चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै लिभरपुल १६ वर्षपछि एएफ कप जित्न सफल भएको छ।यो उपाधिसँगै एकै सिजन चार फरक उपाधि जित्ने पहिलो इंग्लिस टोली बन्ने लिभरपुलको सम्भावना अझै जीवित नै छ।यसअघि चेल्सीलाई नै पराजित गर्दै कारबाओ कप जितेको लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ भने इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पनि उसको सम्भावना समाप्त भइसकेको छैन।यद्यपि प्रिमियर लिगमा अब केबल दुई चरणको खेल बाँकी रहेको र पहिलो स्थानको म्यानचेष्टर सिटी ३ अंकका साथै गोलअन्तरमा पनि उभन्दा धेरै बलियो अवस्थामा रहेका कारण लिभरपुलले लिग उपाधि जित्ने सम्भावना भने ज्यादै कम छ।
लन्डनको वेम्बेलीमा शनिवार खेलिएको खेलमा निर्धारित समयसम्म कुनै …
