Home » Archives for December 2024
Monthly Archives

२०८१ पुष १६, मंगलवार १०:५९

पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दू र बौद्धमार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता हालसम्मकै उच्च रहेको उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले जानकारी दिए ।

उनको अनुसार धार्मिक एवं पवित्र नदी त्रिशूली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावती (उत्तरगया)मा दिवङ्गत पितृको चीरशान्तिको कामनासहित जौँको पिण्ड बनाई तर्पण, सिदादान र पिण्डदान गर्न हिन्दू र बौद्ध धर्मावलम्बीहरू सोमबार बिहानैदेखि दिनभर आउजाउ भएको थियो ।

“सत्ययुगमा देवता र दानवले समुद्रमन्थन गर्दा निस्किएको कालकूट विष पिउँदा त्यसको रापले छट्पट्टिएका भगवान् शिव उत्तरापन्थ लागि सोही ठाउँमा बेतको लौरोले पहाडमा खोप्दा त्यहाँबाट …

0 comment
0 FacebookTwitterEmail

गत असोज दोस्रो साताको बाढीपहिरोबाट प्रभावित एक हजार दुई सय ३० पीडितपरिवारलाई संयुक्त राष्ट्रसंङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले राहत रकम प्रदान गरेको छ । डब्लुएफपीको नेपालस्थित कार्यालयमार्फत उक्त राहत रकम प्रभावितपरिवारलाई प्राप्त भएको रोशी गाउँपालिका कार्यालयले जनाएको छ ।

बाढीपहिरोमा परी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो । डब्लुएफपीले पीडितपरिवार सङ्ख्याका आधारमा राहतस्वरुप नगद नै सम्बन्धित लाभग्राहीको बैंक खातामा पठाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनले सबै पीडितको बैंक खातामा रकम जम्मा भइसकेको र कुनै समस्या आए गाउँपालिकामा तत्काल सम्पर्क गर्न अपिल …

0 comment
0 FacebookTwitterEmail

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरेका कोइरालासहित नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश …

0 comment
0 FacebookTwitterEmail

संयुक्त अरब इमिरेट्स (युएई)को मध्यस्ततामा भएको एक सम्झौता अनुरुप रुस र युक्रेनले सयौँ युद्धवन्दीहरु साटासाट एवं आदानप्रदान गरेका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको छ । उता, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले १८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘‘‘रिहा गरेकाहरुमा अजोवस्टल र मारियुपोलका रक्षक’’, चेरनोबिल परमाणु ऊर्जा सयन्त्र र स्नेक आइल्याण्ड संलग्न छन् ।’ यस दौरान उत्तरी युक्रेनको एक अस्पतालबाहिर उनीहरुका आफन्त कठ्याङ्ग्रींदो चिसोमा प्रतिक्षा गरिरहेका तस्विरहरु बाहिरिएका छन् । सन् २०२२ मामारियुपोल सहरमा सुरक्षा दिँदा दिँदै पक्राउ परेका लेलेक्जेण्डरकी पत्नी अलीनाले आँशु खसाल्दै …

0 comment
0 FacebookTwitterEmail

बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई हराउँदै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।

मेलबर्न क्रिकेट स्टेडियममा सोमबार सम्पन्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गर्यो। यस जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २-१ को अग्रता बनाएको छ। अब आगामी शुक्रवारबाट सिड्नीमा सुरु हुने पाँचौँ टेस्ट जितेमा अस्ट्रेलियाले डब्ल्युटिसीको फाइनलमा स्थान बनाउनेछ।

अस्ट्रेलियाले भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो, जसका जवाफमा भारत १ सय ५५ रनमा समेटिन पुगेको छ। भारतका लागि ओपनर यसश्वी जैसवालले ८४ रन बनाउँदा, उनले २ सय ८ बलमा ८ चौका प्रहार गरे। त्यतिबेला भारत १ सय १२ रनमा …

0 comment
0 FacebookTwitterEmail

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ।

बीबीसीका अनुसार सय वर्षीय कार्टरको आइतबार (डिसेम्बर २९) को दिन अमेरिकाको जर्जियामा निधन भएको हो। कार्टर सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार जिमी कार्टर आइतबार जर्जियामा रहेको उनको घरमा परिवारकाबीच बितेका हुन्।

आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए। १९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९९७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र …

0 comment
0 FacebookTwitterEmail

आज बिहान मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष …

0 comment
0 FacebookTwitterEmail

सिरियामा बसर अल-अशदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच, हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।

अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। ‘सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,’ उनले अल-अरेबिया टिभीलाई भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’

अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताए। सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा नभएको उनले स्पष्ट पारे

अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए । अमेरिकाले उनीमाथि १० …

0 comment
0 FacebookTwitterEmail

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। विमानमा सवार १८१ जनामध्ये दुई जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ। उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै  समाचार एजेन्सीले जनाएको छ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन। …

0 comment
0 FacebookTwitterEmail

तराईका जिल्लामा खुलेका मिनी क्यासिनोहरूमा आपराधिक गतिविधि बढेको छ । क्यासिनो नियमावली अनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, स्थानीय प्रहरी–प्रशासनको सेटिङ्ग मिलाएर त्यहाँ पनि ठुला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको  छ ।

नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठुला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्त्याउँदै वीरगन्जको लड्स दियालो प्लाजामा रहेको किङ्गस् क्यासिनोमा तास जुवाको खेल भइरहेको खुलासा भएको छ ।

संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता अनिल रुङ्गटाको होटेल …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved