भरत कुमार विमल राजनीतिक वृत्तमा भरतिवमल यादव भनेर चिनिनुहुन्छ। उहाँ मधेशको राजनीतिलाई नजिकबाट नियाल्ने अध्ययनशील व्यक्तिहरू मध्ये एक हुनुहुन्छ। उहाँ निष्ठाको राजनीति गर्न मन पराउने लोकतन्त्रवादी राजनीतिक व्यक्तित्व हुनुहुन्छ। मधेशको मात्र होइन नेपालकै राजनीतिलाई केस्राकेस्रा केलाउन सक्ने सामर्थ्य राख्नुहुन्छ। नेपालको राजनीति कसरी अघि बढिरहेको छ, कसरी बढ्नु पर्थ्यो ? नेपालमा देखिएको जातीय र क्षेत्रीय राजनीतिले मधेशमा कस्तो प्रभाव र परिणाम निम्तियो भनेर खुलेर कुरा गर्नु भएको छ। प्रस्तुत छ उहाँसँग आइएनएसडटन्युज-स्वतन्त्र समाचारले गरेको कुराकानीका आधारमा तयार गरिएको सामग्री:
आज म नेपालको राजनीति बारे केन्द्रित भएर केही चर्चा गर्ने प्रयत्न गरिरहेको छु। आगामी मंसिर ४ गते देशको प्रतिनिधि सभा र प्रदेश …