बङ्गलादेशको राजधानी ढाकाको गुलिस्तानमा रहेको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। मारिएका मध्ये १६ जनाको लाश आफन्तलाई हस्तान्तरण गरिसकेको ढाका ट्रिबुन पत्रिकाले जनाएको छ।
ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १७ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।
घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको गुलिस्तान सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले …