मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार बागमती प्रदेश सरकारको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले प्रदेश सरकार विरुद्ध दर्ता भएको रिट निवेदनको सुनवाई गर्दै अन्तरिम आदेश जारी गरेको हो।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानविन गर्न बैशाख १३ गते समिति गठन गर्नुभएसँगै प्रा.डा. जोशी निलम्बित हुनुभएको थियो। सर्वोच्चको आदेशपछि प्रा. डा. जोशी काममा फर्कने बाटो खुलेको छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै प्रा.डा. जोशीले प्रतिष्ठानको कामकारबाहीबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताउनुभएको …
