प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम घोषणा सकिन लाग्दै गर्दा राजनीतिक वृत्तमा मुलुकको भावि कार्यकारी प्रमुख र राष्ट्राध्यक्षसहित मुख्य पदाधिकारी को को हुने प्याकेजमा पद बाँडफाँटको नेगोसिएसनले तीव्रता लिन थालेको छ ।
निर्वाचन परिणामले अहिलेको सत्ता गठबन्धनलाई झिनो बहुमतको सुविधा दिने संभावना नजिक हुँदै गएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै राजकीय पदहरूको खटनपटन गर्ने मुख्य भूमिकामा पुन:स्थापित हुनुभएको छ ।
स्वतन्त्र समाचार सेवालाई प्राप्त विश्वस्त सूत्रको जानकारी अनुसार देउवा, दाहाल र नेपालले आआफ्नो नजिकका सुत्रधारहरूलाई सबै राजकीय पदको बाँडफाँट प्याकेजमा गर्न आवश्यक तयारीका लागि गृहकार्य गर्ने जिम्मेवारी दिनुभएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, …
