Home » Archives for March 2025 » Page 3
Monthly Archives

२०८१ चैत्र १२, बुधबार ०७:५६

मनी लन्ड्रिङको दोषी ठहरिएकी भियतनामी रियल स्टेट टाइकुनको अपिल मङ्गलबार सुरु भएको छ । तीन महिनापछि उनले छुट्टै मुद्दामा मृत्युदण्ड विरूद्धको चुनौती गुमाएकी थिइन् ।

रियल स्टेट व्यवसायी ट्रुङ माई लानलाई सन् २०२४ अप्रिलमा साइगन वाणिज्य बैंक (एससिबी) बाट पैसा चोरी गरेको आरोपमा दोषी ठहर गरिएको थियो र २७ अर्ब डलरको ठगी गरेको आरोपमा मृत्युदण्ड सजाय सुनाइएको थियो ।

लानले त्यस फैसलाविरुद्ध अपिल गर्नुभयो र अदालतले उहाँको सजाय घटाउने कुनै आधार नभएको बतायो । यद्यपि अदालतले चोरी गरिएका सम्पत्तिको तीन चौथाई फिर्ता गरे मृत्युदण्डबाट उम्कन सक्ने बतायो ।

अहिले उहाँले अक्टोबरमा भएको दोस्रो मुद्दाको फैसलाविरुद्ध अपिल गरिरहनुभएको छ । उक्त …

0 comment
0 FacebookTwitterEmail
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएपछि चीनले मङ्गलबार संयुक्त राज्य अमेरिकामाथि ‘भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप’ गरेको आरोप लगाएको छ ।

सोमबार ट्रम्पले अप्रिल २ देखि लागू हुने नयाँ भन्सार शुल्क भेनेजुएलाको तेल किन्ने मुलुकहरूबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सबै वस्तुहरूमा लागू हुने बताउनुभयो ।

चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो आयातकर्ता हो भने अन्य क्रेताहरूमा भारत, स्पेन र संयुक्त राज्य अमेरिका स्वयं पनि पर्दछ ।

“हामी अमेरिकालाई भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न र भेनेजुएलामाथि लगाइएको अवैध एकपक्षीय प्रतिबन्धहरू समाप्त गर्न आह्वान गर्दछौँ”, चिनियाँ

0 comment
0 FacebookTwitterEmail

डडेल्धुरा जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३१५ को जाँच गर्ने लक्ष्य रहे पनि १४६ जनामात्र परीक्षण गरिएको थियो । हालसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकामा ३२ जना रहेका छन् ।

यसैबीच, ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता हो’ भन्ने नाराका साथ यहाँ विश्वक्षयरोग दिवसका अवसरमा …

0 comment
0 FacebookTwitterEmail

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ।  उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो।

केही समय पहिले विश्वकर्माले काठमाडाैँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो। उहाँले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ। हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिनुभयो।

उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा …

0 comment
0 FacebookTwitterEmail

दक्षिणपूर्वमा धेरै दिनदेखि जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका दक्षिण कोरियाली अधिकारीहरूले सोमबार दर्जनौँ हेलिकप्टर, हजारौँ अग्निशामक र सैनिकहरू परिचालन गर्ने बताएका छन् ।

डढेलोबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ र अधिकारीहरूले उच्च हावा र बढ्दो तापक्रमले आगो निभाउने प्रयासमा बाधा पुर्‍याइरहेको चेतावनी दिएका छन् ।

युसिओङमा करिब सात हजार हेक्टर जमिन प्रभावित भएको र करिब छ सय मानिसलाई खाली गरिएको कोरिया वन सेवाका प्रमुख लिम साङ–सिओपले एक प्रेस ब्रिफिङमा बताउनुभयो ।

“आगो निभाउन कुल ५७ वन अग्निशामक हेलिकप्टर परिचालन गरिनेछन्”, सैनिकहरूसहित दुई हजार छ सयभन्दा बढी अग्नि नियन्त्रणकर्मी ‘आफ्नो सम्पूर्ण शक्तिसँग जवाफ दिन’ परिचालन गरिने उल्लेख गर्दै …

0 comment
0 FacebookTwitterEmail

छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।

राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ ।

गत असोज १०–१२ मा परेको अविरल वर्षातले पुराएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी  विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र

0 comment
0 FacebookTwitterEmail
यहाँको गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् ।

देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताउनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँबसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तान्ने तथा यात्रुलाई अनावश्यक दुःख दिने कार्य रोक्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक निरन्जन थापाले राष्ट्रिय बसपार्कलाई सुरक्षित र मर्यादित

0 comment
0 FacebookTwitterEmail

नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।”

नेपालमा बाघको सङ्ख्या सन् २००९ …

0 comment
0 FacebookTwitterEmail

भू–माफिया र मालपोतका कर्मचारीको मिलेमतोमा चन्द्रागिरि नगरपालिकाको पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वनको ९२ रोपनी सार्वजनिक जग्गा भू–माफियासँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको विषय किनारा नलाग्दै फेरि महादेवस्थान माता तीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको यस्तै अर्को कर्तुत सतहमा आएको छ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ स्थित दाउरा डिपोसँगै महादेवस्थान माता तीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बनाएको ३ तले पक्की भवन पुरै सार्वजनिक जग्गामा बनेको छ जसको नक्सा पास नै गरिएको छैन। चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख उज्ज्वल प्रजापतिले संयुक्त रूपमा ०८० पुस २९ गते उद्घाटन गरेको उक्त भवन नेपाल

0 comment
0 FacebookTwitterEmail

नेपालमा रहेका नदीनालामा वार्षिक रूपमा दुई सय २५ अर्ब घनमिटर पानी उपलब्ध हुने गरेको भए पनि त्यसको बहुउपयोग हुन नसक्दा त्यत्तिकै खेर जाने गरेको छ। सरकारले गरेको एक अध्ययनअनुसार सरदर १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतको रूपमा पुनःभरण हुने गरेको छ।

मुलुकभित्र उपलब्ध जलस्रोतको व्यवस्थापन र नियमनका लागि राष्ट्रिय जलस्रोत नीति, २०७७ र राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० कार्यान्वयनमा छ। देशको कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिनमध्ये २२ लाख ६५ हजार हेक्टर सिँचाइयोग्य रहेकामा हालसम्म झण्डै १५ लाख हेक्टरमा सिँचाइ सुविधा पुगेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। सिँचाइ सुविधा पुगेकामध्ये एकतिहाइमा मात्र वर्षभरि नै …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved