प्रतिश्पर्धात्मक फाइनलमा आयोजक डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालयलाई पराजित गर्दै ओरियन्ट उच्चमाध्यमिक विद्यालयले इन्टरकलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि जित्न सफल भएको छ । डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै ओरियन्टले उपाधिसँगै दुई लाख रूपियाँको पुरस्कार राशी पनि हात पारेको छ । उपविजेता डिएभीले एक लाख रूपैयाँ प्राप्त गरेको छ ।
विजेता तथा उपविजेताहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक श्री अनिल केडिया तथा एकेडेमिक डायरेक्टर श्री सुमन बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी टिम डिएभी रेडका सुमित थापा मगर घोषित भएका छन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर ओरियन्टका …
