Home » निर्वाचन
Category:

निर्वाचन

देशले आज नयाँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाह (बालेन) लाई पाउने भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहले आज दिउँसो प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ र कार्यभारको समय तालिका राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार, राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटको शुभ साइतमा शपथ गराउनुहुनेछ। वैदिक-सनातनी परम्परा र ज्योतिषीय साइत अनुसार शपथको समय निर्धारण गरिएको बुझिएको छ। शपथ ग्रहण लगत्तै प्रधानमन्त्री शाह अपराह्न २:१५ बजे सिंहदरबार पुगेर आफ्नो पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

एकल बहुमतको सरकार नेपालको संविधानको धारा

0 comment
0 FacebookTwitterEmail

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ।संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ। त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ।

नेपालको संविधानको धारा ९९ र ९१ …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदहरूको अन्तिम नामावली सोमबार सार्वजनिक गरेको छ। आयोगले ६ वटा राजनीतिक दलबाट सांसद बनेका उम्मेदवारहरूको सूची सार्वजनिक गरेसँगै नयाँ प्रतिनिधिसभाका कुल २७५ सदस्यकै टुङ्गो लागेको छ।

दलगत सिट विवरण

आयोगका अनुसार यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी सिट हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ। समानुपातिकतर्फका ११० सिटमध्ये ६ दलको वितरण निम्नानुसार रहेको छ:

राजनीतिक दल समानुपातिक सिट सङ्ख्या महिला सांसद सङ्ख्या
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७ ४८
नेपाली काँग्रेस २० १५
नेकपा (एमाले) १६ १०
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
श्रम संस्कृति पार्टी
0 comment
0 FacebookTwitterEmail

हालै म कास्की जिल्ला पुगेको थिएँ। यो यात्रा केवल भौगोलिक भ्रमण थिएन, यो लोकतन्त्रको वास्तविक अवस्था बुझ्ने प्रयास थियो। मैले त्यहाँ मतदातासँग प्रत्यक्ष संवाद गरेँ। गाउँमा, बजारमा, चिया पसलमा, युवा समूहमा, महिला समूहमा बसेर मैले प्रश्न सोधेँ। मैले उनीहरूलाई सोधेँ, तपाईँले जसलाई मतदान गर्नुहुन्छ, उहाँको नीति के हो थाहा छ?  उहाँको विधायिकी क्षमता कति छ थाहा छ? उहाँको आर्थिक पारदर्शिता कस्तो छ थाहा छ?

धेरैजसो उत्तर मौन थिए। केही उत्तर भावनात्मक थिए। केही उत्तर केवल दल र चिन्हमा सीमित थिए। त्यो क्षणमा मैले महसुस गरेँ, हाम्रो लोकतन्त्र मतपेटिकामा जीवित छ तर मतदाताको चेतनामा कमजोर हुँदै गएको छ।

मतदाता र उम्मेदवारबिचको

0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ।

यस पटक सीमान्तकृत समुदायको उपस्थिति कमजोर देखिएको छ। प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ। आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारु पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन्।

सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ। समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई पुरुष गरी नौ जना, कांग्रेसबाट दुई महिला, …

0 comment
0 FacebookTwitterEmail

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना कार्य पूर्ण रूपमा सम्पन्न भएको छ । गोरखा–१ र इलाम–१ को गणना सकिएसँगै मुलुकभरकै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सबै क्षेत्रको मतगणना सकिए पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा भौतिक विवरण (फारम) प्राप्त हुने र प्रणालीमा प्रविष्ट गर्ने क्रम जारी छ । प्रत्यक्षतर्फको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ ।

पछिल्लो मत परिणामको अवस्था

आयोगको पछिल्लो तथ्याङ्क अनुसार कुल १ करोड ७ लाख ३९ हजार ११५ मत गणना भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी

0 comment
0 FacebookTwitterEmail

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले आज बिहान ६:३० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कूल १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।

गत फागुन २१ गते भएको निर्वाचनमा कुल १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। अब करिब २ लाख ७० हजार मत मात्र गणना गर्न बाँकी छ।

दलगत अवस्था र प्राप्त मतको विवरण

हालसम्मको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख १९ हजार ६१९ मतका साथ पहिलो स्थानमा रहेको छ। यो कुल गणना भएको मतको ४७.५९ प्रतिशत हो।

मुख्य प्रतिस्पर्धी दलहरूको अवस्था यस प्रकार छ:

राजनीतिक दल
0 comment
0 FacebookTwitterEmail

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मङ्गलवार बिहानसम्म देशभर कुल १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो बलियो वर्चस्व कायम राखेको छ। रास्वपाले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो, जुन कुल गणना भएको मतको झन्डै आधा हिस्सा हुन आउँछ।

मुख्य दलहरूको अवस्था:मतगणनामा नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ। काँग्रेसले हालसम्म १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ। त्यसै गरी, नेकपा एमाले १३ लाख ९१ हजार

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved