा एक भिडियो वक्तव्यमा भने।

अन्तरराष्ट्रिय आक्रोशका बावजुद नेतन्याहूले पटक–पटक दक्षिणी गाजा शहर रफाहमा इजरायली सेनाले जमीनी आक्रमण गर्ने बताउँदै आउनु भएको छ । रफाहमा अहिलेसम्म १५ लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिइसकेका छन् ।

गाजा युद्ध चर्काएको हमासको अकल्पनीय आक्रमणका कारण दक्षिणी इजरायलमा एक हजार १७० जनाको मृत्यु भएको एएफपीलाई …

0 comment
0 FacebookTwitterEmail

ब्राजिलमा यस वर्ष हालसम्म डेङ्गुका कारण एक हजार ६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ र थप दुई हजार ६१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गुको कुल ३५ लाख ३० हजार शङ्कास्पद घटनाहरू राष्ट्रव्यापी रूपमा रिपोर्ट गरिएको छ ।

डेङ्गु ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन् ।

सन् २०२३ मा डेङ्गुका कारण एक हजार १७९ जनाको मृत्यु भएका थिए । सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो ।

शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ …

0 comment
0 FacebookTwitterEmail

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।

विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन भ्रमण गरेका छन्।

हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए।

‘छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। यसले हामीलाई उत्साहित बनाएको छ,’ अध्यक्ष चौधरीले भने, ‘आगामी दिनमा यसलाई थप  व्यवस्थित बनाउँछौ|’…

0 comment
0 FacebookTwitterEmail

हिउँ चितुवाको संख्या एक सय २० पुगेपछि आगामी दिनमा दिगो, वैज्ञानिक, एकीकृत व्यवस्थापनको चुनौती बढेको हो । विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको सङ्ख्या चीनसँग सीमा जोडिएको डोल्पामा वर्षै पिच्छे वृद्धि भएपछि यसको व्यवस्थापन तथा संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवालाको माग छ । 

हिउँ चितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गर्दा व्यवस्थापनको चिन्ता बढेको डिभिजन वन अधिकृत मुनबहादुर रावतले बताए । प्रदेश सरकारको मातहतका डिभिजन वन कार्यालय डोल्पाको अगुवाइमा सामुदायिक वन समुह भित्र हिउँ चितुवाको गणना गरिएको  थियो

0 comment
0 FacebookTwitterEmail

दराई समुदायले होमस्टे सञ्चालन गरेपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँको परिचय फेरिएको छ । दराई समुदायको बसोबास रहेको बौदीकाली गाउँपालिका-२ डेढगाउँमा २०७५ सालदेखि होमस्टे सञ्चालन गरिएपछि गाउँको परिचय बदलिएको हो  ।

जीविकोपार्जनका लागि खेतीपातीमा मात्र निर्भर दराई समुदायले होमस्टे सञ्चालन गरेर आम्दानी लिन थालेका छन् । ५ घरबाट होमस्टेको सेवा सुरु गरिएको गाउँमा अहिले १० घरले होमस्टे चलाउन पाहुना घर बनाएका छन् । होमस्टेमा अहिले २० जना पाहुनालाई एकैसाथ राख्न सक्ने क्षमता छ । यस गाउँमा ३५ घरधुरी दराई जातिको बसोबास छ ।

कालीगण्डकी नदी किनारमा रहेको दराई बस्तीमा सञ्चालित होमस्टेले दराई जातिको कला संस्कृति प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सामुदायिक

0 comment
0 FacebookTwitterEmail

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।  पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । 

यो मुद्दामा पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार कैद सजाय माग गरिएको छ। उक्त दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुन्छ।

उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार

0 comment
0 FacebookTwitterEmail

कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिबारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती सुरु गरेको हो।

त्रिनगर भन्सार सीमास्तम्भबाट सुरु भएको गस्ती जिल्लाको पूर्वी सीमास्तम्भ पुगेर समापन गरिने जनाइएको छ। सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए। 

उनले त्रिनगरस्थित सीमास्तम्भ ७५२/६ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर सीमास्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर

0 comment
0 FacebookTwitterEmail

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन खारेज गरेको छ । सो कार्यविधिमा भएका माग पत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र  पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी विवादास्पद प्रावधानहरू खारेज गरिएको हो ।

पूर्व श्रम मन्त्री शरद्सिंह भण्डारी र तत्कालीन श्रम सचिव केवलप्रसाद भण्डारीले गत २०८० असोज ७ मा मन्त्रीस्तरिय निर्णय गराउँदै  माग पत्रको प्रमाणीकरण, अनिवार्य अङ्ग्रेजी भाषा र  पूर्व प्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी  विवादास्पद निर्णयहरू गरेका थिए । वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कार्यविधिमा भएका विवादास्पद प्रावधान खारेज गर्ने निर्णय गर्नुभएको हो । 

पूर्व श्रम मन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै

0 comment
0 FacebookTwitterEmail

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बहुप्रतिक्षित वैदेशिक सहायतासम्बन्धी प्रस्ताव अनुमोदन गरेको  छ।

यसअन्तर्गत रुससँग युद्ध लडिरहेको युक्रेनलाई ६१ अर्ब डलर सहायता उपलब्ध गराइनेछ । केही समयदेखि अमेरिकी सहयोग रोकिँदा युक्रेन समस्यामा पर्दै आएको थियो ।

यसैगरी यो प्याकेजअन्तर्गत इजरायललाई २६ अर्ब र गाजामा मानवीय सहायताका लागि ९ अर्ब डलर उपलब्ध गराइनेछ भने एशिया प्रशान्त क्षेत्रमा ८ अर्ब डलर दिइनेछ । एशिया प्रशान्त क्षेत्रमा दिइने सहायता चीनसँग टक्कर लिइरहेको ताइवानमा केन्द्रित रहनेछ ।

सहायता प्योकज पारित भएपछि प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले  प्याकेजले अमेरिकालाई अझै धनी बनाउने र युक्रेनमा थप मानिस मारिने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले

0 comment
0 FacebookTwitterEmail
वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धकरुपमा आरोही आइरहेको बताउनुभयो ।

उहाँका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व सङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved