Home » निर्वाचन » Page 2
Category:

निर्वाचन

नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था, नागरिक स्वतन्त्रता, मानव अधिकार, वालिग मताधिकार र आवधिक निर्वाचनलाई मूर्तरुप दिन निर्वाचनको समग्र पक्षलाई व्यवस्थापन, सञ्चालन, रेखदख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन आयोगमा रहेको छ। यसै पृष्ठभूमिमा ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचन: शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने निर्वाचन आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा स्थानीय तह र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मुलुकभर एकै चरणमा सफलतापूर्वक सम्पन्न भएका छन्। निर्वाचन सम्पन्न गर्न आयोगलाई सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले आज मिति २०७९ मंसिर २८ गते प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज आयोगमा आयोजित पत्रकार भेटघाटमा आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष र प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष …

0 comment
0 FacebookTwitterEmail

प्रतिनिधिसभा तथा प्रदेशसभा २०७९ को प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा भइसकेको छ। समानुपातिकतर्फको मतगणना सम्पन्न भई निर्वाचन आयोगले बन्दसूचीमा रहेका दलका उम्मेदवारहरूबाट प्राथमिकतामा रहेका उम्मेदवारको नाम पठाउन राजनीतिक दलहरूलाई आजै सूचित गर्दैछ।
यस आम निर्वाचनको औपचारिक परिणाम घोषणाबाट आउने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको संख्या आँकलन गर्दा दलहरूको स्थिति स्पष्ट भएको छ।
सम्पन्न निर्वाचन परिणाम अनुसार संघीय प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा ८९ पदमा नेपाली कांग्रेसले जित हासिल गर्ने भएको छ भने नेपाल कम्युनिष्ट पार्टी एमाले ७८ पदमा निर्वाचित हुने भएको छ। प्रतिनिधिसभामा ५ जना स्वतन्त्र उम्मेदवारहरू विजयी भइसकेका छन् भने विभिन्न १२ दलको उपस्थिति हुने भएको छ।

संघीय लोकतान्त्रिक …

0 comment
0 FacebookTwitterEmail

आमनिर्वाचनमा धेरैको चासो पहिलो हुने निर्वाचित प्रणाली अर्थात प्रत्यक्ष निर्वाचनमा हुने गर्दछ। राजनीतिक दलहरूले प्रत्यक्षमा ‘हेभिवेट’ हरू उम्मेदवार उठाउने भएकोले पनि चासो बढेको हो। समानुपातिकमा देशैभरमा एउटै निर्वाचन क्षेत्र मानेर मत संकलन हुने भएकोले दल र उम्मेदवारहरूले सामानुपातिक निर्वाचन प्रणालीलाई कम प्राथमितामा राख्छन्। तर, राष्ट्रिय मान्यता प्राप्त दल बन्नको लागि समानुपातिकको भूमिका प्रत्यक्ष  जस्तै हुन्छ।

प्रत्यक्षमा चुनाव जिते पति समानुपातिकमा तोकिएको मत ल्याउन असमर्थ भएकै कारण राष्ट्रिय मान्यताप्राप्त दलको सूचीमा नपर्ने दलहरू यो पटक पनि हुने देखिएको छ। अहिले प्रत्यक्षतर्फ निर्वाचनको नजिताहरू धमाधम आइरहेको छ। सामानुपातिकतर्फको मत पनि गणना भईरहेको छ। तर, समानुपातिकमा अहिले नै कति जना निर्वाचित …

समानुपातिकमा साना दललाई ‘थ्रेसहोल्ड’ कै सकस
0 comment
0 FacebookTwitterEmail

नेता–कार्यकर्ताबाहेक आमजनतालाई नछोएझै देखिएको हालै सम्पन्न निर्वाचनको परिणामले परम्परागत नेपाली राजनीतिमा बदलावको जबरजस्त झट्का हानेको छ। २०४६ सालमा तीस वर्षे पञ्चायतलाई मिल्काएर बहुदलीय व्यवस्था पुनर्स्थापना गरेका नेपाली जनताले अर्को तीस वर्षपछि उस्तै सन्देशसहितको मतादेश दिएका हुन्।

प्रजातन्त्र पुनर्बहालीपछिको अर्को तीस वर्ष सत्ता राजनीतिमा हालिमुहाली गरिरहेका राजनीतिक दलहरूलाई सुध्रने कि सकिने सन्देश यो निर्वाचनले दिएको हो। लामो समयसम्म निरपेक्ष रहेर असन्तोष मात्र व्यक्त गरिरहेको युवा पुस्ता यस निर्वाचनमा आफैं मैदानमा उत्रियो र नसच्चिनेहरूलाई राम्रै शिक्षा दिन पनि सफल भयो। देशमा युवाले थालेको हस्तक्षेपमा बाध्यताले विदेशीभूमिमा बसिरहेका युवाहरूले घरमा रहेका बा–आमामार्फत् सघाए।

जसको पहिलो सन्देश हो– तीन महिनाअघि दल गठन गरेर राजनीतिमा …

आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई खर्च कटौती गराउन भन्दै चुनाव प्रचार प्रसारका पुराना प्रकृतिहरूलाई परिवर्तन गरिदियो। दल तथा उम्मेदवारको तस्वीर, चिन्ह अंकित टिसर्ट, टोपी, ज्याकेट लगायत छाप्न नै प्रतिबन्ध लगायो। ठूला ब्यानर, ठूला साइजका झण्डा, सवारीसाधन र्‍याली, भोजभतेरमा कडाइ गर्‍यो। जसले गर्दा उम्मेदवारको लाखौं रुपैयाँ जोगिएको छ। उम्मेदवार र राजनीतिक दलको खर्च कटौती गर्न ध्यान दिने आयोगले भने आफ्नै खर्च कटौतीमा ध्यान नदिँदा करोडौं रुपैयाँ खेर गएको छ। त्यसको एउटा उदाहरण हो – मतपत्र।

नुवाकोटमा प्रतिनिधि सभाको लागि समानुपातिकतर्फ अस्थायी मतदाताको लागि ६ हजार मतपत्रसहित दुई लाख ७१ हजार मतपत्र नुवाकोटमा आएको थियो। नुवाकोटमा अस्थायी …

५४ प्रतिशत मतपत्र रित्तै
0 comment
0 FacebookTwitterEmail

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको बताउनु भएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको बताउनु भएको हो।

आयोगका अनुसार मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ। हालसम्मको प्रारम्भिक विवरण अनुसार करिब ६१ प्रतिशत मतदान भएको देखिएको छ। यो निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो। केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकोमा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सुचारू भएको थियो। …

0 comment
0 FacebookTwitterEmail

देशैभरको मतदानको प्रवृत्ति र मतदाताको उत्साह हेर्दा मतदाताहरू पुराना र ठूला भनिएका संस्थापन पक्षीय दलहरूसँग रुष्ट भएको देखिन्छ। तीसौं वर्षदेखि राज्यसत्तामा हालिमुहाली गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता दलहरूसँग उनीहरूको अनेकन गुनासा देखिए। मूलत: ती दलका नेतृत्वप्रति उनीहरूको मनभरिका गुनासा छन्।

नेपाली जनता स्वभावैले विद्रोही र प्रजातन्त्रप्रति लगाव राख्ने खालका भए पनि प्रजातन्त्रकै नाममा लामो समयदेखि पार्टी र राज्यसत्तामा राज गरिरहेका दलका नेतृत्व तहको रवैयाप्रति उनीहरूको आक्रोश छ। देशैभरका मतदाता विकल्पको खोजीमा छन् तर उपयुक्त रोजाइ फेला नपर्दा दोधारमा देखिन्छन्। ठूला दलप्रति आक्रोश छ तर नयाँ भनेर आएकाहरू प्रति भरोसा जनाउन सकेका छैनन्। यो यस …

ठूला दलसँग रिसाए मतदाता, विकल्पको बाटो खोज्दै, मत हाल्न जाने नै घटे
0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगको अनुगमन फितलो भएकोले  पर्सामा आचारसंहिताको व्यापक उलङ्घन भएको आरोप लागेको छ । स्थानीयको आरोप अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले .छातामा भोट माग्दै घरघरमा मासु वितरण गरेका छन । मुख्यमन्त्री लालबाबु राउत र प्रदीप यादवलाई भोट माग्दै नगवा स्थित डबरी टोलमा एक किलोको दरले मासु बाँड्दै हिँडेको भिडियो तथा फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
निर्वाचन आचार संहिता अनुगमन समितिले आचार संहित उल्लङ्घनका घटनामा चासो नदेखाएको कारण मौन अवधिमा मतदातालाई प्रभावित पार्न केही राजनीतिक दलका उम्मेदवार रातको समयमा मतदाताको घरदैलोमा पुगेको भिडियो समेत सार्वजनिक भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले यस निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ ।

भोलि मङ्सिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा शनिबार सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष‚ भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न यस आम निर्वाचनको ऐतिहासिक महत्व रहेको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved