Home » निर्वाचन » Page 2
Category:

निर्वाचन

म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुन:चुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा आफ्नो आत्मकथा बिक्री गरेका हुन् ।

“एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौँबाट थप पुस्तक मगाएको छु ।” पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षर गरेर किताब किन्नेको भिड लागेको थियो । पुनः संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन महावीरले तीन वर्षयता आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा …

0 comment
0 FacebookTwitterEmail

सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा सानदार जित निकाल्दै संसदीय यात्रा तय गरेका छन्। दलीय घेराबन्दी र सङ्गठनात्मक शक्तिलाई चुनौती दिँदै ७१ वर्षीय पुनले स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक सफलता हात पारेका हुन्। निर्वाचनमा उनले नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९ सय ३१ को भारी मतान्तरले पराजित गरे। पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठ निकै पछि परे।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका पुनले गत माघ ४ गते पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने घोषणा गरेका थिए। मन्त्री पदमा रहँदा स्वार्थ समूहको दबाब …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउनुहुने कार्यक्रम छ। शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपसहित उपस्थित हुनुपर्नेछ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानुनअनुसार शपथको ब्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी …

0 comment
0 FacebookTwitterEmail

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको छ। वि.सं. २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यही फागुन २१ गते सम्पन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रहेको हो।

निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा रणनीति, सुरक्षाकर्मीको सक्रिय परिचालन तथा सुरक्षा निकायबीचको समन्वयका कारण यसपटकको निर्वाचन अपेक्षाकृत सुरक्षित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न भएको विश्लेषण गरिएको छ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले बहुआयामिक सुरक्षा योजना कार्यान्वयन गरेको थियो। मतदानस्थल र मतदान केन्द्रहरूमा विशेष सुरक्षा प्रबन्ध मिलाएकाले मतदाताले ढुक्क साथ मतदान गर्न सकेको सुरक्षा निकायको भनाइ छ। प्रहरी सङ्गठनले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै निर्वाचनलाई निष्पक्ष, …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको पछिल्लो तथ्याङ्कअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना रोचक मोडमा पुगेको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनको गणना जारी रहँदा आइतबार दिउँसो २:३० बजेसम्मको परिणाम यस प्रकार छ:

प्रमुख दलहरूको मत अवस्था

अहिलेसम्म कूल ३८ लाख ३४ हजार ४३४ मत गणना भइसकेको छ। यस दौडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकै ठुलो अन्तरले अग्रस्थानमा देखिएको छ।

क्रम राजनीतिक दल प्राप्त मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १९,०३,१६४
नेपाली काँग्रेस ६,४८,५४९
नेकपा (एमाले) ५,४४,८४३
नेकपा २,५८,९४८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १,३९,१२२
अन्य दलहरूको उपस्थिति

शीर्ष पाँचभन्दा बाहिर रहेका दलहरूमध्ये श्रम संस्कृति पार्टी ८३ हजारभन्दा बढी मतका साथ …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीमा विगतका वर्षहरूमा निर्वाचनपछि विजेताले खुसी साँट्ने तडकभडकपूर्ण ‘विजयी उत्सव’ले बजार क्षेत्र कोलाहलपूर्ण बन्ने गरेको थियो। निर्वाचित उम्मेदवार र दलका नेता, कार्यकर्ताले चर्को ध्वनि प्रदूषणसहित एकअर्का पार्टी र प्रतिस्पर्धी लक्षित नाराबाजी गर्ने पुरानै प्रचलन थियो। तर शनिबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनमा भारी मतान्तरले विजयी भएका स्वतन्त्र उम्मेदवार महावीर पुनको जितमा भने फरक अभ्यास देखियो।

पुनले आफ्नो विजय सुनिश्चित भएसँगै मतदाता र शुभेच्छुकलाई कुनै पनि तडकभडक हुने खालको विजयी र्याली र उत्सव नगर्न आग्रह गर्दै सन्देश जारी गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि उहाँलाई बधाई दिन मतदाता र शुभेच्छुकहरू सडकमा भेला भएका थिए।

मतदातालाई …

0 comment
0 FacebookTwitterEmail

झापा क्षेत्र नम्बर ५ को प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राप्त जानकारी अनुसार यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) शाह भारी मतान्तरले विजयी भएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । निर्वाचनको विस्तृत विवरण यस प्रकार छ:

निर्वाचन परिणामको मुख्य विवरण

उम्मेदवार राजनीतिक दल प्राप्त मत
बालेन्द्र (बालेन) शाह राष्ट्रिय स्वतन्त्र पार्टी ६८,३४८ (विजयी)
केपी शर्मा ओली नेकपा (एमाले) १८,७३४
समीर तामाङ श्रम संस्कृति पार्टी ९,२३३
मंधरा चिमरिया नेपाली काँग्रेस १,८२१

ऐतिहासिक जीत

0 comment
0 FacebookTwitterEmail

नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा दुई छिमेकी मुलुक चीन र भारतले बधाई दिएका छन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुक नयाँ राजनीतिक प्रक्रियामा प्रवेश गरेको भन्दै दुवै देशले खुसी व्यक्त गरेका हुन्।

चीनको प्रतिक्रिया: ‘राजनीतिक कार्यसूची सुचारु भएकोमा खुसी’

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालले आफ्नो राजनीतिक कार्यसूचीलाई सफलतापूर्वक अघि बढाएकोमा स्वागत गरिन्। निर्वाचन आयोगको तथ्याङ्कअनुसार करिब ६० प्रतिशत मतदान हुनुलाई चीनले सकारात्मक कदमको रूपमा लिएको छ।

प्रवक्ता निङले भनिन्, “चीन र नेपाल असल छिमेकी हुन्। हामी एक अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्छौँ। नयाँ राजनीतिक परिवेशमा

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सानदार जित हासिल गर्दै ‘ह्याट्रिक’ पूरा गरेका छन्। शनिबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्दै पुनः संसदको यात्रा तय गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस पटक लामिछानेले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा निकै फराकिलो अग्रता कायम गरे। मुख्य उम्मेदवारहरूले प्राप्त गरेको मत यस प्रकार छ:

उम्मेदवार राजनीतिक दल प्राप्त मत
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी ५४,४०२
मीना खरेल नेपाली काँग्रेस १४,५६४
अस्मिन घिमिरे नेकपा एमाले ६,९९२
प्रताप गुरुङ नेकपा ४,९६९

चितवन–२ मा कुल ८७ हजार २८ मत गणना भएको

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन भारी मतान्तरले निर्वाचित भएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार पुनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठुलो अन्तरले पराजित गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा. पुनले २२ हजार ८५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे। पुनले श्रेष्ठको तुलनामा झन्डै तीन गुणा बढी मत ल्याएर जित हासिल गरेका हुन्।

मुख्य एजेन्डा र प्रतिबद्धता

आफ्नो जन्मथलोबाट चुनाव लडेका डा. पुनले मुख्य गरी शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने एजेन्डा अघि सारेका थिए। साथै, उनले

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved